Thursday, April 11, 2013

बिदेशमा काम गर्ने नेपालीहरुको समस्या

- रविन लामा 
मैले ब्ल्याक क्याट ईन्जिनियरिङ कम्पनीमा काम गरेको पनि २ बर्ष ४ महिना जति भएछ। एक चोटि वार्षिक रुपमा पाउने ३० दिनको छुट्टीमा नेपाल पुगी फर्केर पनि फेरि जाने दिन १ अप्रिलमा थियो। तर म जाने स्थितिमा छैन। म कम्पनी परिवर्तन गर्न कोशिश गर्दै  छु। ब्ल्याक क्याट कम्पनीले रिलिज (एन ओ सी)दिने बक्तब्य जारी गरे पछि मैले २-३ वटा नयाँ कम्पनीहरुमा जागिरको लागि आवेदन दिएको थिए। मलाई ती मध्ये एकले ईमेल गरेर अन्तरवार्ताको लागि निमन्त्रणा दियो। २ पटक अन्तरवार्ता दिए, पास भएछु। २ दिन पछि मलाई जब अफर लेटर ईमेल बाटै पठाएछ। राम्रै प्याकेज अफर गरेको रहेछ खुशी लाग्यो यसोत अरु २-३ वटा कम्पनीले पनि अन्तरवार्ताको लागि निमन्त्रणा दिएको थिए  तर अब जान्न।
म यहि कामको लागि मेरो पुरानो कम्पनी बाट स्पोन्सरसिप परिवर्तन गर्ने प्रक्रियामा लागि सके। तेसैले म ३१ मार्च २०१३ को दिनमा पुलिस क्लियेरेन्स सर्टिफिकेट बनाउन दुताबासमा गएको थिए। कार्यलय खुल्ने समय ईन्टरनेटमा हेरेको खुल्ने समय बिहान ८ बजेको रहेछ, तेही अनुसार समय मिलाएर गए। पठानको लोकल ट्याक्सीमा गएको थिए। बिच् बाटोमै पैसा दिनु रे २० रियाल झिकेर दिए किन भनि सवाल गर्दा पछि दिदा पुलिसको डर हुन्छ भन्ने कुरा गर्यो। जे सुकै होस् मलाइ समयमै दुताबासमा पुर्याइ दिए हुन्छ भने। दुताबासमा ७:३० बजेनै ट्याक्सीले पुर्याइदियो। ५० -६० जान त म भन्दा पहिलेनै पुगिसकेको रहेछन्। म पनि तेही नेपालीहरूको हुल भित्र अफिस खुल्ने समयको प्रतिक्षामा उभिरहे। फाट्फुट्ट मनिसहरू आउने क्रम जारी थियो। ८ बजेर ५ मिनेट जादा बल्ल ढोका खोल्यो। ढोका खोलेको मात्रै के थियो, को भन्दा को कम तछाड मछाड गर्दै भित्र छिर्यो। नेपाली हरूको पारा उही त हो जहाँ गएनी। मानिसहरूको हुलले गर्दा काउन्टरमा सोध पुछ गर्न कोशिश् गरेको सकेन। बल्ल बल्ल सुनेछ मिस्टर हमिदले (उहाँको नाम् पछि थाहा भो ) मथिल्लो तलोमा जानुरे । म माथि गए। राजदुत को सचिब ज्यु हुनुहुदो रहेछ् उहाँलाई सोधे पुलिस रिपोर्ट सर्टिफिकेटको बारेमा। पास्पोर्टको र आइ डी कार्डको फोटोकपि चाहिन्छअरे। फोटोकपि मसिन छकी भनेको तल जानुअरे फेरि तल गाको मिस्टर हमिदसँग अनुरोध् गरेको रिसाएर भन्नु भयो यहाँ फोटोकपि हुदैन बाहिर गरेर ल्याउनु भनि चर्को आवजमा जवाफ पाइयो। ए बाबा दुई वटा पेजको फोटोकपि गर्दा कति चाँही खर्च हुन्छ होला त भनेको दुताबास ज्यु लाई सुझाव(कम्प्लेन)दिनुअरे फेरि कस्तो चर्को आवाजमा बोल्नु भयो। पब्लिकलाई मद्दत् गर्न हैन थर्काउन बसेको रहेछ् जस्तो मलाई लाग्यो । बाहिर निस्केको गर्मी उस्तै हुनत यसपाल कतारमा मार्च को अन्तिम् दिन सम्म पनि त्यस्तो गर्मी त भएकै छैन् तै पनि आफू घाममा कहिल्यै नहिड्ने मान्छे रिसाउदै मार्केट खोज्दै हिंडे २० मिनेट जति हिड्दा बल्ल बल्ल रिजेन्सी मार्केट देख्यो र पहिले पानी किने अनि फोटोकपी गर्न लगाए। फोटोकपी त गरे अब फेरि हिडेर फर्किन सक्ने अवस्थामा थिएन। ट्याक्सी लाई कुरे ट्याक्सी पनि भेट्यो १० रियाल दियो र दुताबास को अगाडि उत्रे। माथी अफिसर हरूकोमा गएर हतार हतार डोकुमेन्ट्स हरू बुझाए। पुलिस क्लियेरेन्स किन चाहियो भनि अफिसर ज्यु हरूले सोध्नु भयो। कम्पनी परिवर्तन गर्न भनि मैले जवाफ दिये। पुरानो कम्पनी ले एन्ड अफ सर्भिस दियो भनि फेरि सोध्नु भयो । मैले छैन्भने । तेसो भा हुदैन भन्नु भयो । फेरि मैले सम्झाउने कोशिश गरे की अरुको मामिलामा शायद पछी एन्ड अफ सर्भिस नदिने इत्यादी हुन्छ होला तर मेरो कम्पनीमा यस्तो हुदैन भन्ने मेरो पुन विश्वाश छ। त्यो मेरो डकुमेन्ट फिर्ता दियो अनि १०२ नम्बर्मा जानु भन्नु भयो। (सेकेन्ड सेक्रटरी) द्दितिय सचिव जय बहादुर राइ हुनु हुदो रहेछ् उहाँले पनि उस्तै खालको सवाल गर्नु भयो। फेरि उस्तै बेली बिस्तार लगाएर सम्झाइ दिए। पैसा तिर्न तल जानको लागि आदेस दिनु भयो। ४० रियाल पैसा बुझाए। त्यो क्यासियेर ले भोलि पो आउनु भन्छ बा। येस्सो बाहिर निस्केको मान्छे हरूको घुइचो तेस्तै बाहिर पनि भित्र पनि। त्यो किनेको पानी पिउन खोजेको एक जना ब्यक्तिले पेन छ भनि सोधेको रहेछ तर पानी पिउन सकिन्छ की भन्ने सुन्यो अनि सकिन्छ भनि पानी दिएको त पेन पो छ भनेकोरे। छ छ भनि युनी बलपेन झिकेर दिए। म आफ्नै टेन्सनमा उभी रहेको थिए मलाई त्यो मान्छेले क्रमस उन्को दु:ख पो पोख्दै गयो। कम्पनीले पैसा दिएन। पासपोर्ट पनि दिएन टिकट भोलिको लागि काटेको छ आदि आदि। ए बाबा दुताबासमा आएका छौ भित्रै गएर यी सब कुरा गर्नु नी भनेको " यी पेपर " भनि देखायो। भित्र गएर मौलिक रुपमा निबेदन गरेको रहेछ तर समस्या अली जटिलो भएको हुनाले त्यो फारम भर्न लगाएको रहेछ्। बिचरा राम्रो सँग लेख्न नआउदो रहेछ र पो मैले लेखिदिउन भनेर ती सब कुराहरू भन्दै रहेछ। ठिकै छ आफूले जानेको कुरा अर्को दुख्मा परेको नेपाली दाजु भाईहरूलाई अली कति लेखिदिएर मद्दत गरौ भन्ने मनमा सोच आयो र लेखि दिए। उतर लेख्न त्यहाँ फारममा सोधेको सवालहरू सोधेको १४ महिना भएछ काम गरेको। कम्पनीमा काम नभएपछी अर्को कम्पनी मा दैनिक ज्यालमा पठाउदो रहेछ् तर पासपोर्ट चाँही पुरानै कम्पनीले राखेछ। जब नयाँ कम्पनीमा पनि काम नभए पछि घर जानालाई वाध्य भएछ। टिकट पनि काटी सकेछन तर पासपोर्ट्नै हातमा नभएपछी नेपाल जाने कसरी। उता फोन गर्दा पनि मालिकले फोन नउठाउदो रहेछ। कति दु:ख गरि कमाएको पैसाले काटेको टिकट पनि अब खेर जाने भयो भन्ने ठुलै चिन्ता रहेछ। यता बल्ल बल्ल लेखेर सकाको मात्र थियो फेरि अर्को भाइहरूलाई समस्या उस्तै। दाइ पेन दिनुस्अरे। मलाइ लेख्नु भन्दै थियो तर मैले लेखिन मेरो आफ्नै टेन्सन छ तिमी आफै लेख्नु भनि दिए। तेसो भन्दै म भित्र हिंडे। क्यासियेर लाई सोधे यो रिपोर्ट आजै बनाउनु पर्छ मेरो अली जटिल समस्या छ भनेको माथी द्दितिय सचिव जय बहादुर राइ ज्यु सँग सोध्नु भन्ने कुरा गर्यो। म माथी गए र द्दितिय सचिव जय बहादुर राइ ज्यु सँग कुरा राखे। उहाँले भन्नु भयो पल्लो काउन्टरमा मिस्टर हमिद छ उहाँ सँग सोध्न सल्लाह दिनु भयो। मिस्टर हमिद प्राय सबै सँग तेतिकै रिसाह पाराले बोल्नु हुदो रहेछ्। एक जना तराई बासी साथी रहेछ् दरो हप्काइ खानु भयो सबैको सामुने। नहोस् पनि कसरी तेही एकजना मिस्टर हमिदले काउन्टरको क्लेरिकल काम जति सबै भ्याउनु पर्दो रहेछ्। कम्तिमा त्यहाँ समस्या लिएर गएको नेपालि हरूलाई बस्ने ठाउँ र कुर्सीको बेबस्था त राम्रो हुनु पर्ने हो तर माहा बिजोग रहेछ्। भएको एक दुई वटा कुर्सी हरू पनि टुटिसकेको अवस्थामा रहेछ्। एक घन्टा जति कुरेर २ - ३ पटक फलोअप गर्दा बल्ल बल्ल मेरो पालो आएछ। जम्मा २ मिनेट को काम रहेछ् त्यो। कम्प्युटरमा सेभिङ गरि राखेको कुरालाई प्रिन्ट दिनु मात्र रहेछ। काम बन्यो। अब फोरन अफेरमा गएर छाप लगाउनु पर्दो रहेछ। ट्याक्सी चढेर गए। छाप लगायो र घर फर्के। हाम्रो दुताबासको स्थिति एकदम कम्जोरी जस्तो महसुस भयो। कर्मचारी हरूको व्यवहार चाँही मलाइ सार्है नराम्रो लाग्यो।

No comments:

Post a Comment