पाराग्वेले विश्वकप छनोट चरणको प्रतियोगितामा पाँचपटकको विश्वविजेता ब्राजिललाई २-० र डियगो म्याराडोनाद्वारा प्रशिक्षित अर्जेन्टिनी टिमलाई १-० गोलअन्तरले हरायो । र, हालै सम्पन्न १९औ विश्वकपका निम्ति दक्षिण अमेरिकी महादेशबाट छनोट हुन सफल पाँच राष्ट्रमध्येमा पर्यो । लुकास बारिओस, नेल्सन हेडो भाल्डेज, ओस्कार कार्डोजो र रोक्वे शान्ता क्रुजजस्ता कुशल खेलाडीले भरिएको पाराग्वे लिग चरणमा डिफेन्डर च्याम्पियन मात्र होइन, चारपटक विश्वविजेता बनिसकेको इटली, स्लोभाकिया र न्युजिल्यान्ड सम्मिलित समूह 'एफ'मा पर्यो । अर्जेन्टिनी प्रशिक्षक गेराडो माटिर्नीको प्रशिक्षण पाएको र डेनिस कानिजाले नेतृत्व गरेको पाराग्वेले लिग चरणमा स्लोभाकियालाई २-० ले हराउन, इटलीसँगको खेल १-१ को बराबरीमा राख्न र न्युजिल्यान्डलाई पनि ०-० मा रोक्न सफल भयो । अन्ततः पाराग्वे आफ्नो समूहमा पाँच अंक ल्याई अग्रस्थानमा रहन सफल भयो ।
नकआउट चरणमा पाराग्वे जापानसित पर्यो । जुन २९ मा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि रेप|mीले पेनाल्टी सुटआउट हान्न लगाए । पाराग्वेका पाँचैजना खेलाडी इडगर बोरेटो, लुकास बारिओस, क्रिश्चियन रिभेरोस, नेल्सन भाल्डेज र ओस्कार कार्डोजो गोल गर्न सफल भए । उता, जापानी खेलाडी यासुहितो इन्दो, माकोतो होसेबे र केइसुके होन्डा गोल गर्न सफल भए पनि योइची कोमानोले हानेको बल गोलपोस्टको क्रसबारमा ठोक्किएर बाहिर गएपछि जापान पराजित भयो । नकआउटको दोस्रो चरण प्रवेश गर्न सफल पाराग्वे स्पेनसित भिड्यो । जुलाई ३ मा भएको सो खेलको ८३औा मिनेटमा स्पेनका डेभिड भिल्लाले हानेको बल गोलमा परिणत भएपछि सेमिफाइनल पुग्ने पाराग्वेको सपना चकनाचुर भयो । र, घर र्फकन बाध्य भयो । सन् १९३० मा सम्पन्न पहिलो विश्वकप प्रतियोगितामै भाग लिन सफल पाराग्वेका लागि पछिल्लो विश्वकप सबैभन्दा बढी उपलब्धिमूलक बनेको थियो । किनभने दक्षिण अपि|mकामा सम्पन्न विश्वकपमा उसले आठौा स्थान प्राप्त गर्यो भने सन् १९९५ सम्म फिफाले तय गरेको अन्तर्राष्ट्रिय श्रेणीको एक सय तीन स्थानमा रहेको ऊ १६औा स्थानमा उक्लन सफल भयो ।
पाराग्वेमा वामपन्थी नेता फर्नान्डो लुगोको सरकार छ । राष्ट्रपति नै सरकारप्रमुख रहने संवैधानिक व्यवस्था भएको यहाँ सन् २००८ मा उनी विजयी भएका थिए । लुगोको विजयले ६१ वर्ष सरकार चलाएको दक्षिणपन्थी कोलोराडो पार्टीको बर्चश्वलाई समाप्त पारेको हो । तर, सरकारमा पुगेको दुई वर्षसम्म मुलुकको उत्तरी भेगलाई आफ्नो आधारक्षेत्र बनाउँदै आएको अर्को वामपन्थी छापामार समूह पाराग्वेली जनसेना -पिपिए अर्थात् इपिपी) माथि नियन्त्रण गर्न असफल भएपछि विपक्षीहरूले उनलाई पनि आलोचना गर्न थालिसकेका थिए- एक असफल सरकारका रूपमा । तर, यसै साता पिपिएका नेता सेभेरियानो मार्टिनेज सेनासित भएको मुठभेडमा मारिएपछि विरोधीहरूको मुखमा बुझो लागेको छ । उत्तरी भेगका गरिब गाउँले किसान भने मार्टिनेजको हत्याबाट मर्माहत बन्न पुगेका छन् । ती किसान मार्टिनेजलाई आफ्ना मुक्तिदाता ठान्थे । लुगो र उनी अगाडिका सरकारले मार्टिनेजलाई मोस्टवान्टेड सूचीमा राखेका थिए । उनीमाथि अपहरण, हिंसा र पूर्वराष्ट्रपति राउल कुबासकी छोरी सेसिलिया कुवासलाई अपहरण गरी सन् २००४ मा हत्या गरेको आरोप लगाइएको थियो । गत अपि्रलमा पिपिएका छापामारले एकजना प्रहरी अधिकृत र तीनजना खेती मजदुर मारेपछि लुगोको सरकारले उक्त संगठनलाई नष्ट गर्न 'अपरेसन पाराग्वेपी' चलाएको थियो । अभियानअन्तर्गत छापामारहरूको शिविर खोज्ने क्रममै गत साता बोलिभियासित जोडिएको चाको क्षेत्रलाई घेराउ गर्न सरकारी सेना सफल भयो । गृहमन्त्री राफेल फिलिजोलाका अनुसार, सुरुमा छापामारलाई आत्मसमर्पण गर्न सेनाले आदेश दिएको थियो, तर जवाफमा छापामारले सेनामाथि गोली चलाउन सुरु गरे । भिडन्तकै क्रममा वामपन्थी नेता मार्टिनेज मारिए । घना जंगल क्षेत्रमा छापामारहरू काठको डंगुरभित्र लुकी बसेका थिए ।
सान पेड्रो प्रान्तअन्तर्गत चुको केही दशकदेखि भूमिहीन किसान र जमिनदारबीच हिंसा फैलिँदै गएको क्षेत्र हो । त्यहाँ जमिनदारले पेसेवर गुण्डा प्रयोग गरी किसानको हत्या गर्ने गरेका थिए । त्यसो त जमिनदारले पेसेवर हत्यारालाई प्रयोग गरेर निःशस्त्र किसानको हत्या मेक्सिको, हाइटी, एल साल्भाडोर, ग्वाटेमाला, बोलिभिया र पेरुमा पनि गर्दै आइरहेका छन् । घोर दक्षिणपन्थी यी जमिनदारले मार्न लगाउने अधिकांश सर्वसाधारण वामपन्थी हुने गरेका छन् । किनभने मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला, ब्राजिल, भेनेजुयला, होन्डुरस र कोलबिया मात्र त्यस्ता मुलुक हुन्, जहाँका वामपन्थी सशस्त्र रूपमा बलिया छन् । यस क्षेत्रका प्रायः मुलुकमा अमेरिकी सहयोगमा दक्षिणपन्थीले सत्ता उल्टाउँदै आएका छन् । त्यसमाथि चुको सधैा सरकारबाट उपेक्षित क्षेत्र हो । यहाँका किसान निकै गरिब छन् । सामाजिक न्यायबाट वञ्चित छन् । इपिपीले यिनै जनताको आडमा यहाँ आफ्नो आधारइलाका बनाउन सफल भएको हो । गरिबीको बाबजुद यहाँका जनताले उक्त संगठनमा आबद्ध छापामारका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा तथा बासको व्यवस्था गर्ने गरेका छन् । सेना गाउँमा पस्दा कोही एकजना गाउँलेले आफूले इपिपीका छापामारलाई देखेको वा चिनेको भन्दैनन् । गाउँलेले पिपिएका छापामारलाई स्थानीय ग्वारानी जातिसम्बन्धी मिथकमा उल्लिखित काल्पनिक बहादुर पात्र यासी-यातेरेको रूपमा लिने गरेका छन् । उनीहरू भन्छन्- यासी-यातेरेको स्वर सुन्न सकिन्छ, तर उसलाई देख्न सकिन्न । तर, सरकार यासी-यातेरेको नयाँ रूपलाई राष्ट्रिय खतरा सम्झन्छ । यो संगठनलाई खतरनाक अपराधी समूह मान्दै संगठनका नेता तथा कार्यकर्तालाई देख्नेबित्तिकै गोली हानेर मार्ने आदेश सेना र प्रहरीलाई दिएको छ । सरकारको आदेशमा संसद्ले समेत उनीहरूको उपस्थिति रहेको क्षेत्रमा संकटकाल लगाउने आदेश जारी गरेको छ । पिपिएले पाराग्वेका जनताको पक्षमा समानता, न्यायपूर्ण समाजको वकालत तथा भ्रष्टाचार र गरिबीको विरोध गर्दै आइरहेको छ ।
पाराग्वेली जनसेना -पिपिए) अर्थात् स्पेनिस भाषामा 'इजेर्सिटो डेल पोएब्लो पारागुयो -इपिपी)' नामकरण गरिएको सो वामपन्थी छापामार समूह गठनको सुरसार सन् १९९२ मा भएको हो । सुरुमा यो समूह 'मुभिमेन्टो मोन्सेनियर रोमेरा'को नाउँले चिनिन्थ्यो । सन् १९८० मा अमेरिकी सहयोग एल साल्भाडोरमा मारिएका बिसपको नाउँबाट यसको नामकरण गरिएको थियो । समूहले स्थापनाकालमै समाजवादी आन्दोलनको लक्ष्य लिएको थियो । यो समूहले छापामार नेता चे ग्वेभारा, रेगिस डेब्रे र पाराग्वेका राष्ट्रिय नायक मार्सिकल प|mान्सिस्को सोलानो लोपेजलाई आदर्श व्यक्ति मानेको छ । यसको स्थापना चर्चका पादरी मिलेर गरिएको थियो । सन् १९६५ मा कोलम्बियामा गठित 'मेसिनगन भिरेका पादरीहरू' बाट प्रभावित थियो, यो । समूहका नेता क्यामिलो तोरेस उनै हुन्, जो यतिखेर कोलम्बियामा सक्रिय माक्र्सवादी छापामार संगठन 'राष्ट्रिय मुक्ति सेना -इएलएन)' का संस्थापक नेता थिए । उक्त समूहले सुरुदेखि नै भेनेजुयलाको सीमाक्षेत्रलाई आफ्नो आधारक्षेत्र बनाएको थियो । स्मरणीय छ, पाराग्वेका वर्तमान राष्ट्रपति लुगो पनि एक समयका उग्रवादी बिसप हुन् । उनले बिसप भएर पनि जनताको मुक्ति र भूमिसुधारको पक्षमा बुलन्त आवाज उठाउने गरेका थिए । इपिपीको नामकरण सन् २००१ मा मात्र गरिएको हो । सुरुमा यसलाई वामपन्थी 'प|mी होमल्यान्ड पार्टी'को सशस्त्र इकाइका रूपमा गठन गरिएको थियो । यतिखेर पनि यो संगठनमा महिला छापामारसमेत एक सय बढीभन्दा छापामार नभएको सरकारी अनुमान छ । सरकारले संगठनका छापामारलाई कोलम्बियाको शक्तिशाली सशस्त्र माक्र्सवादी समूह 'फार्क'ले सैन्य तालिम दिनुको साथै आवश्यक हतियार उपलब्ध गराउँदै आइरहेको आरोप लगाउने गरेको छ । पूर्वराष्ट्रपतिकी छोरी सेसिलिया कुवासको अपहरण र हत्यापछि उक्त संगठन एकाएक चर्चामा आएको हो । संगठनको व्यापारी फिडेल जाभालाको पनि अपहरण गरेको थियो, तर पछि पाँच लाख ५० हजार डलर लिएर उनलाई रिहा गर्यो । यसपछि सो संगठनले गाउँको सैनिक पोस्टमा आक्रमण गर्न र हतियार लुट्न थालेपछि सरकारले यिनीहरूबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने घोषणा गर्यो । संगठनले ब्राजिलको सीमाक्षेत्रमा पनि सक्रियता बढाएको छ । कोन्सेपसियन र अमामबेमा घटेको हिंसात्मक घटनामा संगठनको संलग्नता रहेको जेल जीवन बिताइरहेकी कार्मेन भिलाल्बाले पुष्टि गरिसकेकी छन् । कार्मेनमाथि सरकारले तानाशाह अल्प|mेडो स्तोरेस्नर -सन् १९५४-१९८९) कालका अर्थमन्त्री इन्जो डेबेर्नार्डीकी बुहारी मारिया इदिथ बोर्डोनको अपहरणकाण्डमा संलग्नताको पुष्टि भएपछि १८ वर्षको कैद सुनाएको थियो । मारियाले आफूलाई माक्र्सवादी-लेनिनवादी संगठन पिपिए उर्फ इपिपीको प्रवक्ता बताउँदै आएकी छन् ।
सन् १८११ मा स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको पाराग्वेका वर्तमान राष्ट्रपति लुगो आठवटा वामपन्थी संगठनको साझा मोर्चा 'परिवर्तनको निम्ति देशभक्तहरूको गठबन्धन'का नेता हुन् । सन् २००८ मा गठित यो गठबन्धनले आफ्नो मार्गदर्शक सिद्धान्त सामाजिक जनवाद, सामाजिक उदारवाद र समाजवादलाई मानेको छ । त्यसो त त्यहाँ सन् १९२८ मा गठित कम्युनिस्ट पार्टीको पनि अस्तित्व छ । पार्टीको वर्तमान महासचिव नाजिब अमाडो हुन् । उक्त पार्टीले सन् २००८ को निर्वाचनमा लुगोको उम्मेदवारीलाई समर्थन गरेको थियो । त्यस्तै, सन् १९६७ मा गठित कम्युनिस्ट पार्टी -माले) पनि छ, त्यहाँ । माओवादलाई मान्ने यिनीहरू यहाँ सीमित संख्यामा छ । सन् १९८० को दशकमा सरकारले चलाएको दमनपछि यिनीहरू करिब-करिब नामेटको स्थितिमा पुगेका थिए ।
No comments:
Post a Comment