दोस्रो विश्वयुद्ध सुरु हुनु तीन वर्षपहिला सन् १९३६ मा जर्मनी, इटली र जापानबीच एक–अर्कालाई सहयोग गर्ने सम्झौता भयो । १९३९ को सेप्टेम्बर १ का दिन पोल्यान्डमाथि आक्रमण गरी जर्मनीले विश्वयुद्धको सुरुआत ग¥यो । पोल्यान्ड, नर्वे, डेनमार्क, हल्यान्ड र बेल्जियममाथि नियन्त्रण जमाइसकेपछि उसले फ्रान्समाथि आक्रमण ग¥यो ।
मौकाको फाइदा उठाउँदै इटलीले पनि हमला ग¥यो । तीन सातापछि फ्रान्सले पराजय स्विका¥यो । जर्मनी अब ब्रिटेनतर्फ बढ्यो । तर, सफलता हासिल नभएपछि युगोस्लाभिया र ग्रिसमाथि कब्जा जमायो । उता, ब्रिटेन र दक्षिण अफ्रिका मिलेर लिबिया, सोमालिया र अविसिनियालाई इटलीबाट मुक्त पारे । यसपछि ब्रिटिश र अमेरिकी सेनाले सन् १९४३ को जुलाई १० मा सिसली सहरमा आक्रमण गरे । केही दिनको घमासान युद्धपछि इटालियन सेना पराजित भयो । सिसलीमाथिको नियन्त्रण गुमेपछि इटलीमा बेनितो मुसोलिनीको सरकारविरुद्ध असन्तुष्टि चरम बिन्दुमा पुग्यो । सिसली र अफ्रिकामा इटलीले भोग्नुपरेको पराजयको सम्पूर्ण दोष उनीमाथि लाग्यो ।
सिसलीको पराजयपछि मित्रराष्ट्रका सेनाले इटलीमाथि हमला गर्नसक्ने शंका मुसोलिनीलाई लाग्यो । उनी जर्मनी गए र हिटलरसँग सहयोग मागे । जर्मन सेना रुसी सेनासँग लडिरहेको कारण हिटलरले असमर्थता जनाए । मुसोलिनी निराश भई फर्के । लगत्तै, रोममा बोलाइएको फासिस्टहरूको ग्रान्ड काउन्सिलमा उनले भयंकर विरोधको सामना गर्नुप¥यो । विरोधीहरूको मुख टाल्न ठूलो कोसिस गरियो तर उनी सफल भएनन् । क्रोधले तिल्मिलाउँदै उनी सभाभवनबाट बाहिरिए । उनको अनुपस्थितिमा काउन्सिल बैठकले उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त ग¥यो र मार्सल पियत्रो बाडोग्लियोलाई जिम्मेवारी दिइयो । घर पुग्न नपाउँदै राजा भिक्टर इमानुयलको आदेशमा मुसोलिनी पक्राउ परे । सैन्य गाडीमा राखेर अज्ञातस्थलतर्फ लगी नजरबन्द गरियो । मुसोलिनीको पतन भएको यो सन् १९४३ को जुलाई २५ को घटना थियो ।
एक महिनापछि जुन २६ मा जर्मनीको स्थल र वायु सेना तथा गुप्त प्रहरी (एसएस) का ६ जना अधिकृत हिटलरको गोप्य निवासस्थानमा भेला भए । एकछिनपछि हिटलर त्यहाँ पसे । उनीहरूबाट युद्धसम्बन्धी केही जानकारी लिइसकेपछि क्याप्टेन ड्रंकेनबाहेक अरू फर्के । सबैजना गइसकेपछि उनले डं«केनलाई भने, ‘एउटा महŒवपूर्ण काम तिमीलाई सुम्पँदै छु । मेरो मिल्ने साथी मुसोलिनीलाई राजाले षड्यन्त्र गरी पक्रे । उनलाई तुरुन्त मुक्त गर्न सकिएन भने ब्रिटेनको हातमा सुम्पिइनेछ । उनलाई जेलबाट भगाएर ल्याउने जिम्मा म तिमीलाई दिन्छु । ड्युस (मुसोलिनी) लाई कहाँ राखिएको छ, पत्ता लगाउने काम पनि तिमीले नै गर्नुपर्नेछ । हामीबीचको वार्ता र योजना गोप्य हुनुपर्छ । मलाई विश्वास छ, यो काममा तिमीलाई सफलता मिल्नेछ । मेरो मित्रलाई भगाएर ल्याउनु, म तिमीप्रति सदा कृतज्ञ रहनेछु ।’ यति भन्दै हिटलरले ड्रंकेनसित हात मिलाए र छुट्टिए । बाहिर निस्किसकेपछि ड्रंकेनले दिमागमा एउटा योजना बनाए र आफ्नो सहायकलाई फोन गरी इटली भाषा जान्ने ५० जनाको छनोट गर्न आदेश दिए । साथै आवश्यक हतियार र गोली तथा बमको व्यवस्था गर्न पनि भने । भोलिपल्ट उच्च सैनिक अधिकृत जर्नेल कुर्त स्टुडेन्टसँगै विमान चढेर फास्कार्ट पुगे । इटलीमा यो ठाउँ जर्मन सेनाको मुख्यालय भएको स्थान हो । उनीहरू पुग्नुअगावै ५० जना कमान्डो त्यहाँ पुगिसकेका थिए ।
इटलीमा त्यसबेला मुसोलिनीबारे विभिन्न हल्ला फैलाइएको थियो । उनले आत्महत्या गरिसकेको, ठूलो रोग लागेर कष्टमय जीवन गुजारिराखेको जस्ता चर्चा थियो । किनकि जुलाई २५ पछि उनलाई कसैले देखेकै थिएन । केही दिनसम्म ड्रंकेनको समूहले अलमलमै समय बितायो । यसबीच पानीजहाजमा राखेर अज्ञातस्थलतर्फ लगिएको सूचना प्राप्त ग¥यो । हिटलरले जर्नेल स्टुडेन्टमार्फत् पानीजहाजबाटै भगाएर ल्याउने आदेश ड्रंकेनलाई दिए । योजना बनाउँदै उनले २४ घन्टा बिताए । यसबीच मुसोलिनीलाई फेरि अन्त पठाइएको सूचना बिहानै प्राप्त गरे । फेरि हल्ला चल्यो– ‘एक महŒवपूर्ण बन्दीलाई शान्ता माडालेना द्वीपमा राखिएको छ ।’ ड्रंकेनले डुंगामार्फत त्यहाँ पुग्न गुप्तचरलाई आदेश दिँदै मोटरजहाज चढेर आफू पहिल्यै त्यहाँ पुगे तर सोही बिहान मुसोलिनीलाई त्यहाँबाट अन्तै लगिसकेको सूचना पाएर निराश बने । दोस्रो दिन मुसोलिनीलाई अबु्रबी पहाडको होटलमा राखिएको र इटलीको सशस्त्र प्रहरी तैनाथ भएको सूचना जासुसले दियो । अब उनी उक्त प्रदेशको नक्सा खोज्नतर्फ लागे । तर, कुनै नक्सामा पनि होटल रहेको संकेत पाएनन् । सेप्टेम्बर ८ को दिन आफ्ना केही सहयोगीलाई लिएर विमान चढी उक्त स्थानको निरीक्षण गर्न गए । मुसोलिनीलाई थुनेर राखिएको भनिएको क्याम्पो होटल ६ हजार ५ सय फुट उचाइमा रहेछ । उत्तर–पूर्वपट्टि ७ हजार फुट उचाइ भएको सोसो पहाड थियो । सहयोगी राडलले उनको खुट्टा समाते । उनले झ्यालमा झुन्डिएर होटलको फोटो खिचे । होटलको पछाडि समथर भूमि देखेपछि विमानलाई त्यहाँ अवतरण गर्ने योजना बनाए ।
यसबीच इटलीको सरकारले मित्रराष्ट्रसमक्ष आत्मसमर्पण ग¥यो । मुसोलिनीलाई ब्रिटेनसमक्ष सुपुर्दगी गर्ने सम्भावना झन् बढ्यो । तर, अझै पनि मुसोलिनी उक्त होटलमा छन् वा छैनन्, निश्चित भइसकेको थिएन । निश्चित हुन ड्रंकेनले एकजना डाक्टरको सहयोग लिए । सैनिकहरूका लागि नियुक्त निज डाक्टर पनि होटलसम्म पुग्ने रेलको अन्तिम स्टेसनसम्म मात्र पुग्न सके । उनका अनुसार त्योभन्दा उता प्रहरीको नाकाबन्दी थियो । तर, उनीमार्फत ड्रंकेनले थाहा पाए कि, केही समयअघि मात्र होटल खाली गर्न लगाएर त्यहाँ दुई सय सैनिक बस्ने व्यवस्था मिलाइएको छ । यो सूचनाबाट मुसोलिनीलाई त्यहीँ राखिएको हुनुपर्छ भन्ने कुरोमा डं«केन ढुक्क भए । यसपछि आक्रमण गर्ने योजना बनाउन लागे । ग्लाइडर विमान प्रयोग गरिने भयो । विमानलाई होटलपछाडिको खुला मैदानमा अवतरण गराउने र होटलमा सेप्टेम्बर १२ को दिन आक्रमण गर्ने योजना बन्यो । हरेक विमानमा चालकबाहेक १० जना सैनिक पठाउने तय भयो । योजनाअनुरूप १२ बजे विमानहरू लाइन बसे । तर, विमान उड्न नपाउँदै साढे १२ बजे हवाई आक्रमण भयो । आक्रमण आधाघन्टासम्म चल्यो । यसको बाबजुद ग्लाइडर विमान सुरक्षित रहे । हवाई आक्रमण बन्द हुनासाथ ग्लाइडर विमान एकपछि अर्को गर्दै उडे । ड्रंकेन तेस्रो विमानमा सवार भए ।
बादलले ढाकेका कारण केही समय सबै आकाशमै अल्मलिए । पछि थाहा पाइयो– पहिलो र दोस्रो विमान लापत्ता भइसकेका छन् भने पछाडि पनि सातवटा मात्र विमान छन् । दुईवटा विमान बिग्रेर उड्नै पाएनन् । योजनामुताविक ठीक समयमा उनीहरू एक्विला घाटी पुगे । अवतरण गर्ने भनिएको खुला मैदान ओरालो परेको जग्गा रहेछ । त्यसैले विमानले होटलनजिकै क्य्रासल्यान्ड ग¥यो । ग्लाइडरबाट सबैभन्दा पहिला मेसिनगन समातेर ड्रंकेन उत्री ५० मिटर टाढा बसेर पहरा दिइराखेका सैनिकको नजिकैबाट दगुरे । उनीहरू होटल पुग्दा त्यहाँ तैनाथ सैनिक छक्क परे । उलाई हात माथि उठाउन आदेश दिएर उनीहरू होटलभित्र छिरे । रेडियो स्टेसनमा तैनाथ सेनालाई लात्ताले हानेर पछारेपछि उनीहरू अघि बढे । सामुन्ने आएका प्रत्येक सैनिकलाई बन्दुकको कुन्दाले हान्दै उनीहरू अघि बढे । ठूलो हलमा उनीहरूले मुसोलिनीलाई देखे । उनको सुरक्षार्थ तैनाथ दुई सैनिकले सजिलै आत्मसमर्पण गरेपछि उनीहरू मुसोलिनीलाई लिएर होटलबाट बाहिरिए । होटलमा रहेका अन्य सबै सेनाले सजिलै आत्मसमर्पण मात्र गरेनन्, सहयोगसमेत गरे । ‘अपरेसन इचे’ नामक यो उद्धारकार्य तीन÷चार मिनेटमा सम्पन्न भयो ।
रेल्वे स्टेसनमाथि कब्जा जमाए पनि स्थलमार्गबाट मुसोलिनीलाई रोम लानु कम्ति खतरनाक थिएन । किनभने बीच बाटोमा इटालियन सेना तैनाथ थियो । जर्नेल स्टुडेन्टको सल्लाहबमोजिम त्यहाँ विमान त आइपुग्यो तर इन्जिनमा खराबी आएपछि उड्न सकेन । यसबीच इटलीको सेनालाई पछाडिको मैदान सफा गर्न लगाइयो । अन्त्यमा अर्काे जहाज आयो । जहाज निकै सानो थियो । चालकसहित दुईजना मात्र बस्न मिल्ने । तर, पनि ड्रंकेन जसोतसो मुसोलिनीलाई लिएर जहाजमा चढे । विमान मुस्किलले उड्न सक्यो । विमान एकपटक धावनमार्गमै र अर्कोपटक पहाडमा ठोक्किनबाट बल्लबल्ल बच्यो । अन्ततः ड्रंकेन मुसोलिनीलाई रोम विमानस्थलमा उतार्न सफल भए । विमानस्थलमा तीनवटा विमान प्रतीक्षामा थिए । उनीहरू अस्ट्रियाको भियना हुँदै म्युनिख पुगे । मुसोलिनीको परिवारलाई अर्को एउटा टोलीले उद्धार गरी ल्याइसकेको थियो । म्युनिख पुगेपछि मुसोलिनी र परिवारको पुनर्मिलन भयो । आदेश पाएको सात हप्तापछि सेप्टेम्बर १५ को दिन दुई तानाशाहको भेटघाट हिटलरको गुप्त निवासमा भयो । मुसोलिनी केही समयसम्म हिटलरकै शरणमा बसे । पछि हिटलरको सेनाले इटलीमा आक्रमण ग¥यो । जर्मन सेना राजा इमानुयल, युवराज उम्बर्टो, प्रधानमन्त्री बाडोग्लियोको हत्या गर्न चाहन्थ्यो तर सकेन । बरु उत्तरी इटलीमाथि नियन्त्रण गर्न सफल भयो । उद्धार गरिएको ११औँ दिन जर्मनीले मुसोलिनीलाई उत्तरी इटलीको जिम्मा दियो । मुसोलिनीले सो क्षेत्रलाई सालो गणतन्त्र (समाजवादी गणतन्त्र) घोषित गरी शासन चलाए र युद्धमा जर्मनीलाई साथ दिए ।
उनी सन् १९४५ को २५ अप्रिलसम्म उक्त गणतन्त्रको राष्ट्राध्यक्षका रूपमा रहे तर कठपुतलीका रूपमा । अप्रिल २७ मा उनी र प्रेमिका क्लारेटा पेट्टाची कम्युनिस्ट विद्रोहीको घेराबन्दीमा परे । र, अर्को दिन मारिए । सोही दिन अप्रिल २८ मा रुसी लाल सेनाले बर्लिन कब्जा ग¥यो । हिटलर भागेर बंकरभित्र लुक्न गए । कम्युनिस्टको कब्जामा पर्नुभन्दा मर्नु जाति ठान्दै अप्रिल ३० मा उनी र प्रेमिका इभा ब्राउनले आत्महत्या गरे । पर्सिपल्ट मे २ मा जर्मन सेनाले इटलीमा आत्मसमर्पण ग¥यो ।
– राजेन्द्र स्थापित
No comments:
Post a Comment