Thursday, April 11, 2013

दोस्रो रामराजाको दैलोमा सरस्वतीको बास

सत्तेगुरु सैली जस्तै यौवानाबस्थाकी सरस्वती लिम्बु जनयुद्धकालमा माओबादी कार्यकर्ता थिइन् | ताप्लेजुंग घर भएकी उनि माओबादीबाट वाक्क भएर गोपाल गुरुङ्ग्को 'मंगोल नेशनल अर्गनाइजेशन (एम.एन.ओ)' तिर लागिन | बिस्तारै उनको दिन चर्या एम.एन.ओमा बित्न थाल्यो| मुटुकी बिमारी आफ्नी आमालाई उपचार गराइरहेकी सरस्वतीले एम.एन.ओको नेता गोपाल गुरुङबारे सुनेकी मात्रै थिइन्, प्रतक्ष्य भेटेकी थिइनन् |  गतवर्ष जनजातिको नाममा राज्यले छात्रवृत्ति बाड्ने नीतिको बिरोध गर्दै एमएनओको बिधार्थी संगठनले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने तय गर्यो र त्यसबारे छलफल गर्न सरस्वती सहितको टोलि ललितपुर बागडोल स्थित गुरुङ निवास पुग्यो | सरस्वतीले गोपाल गुरुङलाइ पहिलो चोटी तेही देखेको हुन् |
सुनसान घरमा ७० काटेको बुढो मान्छे बुढो जसरि सुतेको थियो, अन्य सदर्स्य कोहि पनि नभएको| बोल्न पनि राम्रो संग नसक्ने, पनि तताएर दिने सम्म कोहि थिएनन | राज्यले हेपेको एउटा बुढो नागरिक हतासमा एबं विकल्प बिहिन भएर काल पर्खी रहेको थियो | राज्यले हेरेन के भन्नु आफ्नै कार्यकर्ताले देखेनन् उसको दुखलाई | बागडोल स्थित निजि निवासमा गोपाल गुरुङको यस्तो हालत देखेपछी सरस्वती द्रविभूत भईन | 
'केमेस्ट्री' मिलेको भनेकै यहि त होला , गोपालले सरस्वतीको भावभंगीमा केहि कुरा भेटे जस्तै अनुभूति गरे | दुबैको मनले टावर टिप्यो | उनले सरस्वतीलाई आफ्नो फोन नम्बर डायरीमा लेखिदियर जान भने | तेस्को केहिदिन पछी सरस्वतीलाई फोन गरेर घरमा बोलाए , सरस्वती हस्यांग गर्दै पुगिन | गोपालले आफ्नी कार्य कर्तालाई डराउदै-डराउँदै प्रस्ताब राखे, 'तपाइँले केहि महिना मेरो सहयोगीका रुपमा काम गरिदिन सक्नु हुन्छ ?' एकातिर आफ्नी आमाको निरन्तर रेज्ज्ग्देज्ग गर्नु पर्ने अर्को तिर, आफुले आफ्नो आदर्श मानेको नेताको सहयोगी हुनुपर्ने | सरस्वतीले ठानिन आफ्ना पार्टीको नेता गोपाल गुरुङलाइ | त्यस पछी लागिन एमएनओका अध्यक्ष्य गोपाल गुरुङको स्याहारमा | सायद यस्तै मानबिय संबेदनाले मान्छेलाई नाइटिन्गेल्, हेनरी वा मदर टेरेसा बनाएको होला | त्यसदिन देखि सरस्वती एकाएक फ्लोरेन्स नाइटिन्गेल् जस्तै बनिन | 
सरस्वतीले स्याहार गर्न थाले पनि गुरुङको अवस्था तत्काल सुधार आएन | बोलि समेत बिस्तारै बन्द हुन थाल्यो | कान पटक्कै सुन्न छाडे | पुराना 'प्रेसक्रिप्सन'का कागजपत्र खोज्दैजादा उनलाई मुटुदेखी दिमाग सम्मका विभिन्न रोगले च्यापेको र नियमित खानु पर्ने औसधि समेत तिन महिना सम्म नखाएको पत्तो लाग्यो | राजनीति कति सम्म निर्मम, निर्दयी र अमानविय हुदो रहेछ ! मनु र चानाक्यले सायदै गलत भनेका रहेछन | बिरामी भएर बोल्न नसक्ने अवस्थामा पुगेका बेला कृष्ण तामांग लगाएत कार्यकर्ताले त्यहीबेला गोपाल गुरुङको पार्टीबाट विद्रोहको घोसणा गरे | 'एउटा मान्छेको मायाँले कति फरक पार्छ 'जिन्दगि'मा भने जस्तै सरस्वतीको समर्पण र सेवाभाबले वियोगान्त कथा बिस्तारै चरण प्रवेश गर्न थाल्यो | बाग्दोल्को त्यो 'आदिबासी' विद्रोहीको निबासमा गमलामा सुकेको फुल बिस्तारै पानि भेट्न थाल्यो | कान नसुने पनि गुरुङ बिस्तारै बोल्न सक्ने भए डोकोमा बोकेर गोर्खा सम्म पुगे | यतिबेला ललितपुर छाडेर झापामा आराम गरिरहेका छन् | सरस्वतीले उनको रेखदेख गर्न छाडेकी छैनन् | न कुनै नाना न स्वार्थ, यस्तो बेला पुर्बकी एउटा युवतीको छातीमा भगवानको भन्दा ठुलो नभैदिएको भए गुरुङको मृतुको खबर राज्यले त के, कौवाले पनि सुन्ने थिएन | 

को हुन् गोपाल गुरुङ ?
बि.सं १९९७ मा दार्जिलिंगमा जन्मेका गुरुङ रामराजा प्रसाद सिंह जस्तै पुराना गनातात्रबादी नेता हुन्, भलाई उनले बम पद्काएनन्, तर 'नेपाली राजनीतिमा अदेखा संचाई' नामक एउटा सानो पुस्तक लेखेकै भरमा काठमान्डौमा दुइ वर्ष थुनिए| पश्चिम बंगालबाट ०१६ सालमा म्यत्रिक पास गरेका गुरुङ त्यस पछी नेपाल पसेका हुन | उनले झापा,इलाम,धारान र आफ्नो पुर्ख्यौली थलो म्याग्दीमा शिक्षण पेशामा सहभागी हुनुका साथै बिद्यालय स्थापनामा पनि भूमिका खेले| ०२४ सालमा त्रिविबाट आइए उत्रिन गरेका उनले काठमाडौमा न्यु लाइट साप्ताहिक चलाए | ठण्डर बोल्ड नामको पत्रिका पनि चलाए पदमा सुन्दर लावती सूचनामन्त्री हुँदा सुचना विभागको बिज्ञापनबाट बन्चित गरेको गुनासो गर्ने गुरुङले त्रिविबाट राजनीतिशास्त्रमा एमए गरेका छन् | उनि तिनै ओटा भाषाबाट परर बोल्न र लेखना सक्ने ब्याक्ति हुन्| ससुराली लमजुङ्ग हो | हाल अस्ट्रेलिया रहेका एक मात्र छोराले दिल्लिबाजारकि निता श्रेष्ठसंग अन्तरजातीय बिबाह गरेका छन् |
 'दुबैको मनले टावर टिप्यो |
 उनले नम्बर डायरीमा लेखि दियर जान  भने | 
बाग्डोलको   त्यो 'आदिबासी'
विद्रोहीको निवासमा गमलामा
सुकेको फुलले बिस्तारै पानी
भेट्न थाल्यो |'
पंचायतकालमा गुरुंगले नेपाली नागरिकता पाएनन| तत्कालिन राजा महेन्द्र झापाको  गौरिगंज पुगेका बेला पंचहरु सित झगडा गर्दै महेन्द्र सित भेट गरेर भने, 'मेरा हजुरबुबा म्याग्दीमा जन्मनु भएको हो , गोर्खा राज्य विस्तारका क्रममा हाम्रो परिवार टिस्टा पारि पुग्यो, आज मैले आफ्नो देशको नागरिकता किन नपाउने?'यस्तो सुने पछी महेन्द्रको आदेशमा उनले नागरिकता पाएका हुन् | त्यस बेला गुरुङ झापा गौरिगंज हाइस्कुल पढाउथे | महेन्द्रले लैनसिंह बांदेल लगाएत दार्जिलिंगे नेपालीलाई स-समान भित्राउने र नागरिकता दिने नीति ल्याएका थिए|
दार्जिलिंग्बाता नेपाल आएका नेपालीभाषीहरु साहित्य र कला क्षेत्रमा  लागे   पनि गुरुङ चाहि  निर्मल  लामा  जस्तै राजा बिरोधि  राजनीतिमा लागे, जसले गर्दा कुकुरले नपाको दुक्ख पाउनुपर्यो |  
उनले राजासंगको भेट नेपाललाइ हिन्दु रास्ट्र हिन्दु रास्ट्र बनाइएकोमा बिरोध गरे | हिन्दु रास्ट्रको बिरोध गर्ने क्रममा जेल जानु परेको 'नेपाली राजनीतिमा अदेखा संचाई' नामक प्रतिबन्धित पुस्तकमा उनले क्षेत्री-बाहुनलाई चर्को गालि गरेका छन् | साम्प्रदायिक सदभाब भड्काएको आरोपमा उनि जेल बसेका हुन् | यो आरोपमा जेल पर्ने सायद उनि पहिलो नेपाली हुन् | ०४५ साल साउन १ गते पक्राउ परेका गुरुङ ०४६ साल चैत्र ११ गते छुटेका थिए |
०४७ सालमा नया संबिधान जारि भए पछी गुरुंगले त्यसलाइ दरबारिया, कांग्रेस, एमाले र बाहुन-क्षेत्रीको साझा दस्ताबेज बताएर बिरोध गरे | संबिधान जलाउँदा उनका कार्यकर्ता पक्राउ पनि परे | ०५२ साल मंगसिर २९ मा उनले राजा बीरेन्द्रलाई रास्ट्रपति भएर बस्न, नेपाललाई धर्म निरपेक्ष घोसणा गर्न प्रान्तीय सरकार दिन माग गरे | यतिबेला रामराजालाइ पहिलो प्रथम गनातान्त्राबादी भनी पनि संघिएता र धर्म निर्पेक्ष्यता सहितको संघीय गणतन्त्रको माग गर्ने प्रथम गणतन्त्रबादी चाहि यिनै गोपाल गुरुङ हुन्|  रामराज गणतन्त्र, संघियता र गणतन्त्रमा प्रस्ट थिएनन | हक्की स्वभावका गुरुङले ०५८साल श्राउन १२ गते ज्ञानेन्द्रलाई आजिबन रास्ट्रपति भएर बस्न र धर्म निरपेक्ष रास्ट्र घोसणा गर्न आग्रह गर्दा आफ्नै निबासबाट पक्राउ पर्नु परेको थियो | रामराजालाई जस्तै उनलाई पनि राजाले बोलाएर मन्त्रि खाने आश्वासन दिएका थिए |
०४६ सालपछि सेतामगुराली (शेर्पा,तामांग, मंगर, गुरुङ, राइ, लिम्बु )को उग्र जातिवादी नारा घंकिनुमा गोपाल गुरुंङको हात रहेको बताइने गरेको छ | यो नारासंगै गोरेबहादुर खपांगी, एमएस थापा मगर र गोपाल किरातीहरुको उदय भयो | यहि जगमा जनमुक्ति पार्टी पनि जन्मियो | खपांगी र गोपाल  किराँती बेला बेलामा बागडोल धाइ रहन्थे | निर्बाचन आयोगले साम्प्रदायिक भएको भन्दै ०४७ सालमा एमएनओलाइ चुनाब लड्न दिएन | तर, ०६२/६३ को जनआन्दोलन पछी एमएनओ निर्बाचन आयोगमा ४९औं पार्टीका रुपमा दर्ता छ | यो पार्टीले संबिधान सभा चुनाबमा देश भरिबाट ६ हजार ३ सय ३९ मत ल्यायको थियो | जबकी रामराजाको नवजनबादी मोर्चाले भने जम्मा ९ सय ९२ मत पाएको थियो|
तराइका सशस्त्र समुहले नेता बनिदिन आग्रह गर्दा रामराजाप्रसाद सिंहले जसरि मानेनन् , त्यसै गरि गोपाल गुरुङ यतिबेला जनजातीय आधारमा राज्य बनाउने कुराको बिरोधमा छन् | लिम्बुवान, किरांत, मगरात, ताम्सालिंङ मात्रै होइन आफ्नै जातको तमुवान राज्यको पनि बिपक्ष्यमा छन् उनि | बाहुनको बिरोधमा पुस्तक लेखेर जेल पर्ने गुरुङ यतिबेला जातका आधारमा राज्य बनाउँदा अन्य जातमाथी न्याय नहुने बताई रहेका छन् | अर खोला नाला एबम भुगोकाका आधारमा संघिय राज्या बनाउनु पर्छ भनिरहेका छन् | गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको पक्ष्यमा पंचायत काल देखि नै अडान राख्दै आएका बझाए पनि उनि 'जनाजातिबाद' भन्दा माथि उठेका छन् | जसरि  उनले संघियता, धर्मनिरपेक्षता र गणतन्त्रमा आफुलाई 'दुरद्रष्टा' पर्मानित गरे, त्यसै गरि अहिले भनि रहेका छन्, 'जातीय आधारमा राज्य बनायो भने जात-जातिबीच मारामार हुन् सक्छ, त्यसैले जातीय आधारमा राज्य बनाउने हुन्न, जातिबाद भनेको हिन्दुबाद हो |'
गोपाल गुरुङ बगेको 'बिपरित धार' यति बेला 'मुलधार' भै सकेको छ, हिजोका राजाबादीहरु गणतन्त्रबादी, संघियाताबदी र धर्मनिरपेक्षताबादी भैसकेका छन् | तर, गोपाल अझैसम्म परित्यक्त छन् | सायद रामराजा मधेसी र माओबादी समर्पित भएकाले मरेपछि रास्ट्रको गौरब ठहरिए, तर गुरुङ अझै 'एन्टी करेन्ट' नै छन् | उनि माओबादीको आलोचना गरिरहेका छन् | सिंगो  देश माओबादी र मधेसीको हातमा छ,सडक जनजातिको कब्जामा छ, कसले मान्ने गोपाल गुरुंगलाई ?
गुरुङ जस्तो गणतन्त्रबादी एबम शिक्षाप्रेमीलाई राज्यले अझै चिनेन | उनि बिरामी हुनकी मरुन् कसैलाई मत्लप छैन | महेन्द्र र बिरेन्द्रले भनेको मानेको भए उहिल्यै मन्त्रि हुने थिए | उनीबाटै दीक्षित गोरे बहादुर, एमएस थापा र गोपाल खम्बुहरु पाली पालो मन्त्रि बने | तर, गुरुङ बिरामी हुँदा उनीहरुले सोधेनन्| गणतन्त्रबादी गुरुङ नेपालले आफ्नो सयौं थुंगा फुल्मद्य एउटा थुन्गो ठानिदिन्दा के बिग्रिन्थ्यो ? सायद यतिबेला फ्लोरेन्स नाइटिन्गेलले पनि यहि सोचिरहेको हुनुपर्छ | गुरुङले चाहि ठिकै भनेका रहेछन ,'जिबन भर एन्टीकरेन्ट भएर बाँच्नु सार्ह्रै कठिन हुन्छ भाइ |'

No comments:

Post a Comment