२८ मे २००८ का दिन सम्बिधानसभाले नेपालमा राजतन्त्रको अवसान र संघिय गणतन्त्र नेपालको उदय भएको घोषणा गरेको थियो ।
उक्त ऐतिहासिक घोषाणा गर्ने राजनैतिक दलहरुले यो घोषणाको महत्वपूर्ण तत्वहरुको मर्मलाई आत्मसात गर्न सकेनन् ।
राजतन्त्रको अवसान यदी भएकै हो भने राजतन्त्रसंग सरोकार राख्ने कुनै पनि परम्परा र संस्कारलाई निरन्तरता दिई रहनु भनेको गणतन्त्रको मर्मलाई आत्मसात गर्न नसक्नु हो । तत्कालिन राजा द्वारा निर्बाह गर्ने गरेका धार्मिक र सांस्कृतिक परम्परालाई बर्तमान राष्ट्रपतिले पनि निरन्तरता दिई रहनुमा गम्भिर प्रश्नहरु तेर्सिएका छन् ।
राष्ट्रपति रामवरण यादवका साथै मौजुदा बाहुनदलिय ब्यबस्थाका अगुवाहरु राजतन्त्रको पुनर्स्थापनाको प्रतिक्षामा छन र रामवरण यादवले हाल 'मेक-शिफ्ट्' अथवा 'निमित्त राजा'को भूमिका निर्बाह गर्दै छन र राजतन्त्र नफर्के सम्मका लागि राजतन्त्रको परम्परालाई जतनपूर्वक कायम राख्तैछन् ।
अहिले सम्म कायमै राखेका राजतन्त्रबादी केहि उल्लेखनिय परम्परा निम्नानुसार छन् :
१) गोर्खा दरबारबाट ल्याइने दशैंको जमरा हनुमानढोका दरबारमा भित्र्याउनु ।
२) फुलपातीको दिनमा टुडिखेलमा गरिने बडाइंमा राष्ट्रपति सरिक हुनु ।
३) पूर्व राजाले जस्तै सर्बसाधारणलाई दशैंमा टिका लगाइ दिनु ।
४) दशैंमा राष्ट्रपतिले तत्कालिन राजाले जस्तै सरकारी तामझाम सहित बिभिन्न देवी देउताहरुको दर्शन गर्नु ।
५) भोटोजात्रा, ईन्द्रजात्रा, शिबारात्री, होलि, आदी हिन्दू धार्मिक संस्कारहरुमा पूर्व राजाले जस्तै सरकारी तामझाममा राष्ट्रपति सरीक हुनु । धर्म निरपेक्ष नेपालमा गैर हिन्दू राष्ट्रपति बन्दैनन् ? के गैर हिन्दू राष्ट्रपतिले पनि यस्तै हिन्दू परम्परा निर्बाह गर्नु पर्छ ?
No comments:
Post a Comment