अझै किन तामाङहरु तामाङ भनेर लेख्न डराउँछ । एक पटक ईतिहास तिर फर्केर हेर्ने हो कि ?
अर्को कुरा किन तामाङहरु अझै पनि बाहुनहरुको झोले र भरिया बनिरहेका छन्, । नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा माओबादी बन्नु भनेको बाहुनहरुको झोले बन्नु होईन र ?
ईतिहासमा यस्तो पनि दिन थियो कि तामाङले तामाङ भनेर पनि लेख्न पाउँदैन थियो । तामाङ भनेर कसरी लेख्न पायो त ? पुरा लेख हेर्न यहाँ क्लिक गर्नु होला ?
हरुवाहरुको ईतिहास लेखिएको नै कहाँ छ र ? आफ्नो समुदायको ईतिहास लेख्नेहो भन्ने हरेक युद्धा जित्नै पर्छ ।
आफ्नो समुदायको जिउँदो ईतिहास लेख्नको निम्ती उठ् -
मूलबासी मंगोल समुदाय हो - आफ्नो जिउँदो ईतिहास लेख्नको निम्ती उठ - सधै पशु जस्तो बनेर नसुत ?
आदरणिय दाज्यु भाई, दिदी बहिनिहरु मृत्यु भन्ने कुरा हामी जन्मे देखिनै हाम्रो अघी पछि हिडिरहेको हुन्छ, यसैले मृत्यु देखी नडराउ । अस्तित्वबिहिन बाँच्नु भनेको पनि मर्नु सरहनै हो। हामी यस समय मृत्युको बचाँई बाँचीरहेका छौ ।
बुझ्नै पर्ने कुरा
पिपा गोश्वारा हली-गोठाला भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरुसँग आत्मसमर्पण गरी तिनीहरुलाई सहयोग गरेको इतिहास छैन । वर्तमान समयमा तामाङ समुदायका हजारौँ युवा-युवतीहरु आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिँदै सामन्ती हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्री शासकहरुको हातमा पुगेको आफ्नो शासनसत्ता र भूमि खोस्नका लागि एकबद्ध भएर विद्रोहको उदघोष गरिरहेका छन् र सामन्ती बाहुनवादी राज्यसत्ताका विरुद्र धावा बोलिरहेका छन् । जसका कारण बाहुनवादी सामन्ती राज्यसत्ताको अवस्था आईसीयुमा राखेको र मृत्युशैयामा छटपटाई रहेको बिरामीको जस्तो भएको छ भने हिमाल, पहाड, तराई सबैतिर बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध नाराहरु गुंजना थालेको छ ।
राजनीतिक चेतना नभएको मान्छे सिङ र पुच्छर नभएको पशु जस्तै हो । यो एक्काईसौं शताब्दिमा पनि हामी बिदेशी आक्रमणकारी बाहुनहरुको हनुमान, गोठाला, खेतला, हरुवा, चरुवा भएर बाँचीरहेका छौ ।
सरदार बहादुर जंगवीर तामाङले आफूहरू पहिले देखि नै तामाङ भनेर चिनिने कुरा 'हामी बाह्र तामाङ' भन्ने दाबीका साथ बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङ नै लेख्न पाउ भनि तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए।
उनको यो निवेदनको सुनुवाइ स्वरूप वि.स. १९८९ भाद्र ६ का दिन तामाङलाई 'लामाभोटे' नभनि 'तामाङ' नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भए । बहादुर जंगबीरले 'हामी बाह्र तामाङलाई' तामाङ भन्नु भनी दाबी गर्नुले शासकहरूले 'लामाभोटे' भनेर संबोधन गर्ने गरे ता पनि आफू भित्र पहिले देखि नै समुदाय वाचक नाम 'तामाङ' राष्ट्र र राष्ट्रीयताको पहिचान थियो भन्ने कुराको यस तथ्यले पुष्टि गर्छ । तामाङ शब्दले ठूलो जनसंख्या भएको अर्थात् एउटै भाषा, धर्म, संस्कृति भएको जनसमुदाय भन्ने बुझाउँछ । तामाङ समुदायको ता ले महान, ठूलो, वृहत्, विशाल आदि अर्थ बुझाउँछ भने 'माङ' शब्दले पनि धैरै संख्या भएको जनसमुदाय भन्ने अर्थ बुझाउँछ त्यसकारण तामाङ शब्दले केन्द्रकृत संघिय विशाल र महान गणराज्य अर्थात् विशाल तामाङ राष्ट्र र राष्ट्रीयताको पनि संकेत गर्दछ ।
नेपालमा बाहुनबादी शसकहरुको डर त्रासले अहिले पनि धेरै बाहुनबादी तामाङहरु आफुलाई तामाङ नभनी आफ्नो थर बाट मात्र चिनाउने गर्छ । यस्ता तामाङ्हरुलाई अब तामाङ समुदायले बहिस्कार गर्नु पर्छ । www.samabad.com
नेपालमा बाहुनबादी शसकहरुको डर त्रासले अहिले पनि धेरै बाहुनबादी तामाङहरु आफुलाई तामाङ नभनी आफ्नो थर बाट मात्र चिनाउने गर्छ । यस्ता तामाङ्हरुलाई अब तामाङ समुदायले बहिस्कार गर्नु पर्छ । www.samabad.com
No comments:
Post a Comment