
नेपालको सम्पूर्ण मूलबासी मंगोल समुदाय एक जातिय राज्य संयन्त्र र सडयन्त्रबाट पिल्सिरहेका छन्, शोषित र उत्पिडित भईरहेकाछन् । बाहुनबादी राज्यसत्ताको एकजातिय राज्यसंयन्त्र र सडयन्त्रबाट आदिबासी समुदायको मुक्ती हुने एकमात्र बिकल्प पहिचान सहितको संघियता हो । त्यो संघियता आदिबासी समुदायको एकताबाट मात्र सम्भाव छ र यही एकताको सन्देश लिएर मंगोल डेमोक्रेटिक पार्टीका हजारौं कार्यकर्ताहरु अदिबासी समुदायको घर-घरमा पुगिरहेकाछन्।

यस्तो ब्यक्तिहरुको जमघट रहेको पार्टी र समुहाबाट आदिबासी समुदायको मुक्ती हुन्छ भन्ने कुराको कल्पना समेत गर्न सकिन्न ।
नेपालको आदिबासी समुदाय बास्तबिक रुपमा राज्यको शक्ति, सत्ता, अधिकार र न्यायबाट बंचित रहेकाछन । आदिबासी समुदायलाई एउटै कुरा चाहिएको छ, त्यो हो अधिकार । अर्थत मूलबासी मंगोल समुदायलाई राज्यको न्यायपूर्ण अधिकार, मुक्ती र सत्ता चाहिएको छ ।
जुन शक्तिले मूलबासी मंगोल समुदायको पहिचान, संस्कार, संस्कृती , अवशर र चुनौती तथा जिम्मेवारी र मूलबासी मंगोल समुदायको संरक्षण र संबर्धन गर्न सक्ने छ । त्यस्तो अधिकार मूलबासी मंगोल समुदायलाई चाहिएको छ । यस्तो शक्ती मूलबासी मंगोल समुदायले फुटेर होईन जुटेर मात्र प्रप्त गर्न सक्नेछ । अशोक राई नेतृत्वको संघिय समाजबादी पार्टी र पासाङ शेर्पा नेतृत्वमा रहेको सामाजिक लोक्तान्त्रीक पार्टीको नेता कार्यकर्ताहरुमा देखा परेको बिबादले निरन्तरता पाईरहने हो भने र उनिहरुको यो बिबादलाई मूलबासी मंगोल समुदायले हेरिरहने हो भने भोलिको दिनमा मूलबासी मंगोल समुदायको अस्तित्वनै समाप्त भएर जाने छ र मूलबासी मंगोल समुदायको सन्तातिहरु बाहुनको दास हुनेछ भने बाहुनहरु भारतको दास हुनेछ । अर्थत मूलबासी मंगोल समुदायको सन्तातिहरु दोश्रो दर्जाको नागरिक होईनकी दोश्रो दर्जाको नागरिकको पनि पहिचान र संस्कृति बिहिन दास हुनेछ ।
No comments:
Post a Comment