बिहीबार १६ जेष्ठ, २०७०
काठमाडौं, जेठ १५ गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेर आन्दोलन गरेका पेसाकर्मी र नागरिक समाजका अगुवाले सरकारी कार्यक्रम बहिष्कार गर्दै सरकार र केही राजनीतिक दलको 'प्रतिगामी कार्य'विरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। छैटौं गणतन्त्र दिवसमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)द्वारा नयाँ बानेश्वरमा आयोजित नागरिक सभामा बोल्दै पेसाकर्मीले राजनीतिक दलका कारण प्रतिगमनको खतरा निम्तिएको बताए। 'राजनीतिक विचौलिया'हरु गणतन्त्र अपहरण गर्न सक्रिय भएको उनीहरुको दाबी छ। सबै राजनीतिक दलसँग सहमति नगरी निर्वाचन गर्दा चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको हालत पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफ जस्तो हुने उनीहरुले चेतावनी दिए। राजनीतिक दलहरुबीच सहमति हुन नसकेर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई देशको कार्यकारी प्रमुख बनाएपछि आन्दोलनरत पेसाकर्मीले पहिलोपटक नागरिक सभा गरेर गणतन्त्र दिवस मनाए। सभाका वक्ताले दलीय सहमतिबिना जसरी पनि निर्वाचन गर्छु भन्ने रेग्मीको घोषणाले उनलाई 'परवेज मुसर्रफको हालत'मा पुर्या उने चेतावनी दिए। रेग्मीलाई प्रधान न्यायाधीश छाड्न आग्रह गर्दै सभाका एकजना वक्ता नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले भने, 'कार्यपालिका प्रमुख बन्ने इच्छा भए कुनै राजनीतिक दलको सदस्य भएर चुनावमा भाग लिनुस् हामी स्वागत गर्छौं।' 'राजनीतिक विचौलियाहरु' लोकतन्त्र/गणतन्त्र अपहरण गर्न लागिपरेको जिकिर गरेका वरिष्ठ अधिवक्ता थापाले भने, 'पहिला राजा महाराजाविरुद्ध आन्दोलन गरियो। अब खल्तीबाट झिकेर राजनीतिको परिभाषा गर्ने विरुद्ध संघर्ष हुनेछ।' पटकपटक 'राजनीतिक विचौलिया' शब्द दोहोर्यादएका थापाले तिनीहरुको नाम भने बताउन चाहेनन्। सरकारी निकायमा नियुक्तिका लागि मित्रराष्ट्र गएर विचौलियाहरुले भूमिका खेलेको उनले आरोप लगाए। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई राजनीतिक दलका नेताहरुले विष पिलाइरहेको उनले बताए। नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले 'प्रतिगमन'विरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बताए। बार अध्यक्ष हरिकृष्ण कार्कीले लोकतन्त्रलाई किस्तीमा राखी कर्मचारीलाई बुझाएर दलहरुले सहिदको अपमान गरेको बताए। न्यायपालिका कमजोर बनाउन मन्त्रिपरिषद अध्यक्ष रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा नदिएको आरोप लगाउँदै उनले थपे, 'अहिले प्रधान न्यायाधीशबाट मात्र राजीनामा मागेका छौं। केही समयपछि मन्त्रिपरिषद अध्यक्षबाटै राजीनामा माग्नेछौं।' २०६२/०६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मीरा कायस्थले देशमा सुव्यवस्था आउनुपर्नेमा जोड दिइन्। जनआन्दोलनका क्रममा गोली खाएका मुकेश अझै वेहोस छन्। आमसभाका सहभागीले 'अलोकतान्त्रिक बाटोले लोकतान्त्रिक गन्तव्यमा पुर्यााउँदैन', 'सर्वसत्तावाद चाहिंदैन, एक व्यक्ति दुई पद पाइँंदैन,' अबको चुनावमा के गर्ने, पटके नालायक हराउने, 'विदेशीको कालो छायाँ छ, मेरो देशको मलाई माया छ' नारा लेखिएका प्लेकार्ड बोकेका थिए। आमसभामा जनआन्दोलनका सक्रिय गायक रुबिन गन्धर्व र मनोज गजुरेलले व्यंग्यात्मक प्रस्तुति दिएका थिए। सभामा गैरसरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्की, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष महेन्द्र गुरुङ, चिकित्सक संघका अध्यक्ष डा अञ्जनीकुमार झालगायतले देशको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गणतन्त्रको संस्थागत विकासका लागि एकजुट भई संघर्ष गर्नुपर्ने बताए।
छैटौं गणतन्त्र दिवसमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)द्वारा नयाँ बानेश्वरमा आयोजित नागरिक सभामा बोल्दै पेसाकर्मीले राजनीतिक दलका कारण प्रतिगमनको खतरा निम्तिएको बताए। 'राजनीतिक विचौलिया'हरु गणतन्त्र अपहरण गर्न सक्रिय भएको उनीहरुको दाबी छ। सबै राजनीतिक दलसँग सहमति नगरी निर्वाचन गर्दा चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको हालत पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफ जस्तो हुने उनीहरुले चेतावनी दिए। राजनीतिक दलहरुबीच सहमति हुन नसकेर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई देशको कार्यकारी प्रमुख बनाएपछि आन्दोलनरत पेसाकर्मीले पहिलोपटक नागरिक सभा गरेर गणतन्त्र दिवस मनाए। सभाका वक्ताले दलीय सहमतिबिना जसरी पनि निर्वाचन गर्छु भन्ने रेग्मीको घोषणाले उनलाई 'परवेज मुसर्रफको हालत'मा पुर्या उने चेतावनी दिए। रेग्मीलाई प्रधान न्यायाधीश छाड्न आग्रह गर्दै सभाका एकजना वक्ता नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले भने, 'कार्यपालिका प्रमुख बन्ने इच्छा भए कुनै राजनीतिक दलको सदस्य भएर चुनावमा भाग लिनुस् हामी स्वागत गर्छौं।' 'राजनीतिक विचौलियाहरु' लोकतन्त्र/गणतन्त्र अपहरण गर्न लागिपरेको जिकिर गरेका वरिष्ठ अधिवक्ता थापाले भने, 'पहिला राजा महाराजाविरुद्ध आन्दोलन गरियो। अब खल्तीबाट झिकेर राजनीतिको परिभाषा गर्ने विरुद्ध संघर्ष हुनेछ।' पटकपटक 'राजनीतिक विचौलिया' शब्द दोहोर्यादएका थापाले तिनीहरुको नाम भने बताउन चाहेनन्। सरकारी निकायमा नियुक्तिका लागि मित्रराष्ट्र गएर विचौलियाहरुले भूमिका खेलेको उनले आरोप लगाए। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई राजनीतिक दलका नेताहरुले विष पिलाइरहेको उनले बताए। नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले 'प्रतिगमन'विरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बताए। बार अध्यक्ष हरिकृष्ण कार्कीले लोकतन्त्रलाई किस्तीमा राखी कर्मचारीलाई बुझाएर दलहरुले सहिदको अपमान गरेको बताए। न्यायपालिका कमजोर बनाउन मन्त्रिपरिषद अध्यक्ष रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा नदिएको आरोप लगाउँदै उनले थपे, 'अहिले प्रधान न्यायाधीशबाट मात्र राजीनामा मागेका छौं। केही समयपछि मन्त्रिपरिषद अध्यक्षबाटै राजीनामा माग्नेछौं।' २०६२/०६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मीरा कायस्थले देशमा सुव्यवस्था आउनुपर्नेमा जोड दिइन्। जनआन्दोलनका क्रममा गोली खाएका मुकेश अझै वेहोस छन्। आमसभाका सहभागीले 'अलोकतान्त्रिक बाटोले लोकतान्त्रिक गन्तव्यमा पुर्यााउँदैन', 'सर्वसत्तावाद चाहिंदैन, एक व्यक्ति दुई पद पाइँंदैन,' अबको चुनावमा के गर्ने, पटके नालायक हराउने, 'विदेशीको कालो छायाँ छ, मेरो देशको मलाई माया छ' नारा लेखिएका प्लेकार्ड बोकेका थिए। आमसभामा जनआन्दोलनका सक्रिय गायक रुबिन गन्धर्व र मनोज गजुरेलले व्यंग्यात्मक प्रस्तुति दिएका थिए। सभामा गैरसरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्की, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष महेन्द्र गुरुङ, चिकित्सक संघका अध्यक्ष डा अञ्जनीकुमार झालगायतले देशको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गणतन्त्रको संस्थागत विकासका लागि एकजुट भई संघर्ष गर्नुपर्ने बताए।
No comments:
Post a Comment