सन् १९४५ मा विश्वयुद्ध रोकिए पनि लेखकमाथिको स्टालिनको नियन्त्रणमा कुनै कमी आएन । त्यसैबेला सरकारबाट नया“ ‘वैचारिक योजना’ जारी गरियो । योजनाप्रति असहमत धेरै लेखक पक्राउ परे । यसको बाबजुद बोरिस पास्तरनाक आºनो लेखनलाई निरन्तरता दिने सुरमा थिए, ठीक त्यसैबेला बाबु लियोनिदको देहावसान भएपछि शोकमा डुबे । वर्षदिन बित्न नपाउ“दै पा“च महिनादेखि थला परेका छोरा एड्रियन पनि बिते ।
पत्नी जिनैदा नेउहौस छोरोलाई सम्झ“दै, बिलाप गर्दै दिन बिताउन थालेपछि पास्तरनाकले आºनो जीवन एकदम एक्लो र निरस बन्न पुगेको महसुस गरे । यसबीच, सन् १९४६ को अक्टोबरमा मस्कोमा आयोजित एउटा साहित्यिक जमघटको दौरान ‘नोभिमिर’ पत्रिकामा अनुवादक विवाहिता ओल्गा इभिन्स्कायास“ग भेट भयो । ओल्गालाई देखेपछि पास्तरनाकले २० वर्षको उमेरमा प्रेम गरेकी प्रेमिका इदा भ्यासोत्स्कायालाई सम्झे । ओल्गामा इदा नै देखे । दुईपटक बिहे गरिसकेका दुई छोराका ५६ वर्षीय बाबु ३४ वर्षीया ओल्गास“ग नजिकि“दै गए । ताम्बोभमा जन्मिएकी ओल्गाको परिवार उनी तीन वर्षको हु“दै मस्कोमा बसाइ सरिसकेको थियो । २४ वर्षको उमेरमा सम्पादकीय श्रमिक अध्ययन संस्थानबाट स्नातक गरेपछि विभिन्न साहित्यिक पत्रिकाको सम्पादन गर्न थालिन् । पास्तरनाक उनका मन पर्ने कवि थिए । स्नातक गरेकै वर्ष उनको बिहे इभान एमेलियानोभस“ग भयो ।
एउटी छोरी जन्मिइन्,–ल्युद्मिला । तर, वैवाहिक जीवन सुरु गरेको तीन वर्षमै इभान झुन्डिएर मरे । दुई वर्षपछि दोस्रो बिहे अलेक्ज्यान्डर भिनोग्रादोभस“ग गरिन् । छोरो भए–दिमित्री । अलेक्ज्यान्डरको निधन युद्धमा भयो । उनलाई रगतमा लाग्ने रोग लागेको थियो । पास्तरनाक भने विवाहित नै थिए । जिनैदा नेउहौसस“गै बस्थे । पहिलो भेटपछि पास्तरनाकले ओल्गालाई पत्र लेखे, ‘मेरी जिन्दगी, मेरी प्रियतमा, म तिमीलाई सच्चा प्रेम गर्छु ।’ ओल्गाले पनि पहिलो भेटघाटबारे साथीहरूलाई बताइन्, ‘मलाई वास्तवमै ईश्वरस“ग कुरा गरिरहेझै“ लाग्यो ।’
त्यसबेला पास्तरनाक हंगेरियन कवि स्यान्डोर पेटोफीको गीतिसंग्रह अनुवाद गर्दै थिए । उनले पेटोफीको एउटा पुस्तक दि“दै भने, ‘मलाई लाग्छ मभन्दा राम्रो तरिकाले तिमीले उनका गीत अनुवाद गर्न सक्छौ ।’ उनले पुस्तकमा आºनो एउटा फोटो पनि राखेका थिए । पुस्तक लि“दै ओल्गाले जवाफ फर्काइन्, ‘धन्यवाद, म तपाईंहरू दुवैको पुस्तकको अनुवाद गर्छु ।’ ओल्गा पछि सम्झन्छिन्, ‘सायद त्यो नै हाम्रो प्रेमको उद्घोष थियो ।’ त्यसपछिको प्रत्येक दिन पास्तरनाक ओल्गालाई फोन गर्न थाले । कार्यालय समयपछि पास्तरनाक नोभिमिरको कार्यालय पुग्थे र दुवै घुम्न निस्कन्थे । बाटोमा पर्ने पोतापोभको चौडा सडकमा असंख्य चोक थिए । एकदिन उनले मायालु पारामा सोधे ‘के म यस्तै एउटा चोक बनाएर तिमीलाई उपहार चढाउन सक्छु ?’ ओल्गाले जवाफ फर्काइनन्, मुसुक्क हा“सिन् मात्र ।
बरु बदलामा आºनो घरस“ग जोडिएको घरमा बस्ने साथी ओल्गा भोल्कोभाको घरको फोन नम्बर दिइन् । त्यसपछि बेलुकी–बेलुकी पास्तरनाकले सो नम्बरमा फोन गर्न थाले । घन्टी बजेपछि भोल्कोभाले पानीको पाइपको माध्यमबाट फोन आएको संकेत ओल्गालाई गर्थिन् । लेखकमाथिको स्टालिनको दबाब जारी थियो । पास्तरनाक त्रसित जीवन जिउ“दै थिए । यसै सन्दर्भमा कुरा चल्दै गर्दा एकदिन ओल्गालाई भने, ‘म आशा गर्छु, तिमी मेरो कारण कहिल्यै रुने छैनौ ।’ । सन् १९४८ मा पास्तरनाकले नोभिमिरको जागिर छाड्न ओल्गामाथि दबाब दिए, किनभने उनीहरूबीचको सम्बन्धको कारण ओल्गालाई त्यहा“ काम गर्न कठिन भइसकेको थियो । ओल्गा अब ढुक्कले पास्तरनाकको सहयोगीका रूपमा खटिइन् । दुवै मिलेर अन्य भाषामा लेखिएका कविता रुसी भाषामा अनुवाद गर्न थाले । यस क्रममा बंगाली कवि रवीन्द्रनाथ ठाकुर र चेक कवि भितेज्स्लाभ नेज्भालका कविता अनुदित भए । सन् १९४९ मा पास्तरनाकले ‘डाक्टर झिभागो (जिबागो)’ उपन्यास लेख्न सुरु गरे । डाक्टर झिभागोको मुख्य पात्र थिए, सन् १९१७ मा स“गै काम गरेका भ्सेभोलोदोको केमिकल कारखानाका कामदार युरी झिभागो । उनले उपन्यासमा झिभागोको नायिका बनाइन् लारालाई, जो वास्तवमा उनकै प्रेमिका ओल्गा थिइन् ।
उपन्यासमा युरीलाई बुद्धिजीवी बनाइएको छ, जसको निजी जीवनलाई देशमा भएको राजनीतिक उथलपुथलले असर पारेको हुन्छ । उपन्यासमा समाजको क्रान्तिकारी परिवर्तनको विचारसम्बन्धमा लेखकको निराशा प्रतिविम्बित छ । युरी झिभागो ह्वाइट गार्डको निष्ठुरतालाई मन पराउ“दैन तर क्रान्तिले ल्याएको हिंसालाई पनि स्वीकार्न सक्दैन, न क्रान्तिका लागि आºनो सर्वस्व अर्पण गर्नुपर्छ भन्ने विश्वासलाई नै मान्न सक्छ । झिभागोका नाउ“मा अर्पित कविता पास्तरनाकका सर्वश्रेष्ठ कविता हुन् । ती कविता धेरैजसो धार्मिक भावनाले अनुप्रेरित छन् र विशुद्ध बाइबलको प्रभावलाई लुकिछिपी नगरीकन बोकेका छन् । सन् १९५० सम्ममा ६ खण्ड लेख्न सकाए । ओल्गाले पनि लेखनमा उनलाई मद्दत गरिरहेकी थिइन् । यसैबीच, जुलाईमा एकजना गुप्तचरलाई सघाएको आरोपमा ओल्गा पक्राउ परिन् । सुरुमा लुबियान्का जेलमा राखियो । विनाअदालती कारबाही पछि मोर्डोभिया गणतन्त्रको श्रमशिविरमा पठाइयो । पास्तरनाक यो घटनाबाट क्षुब्ध भए । सरकारप्रतिको दृष्टिकोण झन् नकारात्मक भयो । उनले ओल्गालाई सम्झेर ‘भेटघाट’ लगायत प्रेम–कविता लेखे ।
श्रमशिविरमा ओल्गालाई एकान्तवासमा श्रम गर्न लगाइयो । दिन–रात सोधपुछ गरियो, नतिजास्वरूप पेटमा भएको बच्चा खेर गयो । उनले पास्तरनाकस“ग भेट्न दिन सरकारी अधिकृतसमक्ष पटक–पटक बिन्ती बिसाइन्, उल्टो उनलाई लास राख्ने ठाउ“मा रात बिताउन बाध्य पारियो । यो घटनाबाट दुःखी पास्तरनाकको हृदयाघात भयो तर ज्यान बच्यो । सन् १९५३ को मार्चमा स्टालिनको निधन भयो । देशभरिबाट पास्तरनाकको पक्षमा आवाज उठ्यो । उनले लेखे, ‘मानिस, जो स्वतन्त्र छैनन्.....जिन्दगीभर दासत्वको बन्धनमा बा“धिन पुग्छन् ।’ यसपछि भने ओल्गाले आममाफी पाइन् र रिहा भइन् । ओल्गा मस्कोस्थित लेखक संघको कोलोनीमा गएर बस्न थालिन् । कोलोनी पास्तरनाक–जिनैदा बस्दै आएको घर नजिकै थियो । त्यसपछि बाक्लै भेट हुन थाल्यो । पास्तरनाककी साली नाताल्याका अनुसार दुवैको सम्बन्धलाई पास्तरनाकको परिवारले कहिल्यै शंकाको दृष्टिले हेरिनन्, किनभने ओल्गा पास्तरनाकको सहयोगी थिइन् ।
तर पछि भने कैयौ“ रात दुवै स“गै बिताउन थाले । पास्तरनाक आºनै कारण ओल्गा पक्राउ परेको ठान्थे । उनले जर्मनीमा बस्दै आएका साथीलाई यस्तो लेखे, ‘उनलाई मेरै कारण सरकारले जेल हाल्यो । सरकारी गुप्तचर मेरो पछाडि लागेका थिए, उनको होइन । सरकार उनीबाट कुरा फुत्काएर मलाई जेल हाल्न चाहन्थ्यो । उनको बहादुरीबाट म कायल भएको छु ।’ पास्तरनाकको सोच थियो– स्टालिनको मृत्युपछि स्थिति खुकुलो हुन्छ । र ‘डाक्टर झिभागो’ प्रकाशन गरौ“ला । त्यसैले सन् १९५६ मा पुस्तक प्रकाशनका लागि पाण्डुलिपि ‘नोभिमिर’ मा बुझाए तर त्यसले समाजवाद र स्टालिनविरोधी अनुच्छेद सेन्सर गरिसकेपछि सामाजिक यथार्थवाद संगत नभएको भनी छाप्न मानेन । स्वदेशबाट प्रकाशन हुने छा“ट नदेखेपछि राज्यलाई सुइ“को नदिई पाण्डुलिपि जर्मनी पठाइयो । त्यहा“बाट इटली पुग्यो । इटलीका अर्बपति प्रकाशक गियानगियाकोमो फेल्त्रीनेलीले सन् १९५७ मा उपन्यास रुसी भाषामै प्रकाशन गरिदिए । उपन्यासले सर्वत्र सन्सनी फैलायो । एक वर्षपछि अंग्रेजी अनुवाद प्रकाशन भयो र न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा पहिलो स्थान ओगट्यो ।
उता, सोभियत लेखक संघले पास्तरनाकलाई सदस्यताबाट निष्कासन ग¥यो । सोभियत संघको नागरिकता खोसेर पश्चिमी देशमा निर्वासनमा पठाउन सरकारलाई सिफारिस ग¥यो । शीतयुद्धको समयमा सो उपन्यास बेलायत र अमेरिकाको निम्ति ठूलो ‘मसला’ सावित भयो । दुई देशका गुप्तचर संस्था एमआई–६ र सिआइए मिलेर सो उपन्यास नोवल पुरस्कार समितिमा पेस गरे । यसका लागि पाण्डुलिपिको फोटो लिइयो र केही प्रति रुसी भाषामै छापियो । दाखिला गर्ने अन्तिम मितिको अघिल्लो दिन पेस भएको उपन्यास ‘डाक्टर झिभागो’ले नोवल साहित्य पुरस्कार जितेको आश्चर्यजनक घोषणा भयो । पास्तरनाकले पुरस्कृत भएर आपूm गौरवान्वित भएको पत्र स्विडिस एकेडेमीलाई टेलिग्राम लेखे । सोही दिन सोभियत लेखक संघले, हस्ताक्षर संकलन गरी पास्तरनाक र उनको उपन्यासको निन्दा ग¥यो । सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठक सकिएलगत्तै गुप्तचर विभाग केजिबीका एजेन्टले पास्तरनाकको घर घेरे । ओल्गालाई समेत जेल हाल्ने धम्की दिए । पुरस्कार लिन स्विडेन गए फर्केर नआउन चेतावनी दिए । पुरस्कार या मुलुक दुईमध्ये एउटा रोज्न भनिएपछि उनले निकिता ख्रुस्चोभको नाउ“मा पत्र लेखे । पत्रमा भनिएको थियो, ‘सोभियत संघ छाडेर जान चाहे सरकारले रोक्दैन भन्ने सरकारी भनाइ मेरा निम्ति असम्भव कुरा हो । मेरो जन्म, मेरो जीवन, मेरो काम सबै रुसको आत्मास“ग जोडिएको छ । रुसबाट अलग वा त्योभन्दा बाहिरको जीवन कल्पनै गर्न सकिन“ ।
थाहा छैन, मलाई केन्द्र बनाएर पश्चिमेलीले यस्तो पनि षड्यन्त्र गर्न सक्छन् । मैले स्विडिस एकेडेमीलाई पत्र लेखेर भनिसकेको छु, मैले पुरस्कार त्यागिसकेको छु । देशबाहिर गएर जीवन जिउनु मेरा लागि मृत्युतुल्य हुनेछ, त्यसैले कृपया मेरो हकमा कठोर निर्णय नगर्नुस् । सोभियत साहित्य विकासका लागि सक्दो योगदान गरिरहनेछु ।’ (स्मरणीय छ, गोर्वाचोभको उदयपछि सोभियत सरकारले स्विडेन जाने अनुमति दिएपछि छोरो एभ्गेनी पास्तरनाक स्विडेन गएर नोवल पुरस्कार ग्रहण गरे । पुरस्कार त्यागेपछि उनी पुनः साहित्य सिर्जनामा लागे । सोही वर्ष सन् १९५८ मा ‘जब मौसम सफा हुन्छ’ लेखी भ्याए । यसपछि ‘अन्धी सुन्दरी’ नाटक लेख्न सुरु गरे । तर, नाटक पूरा हुन नपाउ“दै उनले आफूलाई फोक्सोको क्यान्सरले गा“जिसकेको थाहा पाए । स्वास्थ्य खराब हु“दै गयो । उठ्नै नसक्ने भए । डेढ महिना अर्धचेतमै बित्यो । सन् १९६० को मे ३० को सा“झ प्राण त्यागे । उनको निधनको खबर सरकारले साहित्यिक गजेटमा सानो सूचनाका रूपमा मात्र निकाले पनि अन्त्येष्टिमा भाग लिन गाउ“–गाउ“बाट मानिस सहर झरे ।
उनको निधनपछि ओल्गा छोरी ल्युद्मिलास“ग फेरि पक्राउ परिन् । उनीमाथि ‘डाक्टर झिभागो’ उपन्यास ठूलो धनराशिको लोभमा विदेशमा प्रकाशन गर्न लगेको आरोप लगाइयो । तर, एक वर्षपछि ल्युद्मिलालाई र चार वर्षपछि ओल्गालाई केजिबीले चुपचाप रिहा ग¥यो, जब कि ओल्गालाई ८ वर्षको जेल सजाय सुनाइएको थियो । रिहाइपछि ओल्गा पास्तरनाककी साली नाताल्यास“ग बस्न गइन् । उनको निधन पनि क्यान्सरबाटै सन् १९९५ को सेप्टेम्बर ८ मा मस्कोमा भयो ।
No comments:
Post a Comment