सन् १९४२ । हलिउड, अमेरिका । चलचित्र जगत्का लोकप्रिय नायक एरोल लेस्ली फ्लिन आफ्नो सानदार बंगलामा बसेर पत्रिका पढिरहेका थिए । त्यसैवेला उनका सहायक अलेक्ज्यान्डर दौडेर त्यहाँ पुगे र स्याँस्याँ गर्दै भने, ‘हजुर, दुईजना प्रहरी आइपुगेका छन्, उनीहरू तपाईंसित भेट्न चाहन्छन् ।’ फ्लिनले भने, ‘लौ, प्रहरी आउ“दैमा किन डराउनुप¥यो ? जाऊ, उनीहरूलाई भित्र पठाऊ ।’ एकछिनपछि सादा पोसाकका दुईजना प्रहरी भित्र पसे । फ्लिनले उनीहरूलाई कफी पिलाए । एकजना प्रहरीले भने, ‘तपाईंविरुद्ध प्रहरीमा रिपोर्ट परेको छ । रिपोर्ट दिने व्यक्ति कार्यालयमै छन् । तपाईंले थाना पुगेर बयान दिनुपर्ने भयो ।’ फ्लिनले सोेधे, ‘मेरो अपराध के हो ?’ जवाफ दोस्रो व्यक्तिले दिए, ‘वैधानिक बलात्कार !’ फ्लिनको अनुहारको रंग उड्यो । उनले फेरि सोधे, ‘बलात्कार के हो मलाई थाहा छ, तर यो वैधानिक बलात्कारचाहि के हो नि ?’ जवाफ पहिलाको व्यक्तिबाट आयो । उनले भने, ‘सुश्री बैट्टी हेन्सन नाउ“की एउटी फोकटिया केटीले तपाईंले उनीमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । उनले तपाईंको फोन नम्बर हामीलाई दिएकी हुन् ।’ फ्लिनले चकित हुँदै सोधे, ‘बलात्कार ? मैले ?? कहिले, कहाँ ??’ प्रहरी जवानले जवाफ दिए, ‘तपाईंको साथी फ्रेडरिक मैक इम्वेको घरमा । जहाँ घटना घट्दा तपाईंको साथी पनि उपस्थित थिए ।’ पछिल्लो जवाफ सुनेपछि बल्ल फ्लिनले त्यो सा“झको घटना सम्झे । उनले आफ्ना वकिल जेरी गिस्लरलाई फोन गरे । फ्लिन र गिस्लर दुवै एकै समय थानामा पुगे । उनीहरू पुगेपछि आरोपी केटी बैट्टीले बयान दिन सुरु गरिन् । उनको आरोप थियो, ‘सन् १९४२ को सेप्टेम्बरमा भएको भेटघाटमा म मदिराले लठ्ठिएकी थिए“ । पछि मलाई बान्ता आयो । लुगामा लागेको बान्ता सफा गरिदिने बहानामै उनले मेरो शरीरलाई छोए र पछि बलात्कार गरे ।’ केटीको बयान सकिएपछि प्रहरी अधिकृतलाई फ्लिनले भने, ‘यो आरोप सरासर वाहियात हो, उसले उल्लेख गरेको ठाउ“मा हाम्रो भेट भएको सत्य भए पनि उसले भनेका अरू सबै कुरा गलत हुन् ।’ फ्लिनको कुरा सुनेपछि प्रहरी अधिकृतले उनलाई जान दिए । उनीहरूले केटीलाई थानामै राखे । तर, केही दिनपछि पैगी सटर्ली नाउँ गरेकी अर्की १७ वर्षीया केटीले उनीमाथि बलात्कारको आरोप लगाइन् । आरोप थियो, ‘डुंगामा बसेर क्याटालिना टापु घुमाउन लाने बहानामा सुनसान स्थानमा पुगेपछि उनले ममाथि बलात्कार गरे ।’ पैगीले लगाएको आरोपको सन्दर्भमा फ्लिनको भनाइ थियो, ‘उसले इच्छाले मसँग शारीरिक सम्पर्क राखेकी हो ।’ प्रहरीले यसपालि बयान दिन फ्लिनलाई थानामा बोलाएनन् । सबै व्यहोरा पत्रकारलाई सुनाइदिए । भोलिपल्ट सबै पत्रिकामा सनसनीपूर्ण समाचार छापियो, ‘फ्लिनमाथि बलात्कारको आरोप !’ त्यसदिन फ्लिन रातभरि अनिँदो रहे । इज्जतमाथि दाग लागेकोमा उनी व्याकुल थिए । वकिल गिस्लरले दुवै आरोपीको विगत खोतले । उनले दुवैको विगतमा अरूसँग पनि शारीरिक सम्बन्ध भएको र गर्भपतन गराएको सुराक फेला पारे । मुद्दाको पहिलो दिन अदालतमा ठूलो भीड लाग्यो । कठघरामा फ्लिन टाउको निहु¥याएर उभिएका थिए । अदालती कारबाही सुरु हुनेबित्तिकै दुवै केटीले बयान दिन थाले । उनीहरूको पालो सकिएपछि फ्लिनको बयान लिइयो । दुवैपक्षको बयानका आधारमा न्यायाधीशले फैसला फ्लिनको पक्षमा सुनाए । अदालतले आरोपीहरूको बयानमा विश्वास गरेन । तर, सोही दिन बेलुका अर्को घटना घट्यो । फोनको घन्टी बज्यो । एकजना अपरिचित व्यक्तिले भने, ‘आफ्नो स्टुडियो (चलचित्र निर्माण कम्पनी वार्नर एन्ड ब्रदर्स) का मालिक जैक वार्नरलाई सोध्नु कि ‘जो’ भन्ने व्यक्तिलाई चिन्छौ कि चिन्दैनौ ? म त्यही ‘जो’ बोल्दै छु । मेरो भन्नु यो छ कि दुई दिनभित्र मलाई १० हजार डलर दिएनौ भने याद गर, मैले मागेभन्दा धेरै गुणा रकम तिम्रो खर्च हुनेछ ।’ अपरिचित व्यक्तिको फोन आएको दोस्रो दिन प्रहरी कार्यालयले भन्यो, ‘अदालती निर्णयका बाबजुद बलात्कारी फ्लिनमाथि कारबाही हुन्छ ।’ प्रहरीको धम्कीपछि उनी दगुरेर वकिल गिस्लरको घरमा पुगे । मुद्दा फेरि चल्यो । गिस्लरलाई ‘जो’को फोन रहस्यमय लागिरहेको थियो । उनले थाहा पाए– फ्लिनलाई फसाउन केही व्यक्ति लागिरहेका छन् । वार्नर एन्ड ब्रदर्स फिट्स नाउँ गरेका एक न्यायाधीशलाई जिल्ला अदालतमा नियुक्त गर्न लागिपरेको थियो । तर, जिल्ला अदालतमा अर्कै नयाँ न्यायाधीश नियुक्त भए । नियुक्त न्यायाधीश आफै“मा इमानदार थिए । तर, उनका समर्थक यो जितपछि चलचित्र जगत्लाई पाठ सिकाउन उद्यत भए । यसको पहिलो सिकार उनीहरूले फ्लिनलाई बनाउन खोजेको कुरो गिस्लरले थाहा पाए । फ्लिन विवाहिता भए पनि रंगीन स्वभावको व्यक्ति भएका कारण उनको धेरै महिलासँग उठबस थियो । यसैलाई आधार बनाएर उनीमाथि बलात्कारको आरोप लगाएको कुरामा गिस्लर ढुक्क भए । मुद्दा महिनौसम्म चल्दै गयो । उनले प्रेम र अभिनय स्टुडियोमा मात्र गर्छु, बाहिर गर्दिन भनेर जवाफ दिन फ्लिनलाई सिकाए । अभियोग पक्षले अदालतमा फ्लिनले पैगीसित झुक्याएर शारीरिक सम्बन्ध राखेको दाबी गरे । वास्तवमा पैगी २५–२६ वर्षकी रहिछन् । तर, १५–१६ वर्षको मात्र देखाउन उनलाई उस्तै लुगा लगाउन दिइएको रहेछ । गिस्लरले नरम शैलीमा पैगीलाई फोटो देखाउँदै सोधे, ‘के यो तपाईंको फोटो हो ?’ फोटो हेरिसकेपछि पैगीले जवाफ दिइन्, ‘हो, यो मेरै फोटो हो ।’ गिस्लरले हाँस्दै फेरि सोधे, ‘के तिमी सधै यस्तै पोसाक लगाउँछौ, जस्तो पोसाक अहिले लगाइराखेकी छौ ?’ पैगीले जवाफ दिइन्, ‘कहिलेकाही मन लाग्दा लगाउ“छु ।’ गिस्लरले उनीसित अरू प्रश्न सोधेनन् । गिस्लरले अदालतमा पैगीलाई देखाएको फोटोमा उनी अर्धनग्न अवस्थामा थिइन् । १२ जनाको ज्युरीमा ९ जना महिला थिए । उक्त फोटोले ज्युरीका महिला सदस्यमाथि ठूलो प्रभाव पा¥यो । गिस्लरले पैगीमाथि जबर्जस्ती भएको होइन भन्ने कुरोलाई सावित गर्न घटनास्थलको चित्रसमेत कोरेर देखाए । उनले दाबी गरे, ‘आरोपी दुवैजना केटीले अभिनेत्री बन्ने हेतुले फ्लिनसँग इच्छाले शारीरिक सम्बन्ध कायम गरेका हुन् ।’ गिस्लरले बैट्टीसँग पनि यस्तो व्यवहार गरे कि उनी फ्लिनका होइन उनैका वकिल हुन् । उनले फ्लिनले कपडा फुकाल्दै गर्दा कुनै किसिमको विरोध नगरेको कुरा बैट्टीकै मुखबाट भन्न लगाए । उनले फ्लिनले दुवै केटीसित सहमतिमै सेक्स गरेको प्रमाणित गरिदिए र ज्युरीले चार घन्टा लगाएर सर्वसहमतिमा फ्लिन निर्दोष भएको निर्णय दियो । जिल्ला न्यायाधीश पनि ज्युरीको निर्णय सकार्न राजी भए । मुद्दा जिताइदिएबापत गिस्लरले फ्लिनसँग ५० हजार डलर पारिश्रमिक मागे तर त्यो समयसम्ममा फ्लिन टाट पल्टिसकेका थिए । अस्ट्रेलियाको तासमानियामा जन्मेका फ्लिन सिड्नीस्थित एक स्कुलबाट निष्कासित भएका थिए । उनीमाथि स्कुलको लुगा धुने महिलासँग यौनसम्बन्ध राखेको आरोप थियो । उनी त्यसपछि २० वर्षकै उमेरमा न्युगिनिया पुगे । सुर्ती खेती तथा तामाखानीमा काम गरे । सन् १९३० को दशकमा उनी बेलायत छिरे र नाटकमा काम गर्न थाले । उनले सन् १९३४ देखि वार्नर ब्रदर्सको चलचित्र ‘मर्डर एट मोन्टे कार्लो’बाट अभिनय सुरु गरे । उनी सन् १९४२ मा अमेरिका छिरे र नागरिकता लिए र यो समय अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गरेको आठ महिनापछिको समय थियो । उनले क्याप्टेन ब्लड, एडभेन्चर अफ रोबिन हुड र डाउन पात्रोलजस्ता दर्जनौ“ चलचित्रमा नायक भएर खेले । अमेरिकी नागरिक बनेपछि सेनामा भर्ना हुन चाहे तर उनमा क्षयरोग, मुटु सुन्निएकोलगायत अन्य रोग देखापरेपछि असफल भए । उनी १९५० को दशकमा मदिरा र लागुपदार्थ दुव्र्यसनी बने । सन् १९५८ मा क्युबा गए । १९५९ मा क्युबामा क्रान्ति सम्पन्न भएपछि फिडेल क्यास्त्रोसित भेटे । उनी क्युबाली क्रान्ति र क्यास्त्रोबाट निकै प्रभावित भए । उनले ‘क्युबाको कथा ः फिडेल क्यास्त्रो र क्रान्तिको सत्यता’ चलचित्रको लेखन र संवाद आफैले गरे । उनले अर्को एउटा चलचित्र ‘क्युबान रिबेल गल्र्स’ बनाए । यो फिल्मको नायिकामा १५ वर्षीया बेभर्ली आडलान्डालाई लिए । आडलान्डाका अनुसार फ्लिन उनीसँग बिहे गरेर जमैकामा घरजम गरी बस्न चाहन्थे । तर, उनीसँगै ब्रिटिस कोलम्बियाको यात्रा गर्ने क्रममा हृदयाघात भई फ्लिनको निधन भयो । सन् १९५९ को अक्टोबर १४ मा भ्यानकुभरमा दिवंगत हु“दा उनी ५० वर्षका थिए । निधन भएको २१ वर्षपछि प्रकाशित पुस्तक ‘एरोल फ्लिन ः अनटोल्ड स्टोरी’ प्रकाशित भएपछि दोस्रो विश्वयुद्धताका उनी फासीवादको समर्थक रहेको, नाजी पार्टीको गुप्तचर भएको र नाजी सरकारका सैनिक गुप्तचर डा. हर्मन इर्बेनसँग मिलेर काम गरेको आरोप लाग्यो । त्यस्तै, अमेरिकी गुप्तचर संस्था सिआइए र बेलायतको एमआई– ५ ले पनि यस्तै आरोप लगायो । वास्तवमा उनी वामपन्थी विचारका थिए । उनले स्पेनको गृहयुद्धपछि गठित वामपन्थी सरकारको समर्थन गरेका थिए । उनले क्युबाका अमेरिकी समर्थित तानाशाह बाटिस्टाको विरोध गरेका थिए । उनले बनाएको चलचित्र ‘क्युबान रिबेल गल्र्स’मा क्युबाली क्रान्तिलाई हाइलाइट गरिएको थियो । क्यास्त्रोसँगको सम्बन्ध र क्युबाली क्रान्तिको समर्थन गरेकै कारण बद्नाम गर्न उनलाई यो आरोप लगाइएको थियो । उनीमाथि लागेको आरोपको प्रतिवाद गर्न अमेरिकामा ‘फ्लिन रक्षक समूह’ नै गठन भयो । ‘बिम एन्डस’, ‘सो डाउन’, ‘माई विक्ड विक्ड वेज’ पुस्तकको रचनासमेत गरेका उनले लिली डामिता, नोरा एडिंगटन र प्याट्रिस वाइमोरसँग बिहे गरेका थिए । डामिता फ्रान्सिसी, नोरा र वाइमोर अमेरिकी नायिका थिए । डामिताको सन् १९४२, नोराको सन् १९४८ र वाइमोरको सन् १९५९ मा निधन भइसकेको छ । फ्लिनको निधन हु“दा वाइमोर उनकी पत्नी थिइन् । यी तीन नायिकाबाहेक फ्लिनको अन्य धेरै नायिका र महिलासित सम्बन्ध थियो । उनका एक छोरा सिन टाइम पत्रिकामा फोटो पत्रकार थिए, जसको मृत्यु भियतनाम युद्धताका कम्बोडियामा भयो ।
No comments:
Post a Comment