Monday, March 25, 2013

माओवादीको प्रतिकार गर्न पैसाको ओइरो »


कांग्रेस-एमालेका जिल्ला नेताहरु नेतृत्वप्रति कार्यकर्ता रुष्ट
काठमाडौं, माघ ११ : जिल्ला अधिवेशन उद्घाटनको लागि दैलेख पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईसहित माओवादीका शीर्ष नेताहरुलाई कांग्रेस-एमाले लगायतका विपक्षी कार्यकर्ताले अवरोधको प्रयास गरेपनि कार्यक्रममा सहभागि भएका छन् ।
बुधबार विपक्षीले जसरी पनि माओवादीलाई रोक्ने दाबी गरेपनि त्यो भने सफल हुन सकेन । माओवादीलाई जिल्ला प्रवेशमा रोक लगाउने भन्दै बुधबार दैलेख बन्द आह्वान समेत गरिएको थियो ।
नेपाली कांग्रेसका दैलेख सभापति कृष्ण कुमार जिसी, एमालेको जिल्ला अध्यक्ष अम्मर बहादुर थापा लगायतको नेतृत्वमा बन्द आह्वान गरिएको हो । जिसीले प्रधानमन्त्री जवरजस्ती प्रवेश गरे अवरोध गर्ने बताएका थिए ।
आन्दोलन विपक्षीको नाममा भएपनि त्यसमा डलरको खेती गर्दै आएका आइएनजीओहरुको संलग्नता रहेको बताइएको छ । स्रोतका अनुसार स्थानीय राजनीतिक दलहरुलाई आन्दोलन चर्काउन भन्दै १० लाख डलर दिएको बताइएको छ । उनीहरुले माओवादीलाई ‘तह लगाउने’ भन्दै आन्दोलन चर्काउन विपक्षीलाई रकम बाँडेका हुन् । डलरबादीहरुले सरकार विरुद्धको आन्दोलनमा सहभागि भए आफूलाई पनि रकम दिने आह्वासन दिएको एक स्थानीयले ग्रेटवेअनलाइनलाई बताए ।

हिमाल साउथ एसियाका मालिक कनकमणि दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल , एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेको बताइएको छ ।
माओवादीबाट जबसम्म नेपाली राजनीतिको पहलकदमी छिन्न सकिँदैन तबसम्म आफूहरु अनूकुल केहीपनि निर्णय गर्न नसकिने भन्दै उनीहरुले आन्दोलन चर्काउन रकम दिएका हुन्  ।
वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरुले माओवादी विरुद्व जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ । केही साता पहिले माओवादीलाई ठेगान लगाउन उनीहरुको गोप्य बैठक इन्सेक कार्यालय स्युचाटारमा बसेको सार्वजनिक भएको थियो । सो बैठकमा कनकमणि, मन्दिरा, शरण लगायतको उपश्थिति रहेको थियो । बैठकमा कनकमणिले माओवादीलाई तह लगाउन जे पनि गर्न तयार रहेको बताएका थिए । कनकमणि मानवअधिकारवादीको नाममा डलरको खेति गर्दै आएका व्याक्ति हुन् ।
यता, सरकार विरुद्ध आन्दोलनको नेतृत्व गर्ने स्थानीय नेताहरु भने विवादास्पद छवीका छन् । कांग्रेस सभापति जिसी पार्टीभित्रै बद्नामी कमाएका व्यक्ति हुन् । उनी पञ्चायतको पतनसँगै कांग्रेसमा प्रवेश गरेका थिए । उनका बाबु तत्कालिन प्रधानपञ्च थिए । जीसी बाबुकै सल्लाहमा  फाइदा लुट्न कांग्रेसमा सक्रिय भएको अहिले पनि दैलेखमा चर्चा छ । एमालेका थापा भने स्थानीय नामुद गुण्डा हुन् । स्थानीय स्तरमा हुने ठेक्कापट्टाको काम उनले मिलाउँदै आएका छन् । स्थानीयका अनुसार उनी महिला हिंसाजस्तो गम्भीर अपराधमा समेत संलग्न छन् ।
आर्थिक प्रलोभनमा विवादास्पद छविका नेताहरुले आफूखुसी निर्णय गरेपछि जिल्लाका कार्यकर्ताहरु रुष्ट भएका छन् । एक दुई जनाकै कारणले पार्टीलाई बद्नामी बनाउन खोजेको भन्दै भित्रभित्रै आन्दोलनको तयारी भएको एक एमाले कार्यकर्ताले बताए । सरकार विरुद्ध अवरोध गर्ने पार्टीको नीति नभएपनि एक दुई जनाको स्वार्थले गर्दा बदनामी भएको उनको भनाई छ ।  उनले विपक्षीले डलरको  नभएर निष्ठाको राजनीति गर्नुपर्ने बताए

No comments:

Post a Comment