Thursday, April 25, 2013

पूर्वलडाकुसँग टेलिस्कोपयुक्त राइफल


पूर्वलडाकुसँग टेलिस्कोपयुक्त राइफल
 
माओवादी पूर्वलडाकु र उनका तीन सहयोगी शंकास्पद आधुनिक हतियारसहित पक्राउ परेका छन्। काठमाडौं प्रहरीले जर्मनीमा बनेको सेमी अटोमेटिक (अर्धस्वचालित) राइफल र सिक्सर रिभल्बरसहित यमबहादुर थापालाई पक्रेको हो। थापासँग रहेको हतियार, सोको अनुमतिपत्र र हतियार बोकेर हिँड्न प्रशासनले दिएको छुट देखेर प्रहरी नै चकित छ। एकीकृत माओवादीले भने थापा अहिले पार्टीको सम्पर्कमै नरहेको जनाएको छ।
 
शरीरभन्दा ३ गुणा ठूलो टाउको
 
 
 
उदयपुरको लेखानी ८ बस्ने खड्गबहादुर आले र उत्तरकुमारीको पहिलो सन्तानका रूपमा जन्मेका छोराको टाउको जन्मेको २२ दिनपछि बढ्न थालेको हो । सात वर्षमा पुग्दा शरीरको तौलभन्दा तेब्बर ठूलो भएपछि कैयौंपटक धामीझाँक्री, भाले र बोका देउतालाई चढाए पनि निको नभएपछि अस्पताल ल्याएको उनले बताए ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि बालक । तस्वीर: प्रदीप मेन्याङ्बो
 
विद्यापतिको गढ उत्खनन
मिथिला कवि विद्यापतिको गढ भनेर चिनिने भवानीपुर गाविस ६ बाखर बनौलीस्थित ठाकुर (विद्यापति) गढ उत्खनन गर्दा फेला परेका बस्तुहरु देखाउँदै पुरातत्विक विभाग काठमाण्डौंका पुरातत्व अधिकृत विष्णु पाठक ।
 
डालाडाली व्यापार
 
Baglung-daladali
बागलुङको स्थानीय उत्पादन डालाडाली बोकेर सदरमुकाम बागलुङ बजारतिर आउँदै गरेका व्यापारीहरु । चैत्राष्टमी मेलामा यस्ता वस्तुहरुको बिक्री बढी गर्दछ ।

आरोहीका भरिया

Solukhumbu-Amadablam
सगरमाथा आरोहीको सामान आधार शिविरतर्फ लैजाँदै जोप्केहरु । पृष्ठभूमिमा आमाडब्लम हिमाल । बुद्धवीर राई, सोलुखुम्बु
 

विश्व शान्तिका लागि कामना

shanti-deep-south-Kor
नेपाल–दक्षिण कोरिया लुम्बिनी शान्ति दीप यात्रा नागरिक मूल समारोह समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्विनीस्थित अखण्ड शान्ति दीपबाट विश्व शान्तिको कामनाका लागि शान्तिदीप लिन आएका दक्षिण कोरियाका दोसुनसा मन्दिरका भिक्षु भिक्षुणी । शान्तिदीप लैजानु अघि लुम्विनीस्थित शान्तिदीप परिसरमा आयोजित कार्याक्रममा कोरियाली बौद्ध परम्पराअनुसार पूजा आराधना गरी दीप हस्तान्तरण गर्दै ।
 
भेडा पाल्न ओडारको बास
 मुगु- मुर्मा गाउँका ५६ वर्षीय रतनबहादुर रोकाया भेडा पाल्नकै लागि घर छाडेर विगत लामो समयदेखि ओडार मा बस्दै आएका छन् ।

परिवार पाल्न र शरीर ढाक्न कठिनाइ भएपछि दैनिक जीविकाका लागि ३० वटा भेडा जोगाउन उनले घर छाडेका हुन् । उनका छोराछोरी र श्रीमती भने मुर्मास्थित घरमै बस्छन् । 'घरमा बस्न कसलाई इच्छा हुँदैन,' रोकायाले भने, 'ज्यान र परिवार पाल्न अर्को कुनै व्यवसाय छैन
 
चीन भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेट गर्दै । फोटोग्राफर : सिन्हृवा
 
भारतमा एक मोडलिङ शोमा मोडलहरु । फोटोग्राफर : आईएएनएस
 
चेक गणतन्त्रको राजधानी प्रागुस्थित एक र्पाकमा राखिएको प्लाष्टिकको बलभित्र खेल्दै बालिका ।  फोटोग्राफर : रोयटर्स
 
 
 
यूरोपियन कलात्मक जिम्न्याष्टिको छनौट चरणमा प्रतिस्पर्धा गर्दै जर्मनीकी सोफी सेडर ।
फोटोग्राफर : रोयटर्स

No comments:

Post a Comment