Monday, March 25, 2013

बाघसँग प्रेम : प्रेम नै मानवको सबभन्दा ठूलो शक्ति हो ।

मिस एयर होस्टेज विजेताहरु

 
 
Miss-air-Hostess-2013--
सिजन मिडियाद्धारा आयोजित नमस्ते एयर मिस एयर हास्टेज २०१३ सिजन थ्रीका विजेता सेकेण्ड रनरअप प्रतियोगी नं.१२ प्रियंका खड्का, विचमा मिस एयरहोस्टेज का ताज विजेता प्रतियोगीनं ३ प्रियता मोक्तान र फस्ट रनरअप प्रतियोगी नं ७ एलीना लिम्वु ।
 

दानी सहवीर

Click on the slide!

३२ लाख रुपैयाँ बराबरको जग्गा दान गर्ने सहवीर थापालाई बड्डीचौरमा अभिनन्दन गरिँदै। तस्बिर : कलेन्द्र सेजुवाल
 
धन कमाउने किरण भुजेलको सपना चकनाचुर
 
1
६ वर्षको उमेरमा वुवा वितेर टुहुरो वनेका किरण भुजेलले ३४ वर्षको उमेरमा मलेसिया छिरेको सत्र महिनामै  (साथीले चलाएको फोकलिपले उनको खुट्टा च्यापियो) उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् ।
 
पारस एक साताभित्र डिस्चार्ज हुने
 
Paras-Shah_thailand
पूर्वयुवराज पारस शाह आगामी बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पारस हिँड्डुल गर्न सक्ने भएकाले डिस्चार्ज हुन लागेको एनआरएन बैंकका महासचिव सुनील खड्काले जानकारी दिए ।
 
‘डिस्चार्ज भएपछि पनि करिब एक महिनासम्म डाक्टरहरुले नियमित सम्पर्कमा बस्न सल्लाह दिएका छन् ।’ पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एक महिना पारसलाई बैंककमै राखेर काठमाण्डौं ल्याउने तयारी गरेका छन् ।
 
नेपालमा हार्वर्ड स्कूल !
 
harvard
कुनै बच्चाले म हार्वर्डमा पढ्छु भनेर भन्यो भने अचम्म नमान्नुहोला। उसले सही बोलेको हुनसक्छ। हार्वर्ड अमेरिकाको पुरानो र प्रतिष्ठित विश्वविद्यालयको नाम हो। तर हार्वर्ड नामको स्कूल पनि काठमाडौँमा खुलेको छ।
हार्वर्ड मात्र किन, नासा, पेन्टागन, ह्वाइट हाउस, टेक्सस, फ्लोरिडा, लिभरपुल, चेल्सी आदि नामका स्कूलहरु पनि यहाँ छन्। सरकारले विदेशी नाममा कडाइ गर्ने निर्देशिका लागू गरिसकेको भए पनि निजी विद्यालयहरु यसलाई मान्दैनौँ भन्दै विरोधमा उत्रिएका छन्।
 
छोरा विदेश पठाएको पैसा तिर्न सकिएन
 
Myagdi-Birda-ko-Bilauna
१३ वर्षअघि मलेसिया गएका छोरा प्रेमबहादुर गर्बुजा वेपत्ता भएपछि उनलाई बिदेश पठाउन साहु कहाँबाट लिएको ऋण तिर्न नसक्दा चिन्तित बनेकी म्याग्दीको राम्चे ३ की ७६ वर्षीया पुनीसरा गर्बुजा पत्रकारहरुसँग बिलौना गर्दै । उनले १२ सन्तान जन्माए पनि आठ जनाको सानै उमेरमा मृत्यु भएको थियो ।
 
तीनपानेको तयारी
 
Gharelu-Madira
घरेलु मदिरा उत्पादनः म्याग्दीको एक ग्रामीण बस्तीमा घरेलु मदिरा (रक्सी) बनाउँदै गरेकी एक महिला । बजार क्षेत्रमा प्रहरीले घरेलु मदिरा बिक्री वितरण र उत्पादनमा प्रतिवन्ध लगाएपछि ग्रामीण भेगमा प्रहरीको पहुँच पुग्न नसक्दा घरेलु मदिरा उत्पादन बढिरहेको छ ।
 
ज्यान लिने ढिस्को
 
khadal ma parera yabati ko deth photoपर्वत जिल्लाको देउपुर गाविस–७ मा घर पोत्ने रातो माटो लिन गएका दुई किशोरीकोढिस्कोले पुरिएर मृत्यु भएको छ । माटो लिन गएका देउपुर गाविस–१ की १६ वर्षीया इशु क्षेत्री र वडा नं ९ की १८ वर्षीया कमला हमालको मृत्यु भएको हो ।
 
विपत्तिलाई निम्ता
 
Tansen-jeep
क्षमताभन्दा बढी यात्रु बोकेर सदरमुकाम तानसेन आउँदै गरेको जीप । पाल्पा कच्ची सडकमा यसरी बढी यात्रु बोकेर हिंड्दा दुर्घटनाबाट मानिसको ज्यान जाने भएकोले ख्याल गरौँ चालक गाडीको क्षमता अनुसार यात्रु बोक्ने बानी बसालौं ।
 
 
अबुधावीमा वनभोज
 
 Abu Dhabi
 picnic Image 5विदेशको भूमिमा पनि शुक्रबारे सार्वजनिक विदाको दिनलाई सदुयोपक गर्दै भाइचाराको सद्भाव राख्दै सेलरोटी, आलुको अचारका साथै विभिन्न नेपाली परिकारका खानाहरुको स्वादसंगै नेपाली लोक संगीतका साथ वनभोज कार्यक्रम सम्पन्न गरेको छ । उक्त वनभोज कार्यक्रम मगर संघ युएईको अबुधावी क्षेत्रीय समितिको आयोजनामा गत २२ मार्च शुक्रबारका दिन अबुधावीको मुसाफा पार्कमा गरेको हो ।
 
बाघसँग प्रेम
 
इन्डोनेसियाको पूर्वी जाभाको मलाङस्थित अल खाफाह इस्लामिक स्कुलको बरन्डामा डरलाग्दा बंगाली बाघको पालनपोषण भइरहेको छ । चार वर्षअघि संरक्षिका सोलेहले तीन महिनाको यो बाघलाई पुरस्कारको रूपमा पाएकी थिइन् ।
 
आत्मीय व्यवहारले मन जितेर उनले बाघ मुलान जामिलालाई आफ्नो बनाएकी छन् । फेरि एकपटक उनले पनि प्रमाणित गरेकी छन् कि प्रेम नै मानवको सबभन्दा ठूलो शक्ति हो ।
 
पोखरामा आइतबारदेखि सुरु समुदायकै ठूलो तोरन्ल पर्वमा जातीय पहिरनमा थकाली महिलाहरु ।फोटोग्राफर : शिव शर्मा/ईकान्तिपुर
 
जापानको टोकियोमा चेरीको रुखमुनि एक बालिका बाबुसँग । फोटोग्राफर : एपी
 
 
ट्रुथ अबाउट लभ नाम दिएर टुरमा निस्किएकी गायिका पिंक न्यूयोर्कमा प्रस्तुति दिँदै ।
फोटोग्राफर : एपी

No comments:

Post a Comment