एमाओवादी अध्यक्ष प्रचण्डद्धारा महाधीवेसनबाट प्रस्तावित गरिएका वहालवाला प्रधान न्यायधीस रेग्मीको नाममा लगभग सहमती हुने संकेत देखिन थालेका छन् । अन्तरिम संविधानमा प्रधानन्यायधीसको प्रधानमन्त्री हुन नसक्ने व्यवस्था भएतापनि प्रधान न्यायधिसको नाम प्रस्तावित गर्नु रहस्यपूर्ण बन्न पुगेको छ । कांग्रेस, एमालेका बहुमत सदस्य प्रधान न्यायधीसप्रति सकारात्मक रहेको र केही घण्टाभित्र सहमती हुन सक्ने संकेतले ठूलो षड्यन्त्रप्रति इगिंत गर्दछ । स्मरण रहोस संविधानसभाको हत्याको नेतृत्व गर्ने एमाओवादी प्रधानमन्त्री बाबुराम भट्टराई मुख्य रुपमा जिम्मेवार हुन् भने कांग्रेस, एमाले, मधेसवादी, सभामुख सुवास चन्द्र नेम्वाङ पनि उत्तिकै दोषि सावित भएका छन।
संविधानसभाको हत्या गर्ने योजनालाई साकार बनाउन पर्दा पछाडीबाट प्रधानन्यायधिस खिल राज रेग्मीद्धारा संविधान निर्माणमा ढिलाई भएकोमा समयसिमा तोक्ने आदेश दिएर संविधानसभाको निर्मम हत्या गर्ने सहज वातावरण ,निर्माणकर्ता भएको कुरा नेपाली जनताले कहिल्यै बिर्सिने छैनन् । संविधानसभाको सुरक्षा एवम् संविधान निर्माणमा सहज वातावरणको सिर्जना गर्नुपर्ने मुख्य दायित्व बोकेका सर्वोच्च अदालतको प्रधान न्यायधिस खिलराज रेग्मीद्धारा संविधानसभाको हत्या गर्ने योजनाकारहरुलाई अनुकुलता प्रदान गरेकै हुन् भन्दा गलत हुने छैन ।
संविधानसभाको असमय अवसान गराउनेहरुमा माओवादी, कांग्रेस, मधेसवादी, सभामुख सुवाच चन्द्र नेम्वाङ दोषि सावित भइ सकेका छन् भने नेपालको सर्वोच्च अदालत एवम् प्रधानन्यायधीस खिलराज रेग्मी पनि दोषिका रुपमा नेपालको इतिहासमा दर्ज भइसकेका छन् । माओवादीद्धारा खिलराज रेग्मीको नाम प्रस्तावीत गरेर संघियता विरोधी कांग्रेस , एमालेभन्दा माओवादी दश कदम अगाडी रहेको प्रमाणीत भएको छ । प्रचण्ड प्रधानमन्त्री रहेको नौ महिना शासनकालमा तात्कालीन मुख्य न्यायधीस केदारनाथ गिरीको समयावधी समाप्त हुने बेला बोलाइएको संवैधानीक परिषद्को बैठकमा चौथो क्रममा रहेको खिलराज रेग्मीलाई वरिष्ठता क्रम मिच्दै प्रधानन्यायधिसमा बढुवा गराउन प्रचण्डद्धारा व्यग्रता प्रदर्शन गरेको समाचार सार्वजनीक भएका छन् ।
नेपाली जनताले अनुभुती नगरेतापनी सार्वजनीक भइरहेका कुराको विश्लेषण गर्दा भित्रि रुपमा एमाओवादी र खिलराज रेग्मीबिच सौहार्दता तथा संघियता बिरोधी बिचारमा एकरुपता भएका कारण एमाओवादीद्धारा चुनावी सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको नेपाली जनता समक्ष पर्दाफास भएको छ । नेपाली जनताले सोच्दै नसोचेको नाम किन र कस्को इसारामा माओवादीद्धारा प्रस्तावीत गरियो भविश्यमा यस कुराको रहस्वोद्घाटन हुने नै छ । आखिर किन माओवादीले प्रधानन्यायधीस खिलराज रेग्मीलाई तुरुप को पत्ताको रुपमा प्रस्तावित गरे खिलराज रेग्मीको नाम प्रस्तावित गरेर माओवादीद्धारा एक तिरले दुई सिकार गर्न खोजेको देखिन्छ, माओवादीद्धारा जनयुद्ध दौरान गरिएको गम्भिर अपराधको बिषयमा समय समयमा सर्वोच्च अदालतद्धारा कठोरता प्रदर्शनमा विराम लगाउन हेतु तथा आफुद्धारा प्रस्तावित व्यक्ति प्रधानमन्त्री बन्न सफल भए बिगतको संविधानसभाको चुनावमा गरे जस्तै डर, त्रास, धम्की, र धाँधली गरी पूनः सत्ताकब्जा गर्न सहज हुने ।
नेपालको वर्तमान संवेदनशिल समयमा माओवादीद्धारा अन्तरिम संविधानमा उल्लेख समेत नभएका प्रधानन्यायधीसको नाम प्रस्तावीत गरेर नेपालको निष्पक्ष एवम् स्वच्छ छवी बोकेको न्यायपालीकाको गरिमामा आँच पुर्याउन तथा आफ्नो अनुकुल प्रयोग गर्न षड्यन्त्रको रुपमा हेर्न जरुरी छ । माओवादीद्धारा अन्तरिम संविधानमा उल्लेख नभएका स्वतन्त्र व्यक्तिलाई नै प्रस्ताव गर्नु थियो भने गणतन्त्र प्राप्ती पश्चात् अवसरबाट बञ्चित भएका आदिवासी नेता तथा व्यक्तित्वको नाम किन प्रस्तावित गरेनन् । माओवादी, एमाले, कांग्रेस मञ्चबाट आदिवासी हितैषी हौँ भन्ने गर्जन गर्ने गर्दछन् तर कार्यशैलीमा कहिल्यैपनि आदिवासी हितैषी देखिएको छैन ।

माओवादी, एमाले, कांग्रेसका शिर्ष नेताहरु आदिवासीको पहिचान र संघियता नचाहेको हुनाले नै संविधानसभाको जानिजानि अवसान गराइएको हो । ठूलो भनाउदा पार्टिहरुको छद्म चरित्रका कारण आदिवासीको मौह भङ्ग भएको छ , अशोक राई लगायतका आदिवासी नेताहरुले एमाले त्यागेका छन्, त्यस्तै कांग्रेसका केही नेताहरुले कांग्रेस त्याग गरे र भविश्यमा ठूलो संख्यामा त्याग्ने मनस्थितिमा छन् । माओवादीले चुनावमा आदिवासी जर्बजस्त पहिरो स्पष्ट रुपमा अनुभव गर्न पाउनेछ । यति हुँदा हुँदै पनि आदिवासीको वलिदान त्यागको हमेसा अवमुल्यन गरिएको छ । आदिवासीको दुखेको ह्दयलाई कहिल्यै पनि औषधि लगाउने प्रयास गरिएन, हमेसा जस्तै दोयम् दर्जाको नागरिक को रुपमा मात्रै हेरिएको छ । गणतन्त्र प्राप्ती पश्चात मधेशी समुदायबाट राष्ट्रपति, उपराष्ट्रपति एवम् महत्वपूर्ण पदमा पुगेका छन् भने बाहुन समुदायबाट प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री पदमा सोभायमान भएका छन् । पुनःस्वतन्त्र व्यक्तिको नाममा चुनावी प्रत्रानमन्त्रीमा बाहुन खिलराज रेग्मीको नाम प्रस्तावित हुन दुर्भाग्यपूर्ण हो । आदिवासी समुदाय किन नेपालको प्रधामन्त्री हुन नपाउने, अवसरबाट वञ्चित आदिवासी समुदाय मध्यको नेता एवम् बुद्धिजिवीको चुनावी प्रधानमन्त्रीका लागि नाम प्रस्तावित हुन पर्दथ्यो तर ठूला पार्टि भनाउदा नेताहरु भित्र रहेका पुर्वाग्रही सोचका कारण प्रस्तावित गरिएन अचम्म लाग्दो कुरा छ ? आदिवासी नेताहरु मध्ये प्रधानमन्त्रीका लागि सक्षम रहेको अनुभवि, इमान्दार, शिक्षित बरिष्ठ नेता कुल बहादुर गुरुङ, माओवादी जनयुद्ध र माओवादी पार्टीलाई उच्च स्थानमा पुर्याउने राम बहादुर थापा, देव गुरुङ, सुरेश आले मगर, पदमोह भन्दा राष्ट्र चिन्तनमा समर्पित नेमकीपा अध्यक्ष नारायणमान विजुच्छे, जनमुक्ति पार्टि नेपालका एम एस थापा मगर जस्ता आदिवासी नेताको चर्चा समेत गरिएन । समाजसेवातर्फबाट म्याग्से पुरस्कार बिजेता महाविर पुन ,बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइत के प्रधानमन्त्रीका निम्ति सक्षम उम्मेदवार होइनन् ? गणतन्त्र प्राप्ति पश्चातको परिदृश्यमा विशाल जनसंख्या भएका आदिवासीलाई विगतको राज्यसत्ताको निति अनुसरण गर्दै अवसरबाट वञ्चित एवम् मुर्ख बनाउने कार्य जारी रहेको बुझिन्छ । माथि उल्लेखित आदिवासी नेता एवम् समाजसेवी कुनैपनि दृष्टिकोणबाट सुशिल कोइराला, झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड बाबुराम भन्दा कम सक्षम छैनन् । स्पष्ट रुपमा भन्नु पर्दा आदिवासी नेता एवम् समाजसेवी सुशील कोइराला लगायतका अर्कमठ नेताहरुभन्दा धेरै सक्षम, अव्वल , इमान्दार एवम् राष्ट्र भक्त छन् । आदिवासी समुदायका सक्षम व्यक्तित्वका नाम नेपालका सर्वोच्च पदका लागि अहिले सम्म प्रस्तावित नगरेर कांग्रेस को प्रजातान्त्रिक समाजवाद, एमालेको जनताको बहुदलीय जनवाद, माओवादीको जातिय, क्षेत्रीय, वर्गिय, लिङ्गिय जस्ता नारा झुटको पोकोका रुपमा चिन्हित भएको छ । कांग्रेस, एमाले पार्टिका केन्द्रिय समितिको बनावट हेर्दा कांग्रेस, एमालेबाट कहिलेपनि सर्वोच्च पदमा आदिवासी पुग्न सफल हुँदैन भनि सहजै अनुमान लगाउन सकिन्छ । जातिय मुक्तीको ठूलो आवाज उठाउने एमाओवादी पार्टिको आसन्न महाधिवेसनबाट ९८ जना केन्द्रिय सदस्यको चयन गरिएको छ । चयन भएका केन्द्रिय सदस्यमा ४० बाहुन , १८ क्षेत्री, ठकूरी र वरियता क्रमलाई हेर्दा एमाओवादी पार्टि पनि खस बाहुन मात्रको पोषक पार्टि हो भन्नेमा शंका रहेन । एमाओवादीको कांग्रेस, एमाले जस्तै आदिवासी , संघियताबिरोधी चरित्र क्रमशः उजागर हुँदै गइरहेको छ ।
नेपाल अत्यन्तै संकटग्रस्त स्थितिमा विद्यमान छ । नेपालमा विभिन्न प्रकारका घटनाहरु क्रमश विकसित भइरहेका छन् । राष्ट्र र राष्ट्रिय स्वाभिमान खतरामा रहेको महशुश गरिएको छ । नेपाली नेताहरुले ध्यान दिनुपर्ने कुरा के हो भने एउटा सानो भुलले देश धरापमा पर्न सक्छ । तसर्थ चुनावी सरकारको प्रधानमन्त्रीमा निश्पक्ष, इमानदार, कर्तब्यनिष्ठ, प्रलोभनबाट टाढा भएको व्यक्तित्व चयन भएको हुनु पर्दछ । विश्व लगायत नेपालको इतिहासमा इमानदार , निष्ठावान बहादुर जातिका रुपमा परिचित आदिवासी जातीको सक्षम व्यक्तित्वलाई चुनावी सरकारको प्रधानमन्त्रीको रुपमा चयन हुनु पर्दछ तथा राष्ट्रिय स्वाभिमानको रक्षा गर्न वर्तमान समयको माग हो । चुनावी सरकारको प्रमुखमा खिल राज रेग्मीको चयन भए निश्चित रुपमा ठोकुवाका साथ भन्न सकिन्छ देश अनिर्णयको बन्दि हुने दिशातर्फ उन्मुख हुनेछ । स्वतन्त्र न्यायलयलाई स्वतन्त्रतापुर्वक कार्य गर्न दिनु पर्दछ । आदिवासी प्रधानमन्त्री नचाहने पूर्वाग्रहीहरुका लागि आश्चर्य लाग्न सक्छ तर जबसम्म नेपालको सर्वोच्च पदमा आदिवासी समुदायका सक्षम व्यक्तित्व पदाशिन हुँदैनन् तबसम्म नेपालले नत निकाश नै प्राप्त गर्छ नत द्रुत गतिले विकास गर्न सक्छ । अन्तमा पुन दोहोर्याउन चाहान्छु चुनावी प्रधामन्त्रीका लागि आदिवासि समुदायका सक्षम व्यक्तित्वलाई प्राथामिकता प्रदान गर्नुपर्दछ । यदि आदिवासी समुदायमा सहमति बन्न नसके राष्ट्रिय स्वाधिनताको रक्षा गर्नको निम्ती नेपालको वर्तमान सेनापति गौरव शमशेर राणालाई चुनावी सरकारको प्रधानमन्त्रीमा चयन गर्नु अति उत्तम र सहि विकल्प हो ।
-अमरदिप मोक्तान तामाङ , डाँडाखर्क , दोलखा

No comments:
Post a Comment