काठमाडौं। प्रहरीकै मिलेमतोमा रातभर रात्रीकालिन व्यवसायहरू सञ्चालन हुन थालेपछि डिस्को वरपर बसोबास गर्ने स्थानिय बासिन्दाको निद हराम भएको छ। भाट्भटेनी सुपरमार्केट अगाडि सञ्चालन भइरहेको क्यापिटल ग्रिल नामक डिस्को रातभर सञ्चालन भएपछि स्थानिय वासिन्दाहरूको निद हराम भएको हो। डिस्कोको हल्लाखल्ला र चर्को साउण्ड सिस्टमका कारण स्थानियबासीहरू मारमा परेका हुन्। पिडित मध्ये एक स्थानियबासीले प्रहरीको डायल १०० मा फोन गरी आफूहरूलाई डिस्कोको चर्को आवाज र होहल्लाले रातभर सुत्न नसकेको भन्दै उजुरी टिपाएका थिए। त्यसपछि सम्बन्धित क्षेत्र कमलपोखरी प्रहरी प्रभागलाई प्रहरीको कन्ट्रोल रुमले जानकारी गराउँदै १२ बजेभन्दा पछि डिस्को सञ्चालन नगर्न निर्देशन दिएको थियो। कन्ट्रोलको आदेशपछि डिस्को पुगेको प्रहरीले डिस्को बन्द गराउँदै ‘डिस्को सञ्चालकलाई आजलाई नरिसाउनुहोस्, यतैका बासिन्दाले १०० मा फोन गरेका रहेछन्, माथिको आदेश छ’ भन्दै बन्द गराउन लगाएका थिए। डिस्को मालिक विवेक शेरचनले उजुरी गर्ने व्यक्तिको नम्वर पत्ता लगाईदिनका लागि अनुरोध गरेपछि त्यहाँ पुगेका प्रहरीले पुनः १०० मा फोन गर्दै ‘कुनै डिस्को पनि सञ्चालनमा छैनन्, कसले टिपाएको हो? उसको नम्बर दिनुहोला, फोन गरेर सोध्नुपर्योन भन्दै नम्बर मागेर शेरचनलाई दिएका थिए। नम्बर पाएपछि डिस्कोका मालिक शेरचनले ९८१३५२००७७, ९८०२२०११०६ र ९८४१६०३३४७ को नम्बरबाट पिडित व्यक्तिको मोवाईल नम्बर ९८०३५००६८१५ मा फोन गरी ‘तैले १०० मा फोन गरेर मेरो डिस्कोमा पुलीस पठाइस् हैन? तलाई अब केटा लगाएर ठिक पार्छु भन्दै धम्की र म्यासेज पठाएका थिए। उनले फोनबाट ‘मेरो डिस्को यही रहन्छ, तँलाई डिस्टर्व भए तेरो घर उठाएर लैजा’ भनि तथानाम गाली गदै घरमै गुण्डा केटाहरू पठाउन थालेपछि पिडितले पुनः प्रहरीको १०० मा फोन गरेर मेरो नम्बर किन दिएको? भन्दै उजुरी गरेका थिए। त्यसपछि प्रहरीको कन्ट्रोल रुमबाट डिस्को सञ्चालक शेरचनलाई प्रहरीले फोन गरी पिडितलाई नर्थकाउन सचेत गराएको थियो। तर पनि डिस्को सञ्चालक शेरचनले पटकपटक गुण्डाहरू घरमा पठाउन नछाडेका कारण पिडित घरमा सुत्न त परै जाओस बस्न समेत सकेका छैनन्। यसरी मारमा परेका पिडितको नम्बर समेत प्रहरी कन्ट्रोलले बाँड्न थालेपछि प्रहरीको डायल १०० नै अपराधमा संलग्न रहेको पुष्टि भएको हो। प्रहरी कै मिलेमतोमा राजधानीमा एक दर्जन भन्दा बढी डिस्कोहरू रातभर सञ्चालन भइरहेका छन्। चैत्र ९ गते प्रहरीले रातभर सञ्चालन गरिरहेको थाहा पाएपछि पाँच वटा डिस्कोमा छापा मारेको थियो। छापा मारेका सवै डिस्कोहरूको नाम सार्वजनिक भएपनि ठमेलका डन राम गिरीले सञ्चालन गरेको फेसेसको नाम भने दैनिक पत्रिकाले लेखेका थिएनन्। स्रोत भन्छ–’फेसेज डिस्कोमा अपराध हेर्ने एक पत्रकार र दुई जना प्रहरीको समेत शेयर भएका कारण उक्त डिस्कोलाई प्रहरीले संरक्ष्ँण गरिरहेको छ।’
No comments:
Post a Comment