भिडियो हाम्रा लागि सामान्य दैनिकीको साधन बनिसकेको छ। साधन यस अर्थमा कि सञ्चारको सबै भन्दा शक्तिशाली माध्यम र शैली नै यही भएकाले हरेक कुराहरु भिडियोमा उपलब्ध छन्। चाहे ती ज्ञानबर्द्धक हुन या मनोरञ्जक। इन्टरनेटमा बढेको पहुँचले झन भिडियोलाई सामान्य बनाइदिएको छ। यूट्यूब, भिमो जस्ता भिडियो साझा गर्ने वेबसाइटले यसलाई आम प्रयोगको साधन बनाइसकेको छ। नेपाली गीत संगीत देखी सिनेमा सबै यूट्यूबमा उपलब्ध हुन थालेका छन्।
नयाँ नयाँ गीत तथा फिल्म यूट्यूबबाट डाउनलोड गर्नका लागि विभिन्न टूलहरु प्रयोग गर्न सकिन्छ। धेरैले यूट्यूब भिडियो डाउनलोडका लागि इन्टरनेट ब्राउजरमा एड अन्सहरु राखेका हुन्छन्। जसले तपाइँको ब्राउजर मात्र होइन इन्टरनेटको गतिलाई पनि कम गराइ रहेको हुन्छ। तपाइँ ब्राउजर र इन्टरनेटको गति कम नहुने गरि भिडियो डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि उपाय छ। त्यो हो अनलाइन टूल। भिडियो डाउनलोड गर्नका लागि कीपभीड भन्ने एउटा वेबसाइट छ जसले सबै खालका वेबसाइट तथा भिडियो साझा गर्ने वेबसाइटहरुबाट सिधै भिडियो डाउनलोड गर्छ। त्यसका लागि तपाइँले कुनै पनि भिडियोको लिंक मात्र यो वेबसाइटको डाउनलोड बक्समा राखे हुन्छ। त्यसपछि यसले सिधै भिडियो डाउनलोड गरिदिन्छ। यो वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
No comments:
Post a Comment