Thursday, April 18, 2013

फेरी पनि किराँती समुदायको बिरुद्धा यसरि भयो सडयन्त्र


प्रस्तुत विषयमा यही मिति २०७० बैशाख २ गतेका दिन विविध मिडिया मार्फत् किरात जनवादी वर्कस पार्टी, नेकपा (एमाले)मा प्रवेश भएको भन्ने भ्रामक समाचार प्रशारण भएकोप्रति पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ । 
सबैमा स्मरणरहोस् कि विगत स्थापनाकालदेखि नै षडयन्त्रपूर्ण ढङ्गबट कि.ज.व.पा.समाप्त पार्न एमाले, कांग्रेस, माओवादीभित्रका केही प्रतिगामी पूरातन वाहुनवादी दलालहरूद्वारा परिचालित केही संदीग्ध किरात अन्तरघाती तत्वहरू बीचको त्रिपक्षीय गोप्य बैठक र सहमतिद्वारा तत्कालीन कि.ज.व.पा.का अध्यक्ष विद्रोह विवश (विनेश राई) लाई भोजपुर पाङ्चाको गरगरे भन्ने (दुधकोसीको किनारमा) २८ जना सर्वसाधरणको भेषमा रहेका हतियारधारी प्रहरीहरूद्वारा हत्या गराएका थिए । 
आज नेकपा एमाले नामक साम्प्रदायिक वाहुनवादी पार्टीले विविध अपराधिक क्रियाकलापमा संलग्न भई २÷३ वर्ष अघि नै निष्कासन कार्वाहीमा परेका केही संदीग्ध व्यक्तिहरूलाई प्रवेश गराई कि.ज.व.पा.को अस्तित्वमाथि षडयन्त्रपूर्ण ढङ्गबाट धावा बोल्ने काम भइरहेकोप्रति आम किरातबासी जनता गम्भीर दुखत प्रकट गर्दछ । 
अझ किरात जनवादी वर्कस पार्टीका नेता, कार्यकर्ताहरूको शरीरमा एकमुठ्ठी प्राण र एक थोपा रगत रहेसम्म कुनै पनि साम्प्रदायिक वाहुनवादीहरू समक्ष आत्मसमर्पण नगरी निरन्तर उत्पीडित जनताको पक्षमा रहेर अधिकारका लागि संघर्ष गरिरहने प्रतिबद्धता जाहेर गर्दै माथि उल्लेखित भ्रामक समाचारको भ्रममा नपर्न सम्पूर्ण न्यायप्रेमी जनताहरूमा जानकारी गराइन्छ ।


..........................
यलम्बर किराती
अध्यक्ष
२०७० बैशाख ५ 


No comments:

Post a Comment