यो मूलवासी भन्ने शब्दको प्रयोग आजभन्दा ३३ वर्ष अगाडि भारतको मूलवासीहरुले नेत्रित्व गरेका बाहुन बिरोधि संगठन वामसेफले गरेको हो । भारतीय दलितहरु अझै आफुलाइ मूलवासी भन्दछन बाहुनहरुलाई आप्रवासी भन्दछन । त्यो बामसेफ भन्ने संगठनमा गोपाल गुरुङ पनि कृष्ण बहादुर तमाङकै कारण जानेआऊने गर्दथे । विगत १ वर्ष अगाडिमात्र कोलकतामा बामसेफले ठूलो अन्तरराष्ट्रिय मूलवासी सम्मेलन गरेको थियो र त्यस सम्मेलनमा जनमुक्ति पार्टीका गोरेबहादुर खपाङ्गी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रेसिडेन्ट कमल छाराहाङ र MNO प्रेसिडेन्ट गोपाल गुरुङलाई अतिथी बोलाइएको थियो । त्यसमा छाराहाङजी र खपाङ्गीजी जानुभयो गुरुङजी जानुभएन । छाराहाङजी र खपाङ्गीजी गएकै कारण गुरुङ्ले आफ्नो प्रतिनिधी समेत पठाउनु भएन । त्यही बामसेफको सहयोग र समर्थनमा गोपाल गुरुङजीले नेपालमा बाहुन विरोधी आन्दोलन चलाऊनु भएको थियो ।तर अहिले गोपालजीसँग बामसेफको सम्बन्ध बिग्रिएको छ र बामसेफले MNO का पूर्व महासचिव किरण एक्तिनलाई MDP पार्टी वा मङ्गोल डेमोक्रेटिक पार्टी खोल्न लगाएर पूरा समर्थन गरेकोछ ।
नारा त्यही मूलवासी छ । कृष्ण बहादुर तमाङ लगायत प्रय: सबै युवाहरु त्यही पार्टीमा छन । त्यसैले म भन्छु MDP र MNO एउटै सिक्काका दुई पाटा हुन । एक-आपसमा स्वस्थ आलोचना गर्दै तपाईंहरु तालमेल मिलाएर जानुहोस ठूलो शक्ति बन्छ । एक-आपसमा भिडन्त गर्नुभयो भने स्थिति नाजूक हुन्छ । कुरा रह्यो हाम्रो, हामी पूर्णरुपमा लोकतान्त्रिक अभ्यासमार्फत राजनीति गर्दछौ र उत्पीडित जाति, वर्ग र समुदायहरुको अधिकार वहाँलिको पक्षमा संघर्ष गर्नेछौ । सबैको साझा दुस्मन एउटै भएकोले कुनैबेला तालमेल मिलाएर जानुपर्ने पनि हुन्छ । आज काठमाण्डुमा मङ्गोल डेमोक्रेटिक पार्टी लगायत आदिबासी समुदायले नेतृत्व गरेको सात वटा राजनीतिक संगाठनले मोर्चाबन्दी गरेर अघी बढ्ने निर्णय गरी सकेको छ । आदिवासी नै मूलवासी होनेपालका बाटुक बाहुनहरु आजकल आफूलाई नेपालको आदिवासी बनाइनुपर्छ भनि दावीगरिरहेको बेला केही मङ्गोल नश्लका मानिसहरुले नेत्रित्व गरेको राजनीतिक पार्टीहरु आफूलाई मूलवासी र बाहुनहरुलाई आदिवासी हुन भनि जिकिर गरिरहेका छन ।यस समय कार्यकर्ताबिहिन पार्टी बन्दै गईरहेको मंगोल नेसनल अर्गनाइजेसन र हजारौ युवा-युवातिहरुको सहभागिता रहेको मंगोल डेमोक्रेटिक पार्टीहरु 'आदि' शब्दलाई अपुरो भन्ने अर्थमा व्याख्या गरिरहेका छन । तर त्यस्तो होइन । आदि भनेको सुरु हो अथवा अङ्ग्रेजीमा origin भन्ने गरिन्छ । जसले मानवशास्त्रीय तथा समाजशास्त्रीय अर्थमा कुनै थातथलोमा सबैभन्दा पहिला ढालफाँड गरी बसोबास गर्ने मानव जातिलाई आदिवासी Indigenous भन्ने नामाकरण गरियो । नेपालको सन्दर्भमा कुनै थातथलोमा सुरुदेखी नै निश्चीत ईलाकामा बसोबास गर्दैआएका त्यो ईलाकाबाहेक अन्य कुनै स्थानमा उनीहरुको पुर्ख्यौली थातथलोको पहिचान नखुलेका आदि जातिहरुलाई आदिवासी वा Indigenous भन्ने गरिएको छ ।भिन्नभिन्न देशहरुले आ-आफ्नै विषेशता अनुसार आदिवासीको नामाकरण गर्ने गरेका देखिन्छ । जसअनुसार Indigenous origin, ab-origin, tribes आदि भन्ने गरिन्छ । यो भाषालाई बसाइको ईतिहास र संख्याको गणितसँग तुलना गरेर हेरिनु गलत हुनेछ । केही राजनीतिज्ञहरुले यही भाषालाई कुनै कुनै ठाउँमा मूलवासी भनेर संवोधन गरेको पनि पाईन्छ । त्यसरी नै नेपालमा विगत दुइदशकदेखि मुलवासी भन्ने शब्द राजनीतिक व्रितमा प्रयोग गर्न थालिएको हो । मूलवासी शब्दले आदिवासीको अनर्थ पैदा गर्दैन बरु यसले पर्यायवाची अर्थ लाग्छ । मूलवासी भनेको एतिहासिक भन्दा पनि यसले गणितीय अर्थ लाग्दछ । संख्यामा ठूलो वा धेरै भन्ने अर्थमा मूल भन्ने लाग्दछ भने अर्को भाषामा अधिकारको हैसियतले दावेदार हुनसक्ने भन्ने अर्थमा पनि लिन सकिन्छ । त्यसकारण आदिवासी नै मूलवासी हो भन्दा कुनै फरक पर्दैन । यी माथिका कुनै पनि भाषासैलीहरुसँग नेपालको आदिम थातथलोमा बाहुनहरुको पहिचान नभएकोले गर्दा उनीहरु न त आदिवासी नै हुन न त मूलवासी नै हुन । त्यसकारण नेपालमा बसोबास गर्ने निश्चित थलोमा पहिचान ईतिहास खुलेका मंगोल नश्लका जातिहरु आदिवासीका साथै मूलवासी पनि हुन यसमा कसैले भ्रम नपाले बेस हुनेछ ।
राष्ट्रिय मुक्ति आन्दोलन र यसका चुनौतिहरुमुलुक अहिले चरम् राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ । सत्ताधारी ठूला राजनीतिक दलहरु हिन्दूअतिवादलाई संविधानमार्फत संस्थागत गरी संरक्षण प्रदान नगरि नहुने परिस्थितिमा उल्झन पुगेका छन । देशी विदेशी हिन्दूअतिवादीहरु नेपालको राष्ट्रिय राजनीतिलाइ आफ्नो कुप्रभावमा पार्न सफल भएका छन । एमाले, कांग्रेस र माओवादी लगभग हिन्दूअतिवादीहरुले नै नेत्रित्व गरेको पार्टी भएकोले यिनिहरुको आकांक्षाबाट बन्ने नेपालको संविधान गैरहिन्दू आम आदिवासी, मूलवासी, मधेसी, महिला, दलित, मुस्लिम लगायतका उत्पीडित जाति, वर्ग र समुदायहरुको हक, हित र अधिकार पूर्णप्रत्याभूति हुनेगरि बन्नसक्ने स्थिति विल्कुल छैन । यस अवस्थामा आदिवासी / मूलवासी तथा गैरहिन्दू समुदायहरुले नेत्रित्व गरेका राजनीतिक पार्टी र संगठनहरु राष्ट्रिय मुक्ति आन्दोलनलाइ कसरी प्रिष्ठपोसण गर्दैछन भन्ने बिषयमा गहिरिएर अध्ययन गर्न जरुरी छ । तराइ/मधेसमा कृयाशील मधेसी जनअधिकार फोरम, नेपाल सदभावना पार्टी लगायत केही झिनामसिना पार्टीहरु उत्पीडित जाति, वर्ग र समुदायहरुको पार्टी भएता पनि धार्मिक आस्थाको दृष्टिकोणले तिनिहरु हिन्दू धर्मावलम्बि नै हुन । ती बाहेक पहाडीय मूलका आदिवासी, मूलवासीहरुले संचालन गरेका दर्जनौ पार्टीहरु प्राय: सबै गैरहिन्दू समुदायले नेत्रित्व गरेका छन ।आफ्नो धार्मिक एजेन्डालाई नेपालका ठूला दल र मधेसी दलहरुमार्फत संविधानमा सुनिश्चित गर्नका लागि हिन्दूअतिवादीहरुलाई त्यति जोडतोडकासाथ मिहिनत गर्नुपर्ने स्थिति नभएकोले अहिले आदिवासी, मूलवासी लगायतका समुदायहरुले नेत्रित्व गरेका स-साना दलहरुमा उनीहरुको ध्यान केन्द्रित भएको छ । त्यसका लागि राजनैतिक शक्ति अभ्यासमा केही सम्भाव्यता देखिएका साना दलहरुलाई निस्तेज र समाप्त गर्नका लागि हिन्दूअतिवादीहरुले विभिन्न हत्कण्डाहरु अवलम्बन गरेका छन । ती हत्कण्डाहरुमध्ये अहिले आर्थिक प्रलोभन देखाएर आदिवासी मूलवासी नेता तथा कार्यकर्ताहरुलाई खरिद गरी विभिन्न बहानामा उनीहरुको पार्टी विभाजन गर्न लगाउने खेलमा हिन्दूअतिवादीहरु लागिपरेका छन । उत्पीडन र पीडाबाट उन्मुक्ती पाउनका लागि आफ्नै मुद्दाको राजनीतिमा लागेका केही लोभी र लालची मानिसहरु हिन्दूअतिवादीहरुको प्रलोभनमा फसेर आफ्नो राष्ट्रिय मुक्तिको मुद्दालाई ब्रिहत एकताको नाममा विसर्जन गर्दै चलायमान पार्टीको अस्तित्व समाप्त गर्न लागिरहेको घट्नाक्रमहरु चाँडै सार्वजनिक हुनेछ । यस अवस्थामा सबै आदिवासी मूलवासीहरु सजग र सचेत भै आन्तरिक प्रतिगमनलाई समाप्त गर्नका लागि तत्पर हुनुपर्ने समय आएको छ । राजतन्त्रको अन्त्यपश्चात नेपाली राजनीतिको मियो बन्नपुगेका गिरीजा प्रसादको अवशानपछि अहिलेसम्म कुनै नेता मियो बन्न नसकेकोले नेपालको राजनीति मियोविनाको दायीं जस्तै भएकोछ । एमालेका झलनाथ खनाल र नेपाली कांग्रेसका सुशील कोइरालाको व्यक्तित्व मियो बन्न अयोग्य भएकोले उनीहरु प्रचन्डलाई मियो बनाएर बाहुनवादी साम्राज्य कायम गर्न चाहन्छन । प्रचण्ड ती तीनदलका नेताहरुमध्ये आफूनै मियो बन्न योग्य ठान्छन तर ओढिराखेको माओवादी खोल खुस्कनेवित्तिकै आफ्नो पार्टीमा भएका सबै आदिवासीहरुले विद्रोह गरेर अर्कै पार्टीमा जालान भन्ने डरले आफ्नो बाहुनत्वलाई लुकाएर भए पनि छद्मभेषि क्रान्तिकारीता प्रदर्शन गर्दै छन । नेपाली मिडियाहरु पनि अप्रत्यक्षरुपमा प्रचन्डलाई हिरो बनाएर उनलाई नै नेपालको मियो बनाउने खेलमा लागेका छन । सर्वहारा वर्गको मुक्तिको सिद्दान्तमा अडिग रहिरहेका मोहन वैद्य 'किरण' भने कुनै पनि हालतमा प्रचण्डलाई बुर्जुवा राजनीतिको मियो बन्न दिने मनस्थितिमा छैनन । तर, प्रचन्ड भने राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थितिको प्रतिकुल कारण देखाएर घुमाउरो भाषामा नेपाली राजनीतिको मियो वा राजनेता बन्ने लोभमा फसिंदै गैरहेका छन ।अर्कोतिर एमाले र कांग्रेस प्रचन्डको हातमा डण्डा थमाएर बाहुन साम्राज्य विरोधी शक्तिहरुलाई दफन गर्नका लागि भरमग्दुर कोसिसमा छन । यी ठूला तीनदलमा कृयाशील गैरबाहुन क्षेत्री कनिष्ट नेता तथा कार्यकर्ताहरु भने आफ्नो अन्यौल राजनीतिक भविष्यप्रति चिन्तित बन्दैगएका छन । ती दलहरुमा भएका मधेसी नेताहरु संविधानसभाको चुनाव अगाडिनै पार्टी छाडेर मधेसी फोरममा गैसकेकाले उनीहरुलाई आफ्नो राजनीतिक भविष्यप्रति त्यस्तो चिन्ता छैन तर पहाडीया मूलका आदिवासी जनजाति मूलवासीहरु भने रोजगारिको लोभमा अल्झिएर बसिरहेकाले जातीय मुक्ति आन्दोलन चर्किंदै जानेक्रममा घर न घाटको स्थितिमा पुगेका छन । वर्गीय मुक्तिको सिद्दान्तबाट कम्यूनिष्ट राजनीतिमा प्रवेश गरेका आदिवासी जनजाति मूलवासीहरु आफ्नो पार्टी सत्तामा पुगेपछि पार्टी नेताहरु धमाधम पूँजीवादको दलदलमा जाकिन पुगेको देखेपछि विलखबन्दमा पर्दैगएका छन । अब उनीहरु राजनीतिक जागिरमा लिप्त भैसकेकाले पार्टी छाडेर राष्ट्रिय मुक्ति आन्दोलनको धारमा जान पनि सकिरहेका छैनन र त्यही पार्टीमा पनि आफ्नो भविष्य देखिरहेका छैनन । उत्पीडनको लामो कालखण्ड गुजार्दै आएका नेपालका आदिवासी जनजाति मूलवासीहरुको चाहना, आकांक्षा, मर्म र भावनाहरु सम्वोधन गर्न कुनै पनि बाहुनवादी पार्टी र नेताहरु तयार नभएकोले गर्दा आफ्नो मुद्दा टुङ्गो लगाउन आँफैले नेत्रित्व गरेको पार्टी र आन्दोलन अनिवार्य छ ।
No comments:
Post a Comment