Friday, March 15, 2013

मुक्तीदातI माओवादी छापामार चेलीहरु


आज अन्तराष्ट्रिय नारी दिवस । म माओवादी छापामार चेलीहरुलाई सम्झन्छु । मुलुकको लागि महिलाहरुको यति ठूलो वलिदान इतिहास संसारमा कतै छैन । नत पछि हुन्छ । उनीहरुको वलिदान देख्दा म आफैले केही गर्न नसकेको आत्मा ग्लानीसमेत हुन्छ । यि महान चेहीहरु विरुद्ध वोल्ने कांग्रेस एमाले नेताहरुको मुखमा गोवर कोच्नु पर्ने हो ।

.......सैन्य दलमा ४० प्रतिशत भन्दा धेरै संख्या संसारको इतिहासमा कमै होलान् । पृतिसतात्मक संस्कारमा हुर्केका हाम्रा चेलीहरुले ९५ हजार साही सेना, सशस्त्र, प्रहरी गरी जम्मा २ लाख सुरक्षा फौजलाई निकाम्मा वनाए । रोल्पाको लिवाङ, दाङको घोराही, सोलुको सल्लेरी, आछामको साँफेबगर, कालिकोटको पिली भोजपुरजस्ता दर्जनौ जिल्ला सदरमुकाम एकपछि अर्को हाम्रा चेलीहरुको साहसकै कारण सजिलै कब्जामा लिए ।

..........सात आठ महिनाकी गर्भेणीहरुसमेतले युद्ध मोर्चा सम्हालेका थिए । संगसंगै लड्दा आप्mनै श्रीमान आप्mनै अगाडी दुश्मनको गोली लागेर मरेपनि केही चलीहरुले दुश्मनसंग लडीरहे । चारपाँच महिनाको वच्चा काखमा च्यापेर ज्ञानेन्द्र, गिराजाका विरुद्ध लड्ने महान चेलीहरु । पूरै परिवार सेनाले मारेपनि पीडाको प्रवाह नगरी निरन्तर लडीरहने महान नेपाली चेलीहरु । भोक, विमार, रजस्वला अनेक कठीनाईका बावजुद नेपालीहरुको मुक्तीका लड्ने मुक्तीदात नेपाली चेलीहरु । तपाईहरुको साहश, विरता, वलिदान, त्यागले ल्याएको गणतन्त्र केपी ओली, विद्या भण्डारी, गगन थापा, कमल थापा, कनक दिक्षित, रामचन्द्र पौड्याल, चित्र केसीजस्ता गुण्डाहरुको हातमा जानै लागेको छ । केही चारपाँच लाख पैसा र केहीलाई हल्दार प्युँठको दर्जा भिराई तपाईहरुको वलिदानको सौदा गरिदैछ । यि महान चेलीहरुले वास्तविक मुक्तिका निमिक्त प्रचण्ड बावुराम विरुद्ध फेरी हतियार उठाउन नपरोस् ।

No comments:

Post a Comment