विश्वले साम्राज्यवादविरोधी एक घाघडान नेता गुमाएको छ । ँएक्काइसौं शताब्दीको समाजवाद’को वकालत गर्दै १४ वर्ष शासन गर्न सफल वामपन्थी राष्ट्रपति ५८ वषर्ीय हृयुगो चाभेजको निधन क्यान्सरबाट अघिल्लो मंगलबार भएको छ । सत्तारुढ भेनेजुयलाइ समाजवादी पार्टीका नेता चाभेज पुँजीवाद, अमेरिकी विदेश नीति र नवउदार विश्वव्यापीकरणका कट्टर आलोचक थिए । बोलिभारिन क्रान्तिमार्फत् समाजवादी सुधार गर्दै गइरहेका उनको पालामा त्यहाँको गरिबी १९.१ प्रतिशत -४८.६ बाट २९.५) घटेको थियो । दक्षिण र ल्याटिन अमेरिकी मुलुकलाई एकीकृत गरी सो क्षेत्रमा समाजवादी विचार फैलाउन सफल उनकै कारण त्यस क्षेत्रका एकपछि अर्को गर्दै सात मुलुकमा वामपन्थीहरुको सरकार बनेको थियो । विशेषतः त्यस क्षेत्रका जनताले क्युबाली नेता फिडेल क्यास्त्रो र अर्जेन्टिनी छापामार नेता चे ग्वेभारापछि सदा उनलाई सम्भिmरहने छन् ।
चाभेजको जन्म साबानेटा नगर आसपासको गाउँमा सन् १९५४ को जुलाइमा भएको हो । ६ कक्षा मात्र पढेका बाबु हृयुगो रेयेस चाभेज प्रावि शिक्षक थिए, त्यसैले निर्धन थिए । बाजे माइसान्ता उर्फ पेड्रो पेरेज डेल्गाडो सन् १९२२ का विद्रोही नेता थिए । चाभेजको बाल्यकाल ताडको ठूल्ठूलो पातले बनाइएको गाउँको सानो छाप्रोमा बित्यो । इलेना पि|mयास आˆना छोराहरुलाई शहरको स्कुलमा पढाउन चाहन्थिन् तर पैसाको अभावमा त्यसो गर्न नसकिएपछि सानो छोरो चाभेजलाई पादरी बनाउन चर्चको काममा लगाइन् । चाभेजको काम जिसस र अन्य सन्तको मूर्ति र फोटाहरु टल्काउनु थियो । चर्चमा वर्ष दिन बिताउने क्रममा जिससलाई चिनाउने शैलीलाई उनले अलिकति पनि मन पराएनन् किनकि उनी जिससलाई ँएक विद्रोही’ मान्थे । सानैमा दाजु अदानसँगै बज्यै रोजा इनेसकोमा बस्न साबानेटा शहर पसे । पछि आमा-बाबु पनि नजिकैको सार्वजनिक जग्गामा फुसको घर बनाएर बस्न सुरु गरे । चाभेज बज्यै रोजाको पि्रय नाति थिए, त्यसैले अलि राम्रो स्कुलमा पढ्ने मौका पाए । चित्रकारिता र गायन प्रतिभा भएका उनी १२-१३ वर्षको उमेरसम्म पनि निकै दुब्ला-पातला थिए । पाइताला भने असामान्य ठूलो थियो । समकक्षीहरु उनलाई ँटि्रबिलिन’ अर्थात् ँबुद्धु’ भनेर बोलाउँथे ।
फुर्सदको समय बज्यैले बनाउने फलफूलको मिठाइ सडकमा बेची हिँड्थे । बाबुसँगै ग्वानारे नदीमा गई माछा मार्थे । एकदिन इष्टर चाडको समयमा परिवार नदी किनार पिकनिक मनाउन गए । त्यो दिनदेखि चाभेजमा बेसबलको कुशल खेलाडी बन्ने धुन सवार भयो । स्कुलै नगइकन खेलेर दिन बिताए । उनका आदर्श खेलाडी थिए, २३ वर्षको उमेरमा विमान दुर्घटनामा मरेका लातिगो चाभेज । स्मरणीय छ, चाभेजले सन् १९६९ मा आयोजित राष्ट्रव्यापी बेसबल प्रतियोगितामा भाग लिएका थिए । स्कुले जीवनमा कविता, कथा र नाटक रचे । पूरै दक्षिण अमेरिकाका जनताद्वारा क्रान्तिकारी र स्पेनिश उपनिवेशविरुद्ध लडेका योद्धाको रुपमा सम्मानित सिमोन बोलिभारको जीवनी लेखे । टाइलाई पश्चिमको फेसन मान्थे, त्यसैले जीवनीको पछिल्लो कालसम्म पनि बिरलै टाइ बाँधे । ड्यानियल ˆलोरेन्स ओ लेरी स्कुलमा दुई जना मिल्ने साथी थिए । तीमध्ये सैनिक तानाशाह मार्कोस पेरेज जिमेनेजले जेल हालेका कम्युनिस्ट जोसे रुइजका छोरा थिए । रुइजको घरमा ठूलो पुस्तकालय थियो, पहिलोपटक साम्यवाद र समाजवाद विषक पुस्तक चाभेजले त्यहीँ पढेका हुन् । माक्र्स, एंगेल्स, लेनिन, माओका पुस्तक पढे । चे ग्वेभाराको डायरी त दोहोर्याइ-तेहर्याइ पढे ।
१७ वर्षको उमेरमा सेनामा भर्ना भई सैन्य विज्ञान पढे । पढाइबाहेक फुर्सदको समय सैनिक जवानहरुसँग बसेर इतिहास र राजनीति विषयमा बहस गर्थे । सन् १९७१ मा पानामाको एउटा सैन्य टोली त्यहाँ आइपुग्यो । दुई वर्ष सैन्य विद्यालयमा बसेका उनीहरुबाटै सन् १९६८ देखि १९८१ सम्म सरकार चलाएका प्रगतिशीलवादमा विश्वास राख्ने सैन्य कमाण्डर ओमार तोरिजोस र पछिल्लो वामपन्थी आन्दोलनबारे जानकारी लिए । पानामा नहर र नहर क्षेत्रलाई अमेरिकाको हातबाट फुत्काएर आˆनो नियन्त्रणमा लिन सफल तोरिजोसको बहादुरीबाट निकै प्रभावित भएर उनलाई आदर्श नायक मान्न थाले । सन् १९७४ मा एउटा सैन्य टोली पेरुको आयाकुचो पुग्यो । आयाकुचो-युद्धको १५० औं समारोहमा भाग लिन गएको उक्त टोलीको स्वागत त्यहाँका वामपन्थी सैन्य नेता तथा राष्ट्रपति हृवाँ भेलास्को आल्भाराडोले गरे । त्यस क्रममा भेलास्कोले ँपेरुभियाली राष्ट्रिय क्रान्ति’ गोजी पुस्तक संस्करण सबैलाई बाँडे । भ्रमणको क्रममा चाभेजलगायत सबै जना भेलास्कोको जनता र सेनाको सबै तहका जवानसँग घनिष्ठ सम्बन्धबाट अति प्रभावित भए । स्वदेश फर्केपछि चाभेजले उपहारको रुपमा पाएको गोजी पुस्तक दोहोर्याइ-तेहर्याइ पढे । उक्त पुस्तक सन् १९९२ मा पक्राउ परेपछि हरायो । तर राष्ट्रपति बनेपछि दशौं लाख प्रति ँबोलिभारियाको संविधान’ गोजी संस्करणमै भेलास्कोलाई समर्पित गर्दै निकाल्न लगाए ।
कलेजमा साथीहरुसँग मिलेर वामराष्ट्रवादी सिद्धान्त प्रतिपादन गरे, जसलाई ँबोलिभारवाद’ भने । सिमोन बोलिभारको विचारबाट प्रभावित भनिए पनि यथार्थमा उक्त सिद्धान्त मुख्यतः कम्युनिस्ट पार्टीका सदस्य तथा माक्र्सवादी इतिहासकार फेडरिको बि्रटो पि|mग्वेराको विचारबाट प्रभावित थियो । जोर्गे गाइतिन, फिडेल क्यास्त्रो, साल्भाडोर एलेन्डे र चे ग्वेभाराको जीवनी र दर्शनबाट पनि प्रभावित थियो । साम्यवाद र समाजवादसम्बन्धी दक्षिण अमेरिकी क्षेत्रमा उठेका सबै सकारात्मक विचारलाई पनि त्यसमा ठाउँ दिइएको थियो । सिद्धान्त प्रतिपादन गर्दा सिमोन बोलिभार मात्र होइन, बोलिभारकै गुरु सिमोन रोडि्रगेज र भूमिहीन किसानको पक्षमा लडेका किसान नेता इजेक्विल जामोरालाई केन्द्रमा राखिएको थियो । कुनै सन्देह छैन कि पछि प्रतिपादित उनको दर्शन ँ२१औं शताब्दीको समाजवाद’ र सरकार चलाउने उनको शैलीमा यिनै व्यक्तित्वहरुको प्रभाव झल्किएको थियो । उनले धेरैपटक पढेको एउटा पुस्तक ँदि टाइम्स अफ इजेक्विल जामोरा’ पनि हो । यसबीच सन् १९७३ मा चिलीमा माक्र्सवादी नेता साल्भाडोर एलेन्डोको हत्या भयो । अमेरिकासमर्थित ँकू’का सैन्य जर्नेल अगुस्तो पिनोसेको चाभेज आलोचक बने । उनले भने, ँम पिनोसेविरोधी तोरिजोसवादी र भालेस्कोवादी हुँ ।’
चाभेज परिवारभित्र राजनीतिक बहस गर्दैनथे, कारण बुबा हृयुगो क्रिस्चियन डेमोक्रेटिक पार्टीका सदस्य थिए । बरु, राजनीतिक गफ गर्न मन लागे रुइज परिवारकोमा जान्थे । सन् १९७४ मा लेखी सकाएको ँडायरी’बाट ज्ञात हुन्छ, उनी पूर्णतः वाम राजनीतिबाट प्रशिक्षित भइसकेका थिए । डायरीमा अमेरिकी विदेश नीतिको विरोध र गुमाउँदै गइराखेको राष्ट्रिय पहिचानप्रति ठूलो चिन्ता पोखिएको थियो । त्यसो त उनले सुन्दरी प्रतियोगिता प्रबन्धकको काम पनि नगरेका होइनन् तर आफू स्वयं भने आकर्षक व्यक्तित्वका धनी थिएनन् । स्कुल र कलेजका छात्राहरु आकषिर्त नभएकोमा सधैँ दुःख मान्थे । आफूले मन पराएको केटीले वास्ता नगरेको झोंकमा एकदिन सडकको छेउमा फालिराखेको गधाको कुहिसकेको टाउको ँप्रेमिका’को ढोकैमा मिल्काइदिए । तर, यसबीच उनको भेट हेर्मा माक्र्सम्यानसँग भयो । थेसिस लेखनमा सघाउन आएकीसँग प्रेम बस्यो तर बिहे २३ वर्षको उमेरमा नान्सी कोल्मेनारेससँग गरे । सँगसँगै ९ वर्षसम्म इतिहासकार हेर्मासँगको सम्बन्ध पनि अघि बढाउँदै लगे ।
सन् १९७५ मा स्नातक उत्तीर्ण गर्दा सहायक लेˆटिनेन्ट बनेका र ७५ जनामा आठौँ स्थान ओगटेका थिए । यसपछि बल्ल सैन्य जीवन सुरु भयो । मुलुकमा व्याप्त गरिबी र सामाजिक न्यायबाट बञ्चित जनताको पीडा देखेका उनी दुई वर्षपछि एन्जोतेकीमा सरुवा भए । होक्सा -एनभर होक्सा) वादीहरुको संगठन ँरातो झन्डा’लाई दबाउने क्रममा सेनाले गरेको बर्बरताप्रति दुःखी बने । यसबीच सरकार र सेनाभित्र भ्रष्टाचारको मुद्दा उठाए । तेलखानीको आम्दानीको हिस्सा साधारण जनतासम्म नपुगेको निष्कर्ष निकाल्दै सेनाभित्रै ँक्रान्तिकारी अभियान’ गठन गरे । बैठकमा भन्थे, ँमुलुकमा एकदिन वामपन्थीको सरकार गठन गर्नुपर्छ ।’ पछि सेनाभित्रै ँजनमुक्ति सेना -इएलपिभी) ˆ्रयाक्सन बनाए र रातो झन्डा र माक्र्सवादी नेताहरु अल्प|mेड मानिएरो र डगलस ब्राभोसँग मित्रता गाँसे । इएलपिभी गठन गरेको पाँच वर्षपछि सेनाभित्रै गोप्य रुपमा ँबोलिभारिन क्रान्तिकारी सेना -इबिआर- २००)’ गठन गरे । संगठनको जरो जामोरा, बोलिभार र रोडि्रगेजलाई मानिएको थियो र पुँजीवाद र समाजवादबीचको तेस्रो धारको रुपमा व्याख्या गरिएको थियो । सन् १९८१ मा चाभेज आफू दीक्षित भएको सैन्य विद्यालयमै प्राध्यापन गर्न पुगे । आˆनो संगठनमा त्यहाँका धेरैलाई भित्र्याए । यसपछि भने उनीमाथि सैन्य अधिकारीहरुले सन्देह गरे । प्रमाणको अभावमा जागिरबाट निकाल्न नसकेपछि दुर्गम ठाउँ एलोर्जाको ब्यारेकमा पठाइदिए । जहाँ उनले स्थानीय गरिब र आदिवासी जनतासँग घुलमिल हुने मौका पाए ।
सन् १९८९ मा कार्लोस पेरेज राष्ट्रपतिमा निर्वाचित भए । अमेरिका र अन्तर्राष्ट्रिय मुद्रा कोषको लहलहैमा उनले नवउदारवाद र विश्वव्यापीकरणको नीति अंगालेपछि चाभेज सरकारविरुद्ध लागे र सन् १९९२ मा असफल ँकू’ गरे । ँअपरेसन जामोरा’ असफल भएपछि पक्राउ परी दुई वर्षमै रिहा भए । यसपछि देशभित्र र बाहिर घुमेर जनमत तयार गर्न लागिपरेका उनले सन् १९९७ मा ँपाँचौँ गणतान्त्रिक आन्दोलन -एमभिआर)’ गठन गरे र अर्को वर्ष चुनाव लडेर जिते । यसपछि तीनपटक चुनाव जिते । पटक-पटक जनमत संग्रह गराए र सरकार सञ्चालनलाई आˆनो अनुकूल बनाए । विभिन्न वामपन्थी दलहरुलाई समेटेर एकीकृत समाजवादी पार्टी गठन गरे र मुलुकलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने घोषणा गरे तर तेस्रो कार्यकालको शपथग्रहण नै गर्न नपाइकन असामयिक निधन भयो । चाभेजले नान्सीलाई त्यागेपछि पत्रकार मारिसाबेल रोडि्रगेज ओरोपेजासँग बिहे गरेका थिए तर पछिल्लो बैवाहिक जीवन पनि सफल हुन सकेन ।
चाभेजको निधनपछि उत्तराधिकारीको खोजी सुरु भएको छ । अन्तरिम राष्ट्रपतिको पदभार उपराष्ट्रपति निकोलस माडुरो मोरोसले सम्हालेका छन् । ५० वषर्ीय मोरोस पनि चाभेजजत्तिकै नभए पनि उत्तिकै लोकपि्रय नेता हुन् । चाभेजका ँभित्री सदस्य’ उनले भेनेजुयलालाई समाजवादमा रुपान्तरण गर्ने चाभेजको सपना पूरा गरी छाड्ने प्रण गरेका छन् । उनले आगामी ३० दिनभित्र नयाँ निर्वाचन गराउने घोषणा गरिसकेका छन् र सत्तारुढ समाजवादीतर्फबाट राष्ट्रपति पदका प्रत्यासी बन्दैछन् । चाभेजको निधनपछि सत्तारुढ दलको अध्यक्ष पद पनि रिक्त हुन पुगेको छ । उपाध्यक्ष सिलिया ˆलोरेन्स अन्तरिम राष्ट्रपति मोरोसकी पत्नी हुन् । ६० वषर्ीया उनी महान्यायाधिवक्ता र चाभेजलाई सन् १९९४ मा जेलबाट छुटाउन अहम् भूमिका निभाएकी एउटी शक्तिशाली नेतृ पनि हुन् ।
- राजेन्द्र स्थापित
No comments:
Post a Comment