काठ्माण्डु: नयाँ संविधान बनाउने कुरो जति सुकै गफ चुटेपनि जेठ १४ भित्रमा सम्भव छैन । प्रधानमन्त्री बाबुराम भट्टराईको चाहना र एक्लो बुताले धान्ने कुरोपनि यो होइन । अहिले प्रतिपक्षी त के भट्टराईकै पार्टीका नेताले भन्न थालेका छन्, संविधान बनाउनको लागि राष्ट्रिय सरकार बनाउनु पर्छ । नयाँ सरकार बनाउने चर्चा सँगै देशमा प्रधानमन्त्री को बन्ने भन्ने बहस र दाबीपनि चलेकै छन् । माओवादीले सबै भन्दा ठूलो दलका हिसाबले प्रधानमन्त्री दाबी गरेको छ । फेरी भट्टराईनै प्रधानमन्त्री हुनुपर्छ भन्ने तर्क गर्नेपनि छन् केहि । उसो भए किन अबको प्रधानमन्त्री मूलबासी मंगोल समुदायबाट नबनाउने ? किन बाहुन क्षेत्री जातिबाटै फेरीपनि प्रधानमन्त्री बनाउने त मूलबासी मंगोल समुदायबाट नबनाएर ?
अचम्म लाग्न सक्छ, मूलबासी मंगोल समुदायको प्रधान मन्त्री बनाउने भन्दा । यो जातिय भावना, साम्प्रदायिक मनशायले ग्रसित भन्नेपनि लाग्न सक्छ । तर त्यसो होइन, बरु त्यो साम्प्रदायिक भावनालाई यसले मत्थर बनाउन सक्छ । त्यो किनभने नेपालको शासन सत्तामा सधैं बाहुन र क्षेत्रीहरु उच्च तहमा बसे । पृथ्बी नारायण शाहले कथित नेपाल एकिकरण गरेदेखिनै हेर्ने हो भने यो प्रस्ट छ । शासन सत्ताको प्रमुख ठाउँमा बाहुन र क्षेत्रीहरुको बाहुल्यता रह्यो । त्यस मध्येपनि कोइराला, शाह, राणा, थापा र बस्नेतहरु नै सत्ताको वरिपरि रहे । शासन सत्ताले नेपालका मूलबासी मंगोल समुदायलाई प्राय बाहिर राख्यो ।
यसको कारण मूलबासी मंगोल समुदायहरु अशिक्षित भएकाले हो । शासन सत्ताको अनुभव नभएर । उनीहरु सक्षम नभएर हो भन्ने तर्क उठ्न सक्छ । तुलनात्मक रुपमा त्यो सत्य नै हुन सक्ला । तर बास्तविकता के हो भन्दा मूलबासी मंगोल समुदायलाई शिक्षाबाट टाढा राख्ने, शासन सत्तामा अग्रसर हुन नदिने, नबनाउने संस्कृती पनि हाम्रै शासन सत्ताको नीति र योजनाले नै हो । गुरुङ, मगर, लिम्बु र राईलाई बिदेशी सेनामा हुलेर बहादुरीको पगरी गुथाउने र आफूहरु शिक्षा आर्जन गर्न तिर लाग्ने पनि बाहुन क्षेत्रीहरुबटै निर्देशित राज्यको काम हो । भलै बाहुन क्षेत्रीहरुले जति मेहनत गर्छन् त्यो निकै हद सम्म मूलबासी मंगोल समुदायले सिक्नुपर्ने पनि देखिन्छ नै। शिक्षा सबैकालागि अनिवार्य यदि त्यो शासन सत्ताले गरिदिएको भए, शिक्षाको वातावरण मिलाइदिएको भए सायद मूलबासी मंगोल समुदायपनि शिक्षामा उतिकै प्रतिस्पर्धी बन्थे कि ?
यीनै विविध कारणले मूलबासी मंगोल समुदायमा एउटा मानसिकता, सोचाई, विश्वास र प्रतिसोधी भावना छ, खस जातीहरु सधैं शासन सत्ताको माथिल्लो तहमा बस्छन् । मोज गर्छन् । अरुलाई तल पार्छन् । लुट्छन् । मोज गर्छन् । हामी मूलबासी मंगोल समुदायलाई कहिल्यै माथिल्लो तहमा जान दिँदैनन् । हेला र थिचोमिचो गर्छन् । अरुलाइ लडाएर भिडाएर आफूले सधैं मोज गर्छन् । मूलबासी मंगोल समुदायलाई त्यग र बलिदानमा अघि सार्छन् तर चतुर्याइँ गरेर र छट्टु बनेर आफैं माथि जान्छन् । न यीनले मुलुक बनाउँछन् न त अरुलाई बनाउँन दिन्छन् । खस जातिहरु सत्तामा आएदेखि मुलुक झन झन ओरालो लागेको लाग्यै छ । यो मनोभावनाले झन झन जातिय आक्रोश फैलाउँछ । सद्भाव हराउँछ । त्यसैले एक पटक किन मूलबासी मंगोल समुदायबाट प्रधानमन्त्री नबनाउने ? यसो गर्दा धेरै खाले फाइदा हुन सक्छ ।
मूलबासी मंगोल समुदाय पनि सरकार चलाउन कम छैनन् । सक्षम छन् । प्रतिस्पर्धी छन् भनेर गौरव गर्न पाउँछन् मूलबासी मंगोल समुदायले । अर्को, खस जातिहरुलेपनि त्याग गर्छन् । प्रतिस्पर्धीहरुलाई स्थान दिन्छन् । मूलबासी मंगोल समुदायलाई पनि समान रुपले हेर्छन् भन्ने भावनाको विकास हुन्छ । मिलेर जान र मिलेरै लैजान चाहन्छन् । उनीहरु हामीलाइ पनि समान द्रिष्टिकोण ले हेर्छन् । यो देश हामी सबै जात जाति, भाषा भाषी र मूलबासी मंगोल समुदायको साझा हो भन्ने भावनाको विकास गर्न सहयोग पुग्छ ।
हाम्रो मूलबासी मंगोल समुदायको प्रतिनिधी शासन सत्ताको माथिल्लो ठाउँमा पुग्न पाए के के न गर्थ्यो, निस्वार्थले चलाउँथ्यो भनेर सोच्नेलाई यसले एउटा मौका दिन्छ । साँच्चै ति बढि सफल हुन्छन् कि हुँदैनन् ? सांच्चिकै ति निस्वार्थी पो बनेर देखाउँछन् कि ? यो असम्भव होला भन्न पनि सकिन्न । किनभने मूलबासी मंगोल समुदायहरु तुलनात्मक रुपमा बाहुन क्षेत्री भन्दा बढि सिधा, निस्वार्थ, खुला र आँटिला अनि त्यागिपन् देखिन्छन् । साँच्चिकै मूलबासी मंगोल समुदायको कुनै ब्यक्ति प्रधानमन्त्री बन्यो भने उसले अझ निस्वार्थी भावनाले पो काम गर्छ कि ? भ्रस्टाचारका दुलाहरु उसले अझ राम्रोसित पो टाल्छ कि ? गुरुङ, मगर, राइ, लिम्बु हरुमा रहेको बहादुरी, आँट र साहस, निस्वार्थी र सोझोपनलाई अझ बढि परिचालित गरेर देशको विकासमा पो लगाउँछ कि ?
अहिलेको साम्प्रदायिक मनोभावना, जातिय साँध लाई मूलबासी मंगोल समुदायको प्रधानमन्त्री भयो भने उसले कम गर्न सक्ने आधार धेरै छन् । मुख्य कुरो उनीहरुमा सधै दबिएको, दबाएको, खसहरुले छक्का पञ्जा गरेको र आफूहरुलाई अवसर नदिएकोमा गुनासो गर्छन् । आक्रोसित छन् । त्यसैले पनि हो, अहिले जातिय राज्यको माग बढि उठ्नुको कारण । हामी सधैं ठगिएकाले हाम्रै जातिय राज्य हुनु पर्छ । अरुको राज्यमा पर्यौं कि हामी ठगिन्छौं भन्ने छ । त्यसलाई पनि कम गर्न सहयोग गर्छ मूलबासी मंगोल समुदायको प्रधानमन्त्री बनाएमा । अर्कोतिर हाम्रो जातिको मान्छे माथिल्लो तहमा पुग्दा गरेर देखाउन सक्छ कि सक्दैन, सक्षम छ कि छैन भनेर तौलिन, हेर्न र बुझ्न मूलबासी मंगोल समुदायलाई पनि सजिलो हुन्छ । उनीहरु अफैंले परिक्षण गरेर हेर्ने अवशर पनि पाउँछन् । त्यसैले अबको प्रधानमन्त्री किन नबनाउने मूलबासी मंगोल समुदायबाट ?
No comments:
Post a Comment