-मिङमार छेवाङ तामाङ
प्रिय साथीहरु अहिले हामी धादिङ, नुवाकोट र रसुवामा मंगोल डेमोक्रेटिक पार्टीले २०६८ फागुन १ गते देखि आयोजना गरेको बिशेष अभियान समाप्त भएकै दिन देखि नेवा-तामाङसालिङ राज्य समितिको गठन प्रकृयामा जुटिरहेका छौ । हामी सर्वप्रथमतः मंगोल डेमोक्रेटिक पार्टीको बिशेष अभियानकेा क्रममा आर्थिक, भौतिक र नैतिक रुपले सहयोग र समर्थन गर्नु हुने धादिङ, नुवाकोट र रसुवाबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई धन्यवाद दिन चाहन्छु साथै मंगोल डेमोक्रेटिक पार्टीका नेपालभरि र विदेशमा समेत रहनु भएका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
हामीले यो एक महिने अभियानको क्रममा धादिङ, रसुवा र नुवाकोटको मूलवासी मंगोल समुदायको दाजु-भाई तथा दिदी-वहिनीहरुकेा घरघरमा पुग्ने क्रममा त्यहाँका मूलबासी मंगोल समुदायका युवायुवतीहरु सवै आफ्नो गाउँघर र देश छोडेर विदेशी भूमिमा आफ्नो जीवन गुजारा गर्न र दानापानी जुटाउनकै लागि विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउन गएको पाएँ । हाम्रो मूलवासी (Indigenous) मंगोल समुदायका युवायुवतीहरु यसरी आफ्नै देशमा रोजगार नपाएर विदेशी भूमिमा जानु परेको देख्दा हाम्रो मुटु छियाछिया भएर आयो यही कारण म त्यही विषयमा लेख्न गइरहेको छु ।
प्रिय साथीहरु अहिले हामी धादिङ, नुवाकोट र रसुवामा मंगोल डेमोक्रेटिक पार्टीले २०६८ फागुन १ गते देखि आयोजना गरेको बिशेष अभियान समाप्त भएकै दिन देखि नेवा-तामाङसालिङ राज्य समितिको गठन प्रकृयामा जुटिरहेका छौ । हामी सर्वप्रथमतः मंगोल डेमोक्रेटिक पार्टीको बिशेष अभियानकेा क्रममा आर्थिक, भौतिक र नैतिक रुपले सहयोग र समर्थन गर्नु हुने धादिङ, नुवाकोट र रसुवाबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई धन्यवाद दिन चाहन्छु साथै मंगोल डेमोक्रेटिक पार्टीका नेपालभरि र विदेशमा समेत रहनु भएका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
हामीले यो एक महिने अभियानको क्रममा धादिङ, रसुवा र नुवाकोटको मूलवासी मंगोल समुदायको दाजु-भाई तथा दिदी-वहिनीहरुकेा घरघरमा पुग्ने क्रममा त्यहाँका मूलबासी मंगोल समुदायका युवायुवतीहरु सवै आफ्नो गाउँघर र देश छोडेर विदेशी भूमिमा आफ्नो जीवन गुजारा गर्न र दानापानी जुटाउनकै लागि विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउन गएको पाएँ । हाम्रो मूलवासी (Indigenous) मंगोल समुदायका युवायुवतीहरु यसरी आफ्नै देशमा रोजगार नपाएर विदेशी भूमिमा जानु परेको देख्दा हाम्रो मुटु छियाछिया भएर आयो यही कारण म त्यही विषयमा लेख्न गइरहेको छु ।
यतिखेर हामी नेपालका मूलवासी मंगोल समुदाय आफ्नो जीवन चलाउन, एक छाक दाल र भात खानकै लागि र आफ्नो परिवारको जिविका चलाउनकै लागि संसारका हरेक क्षेत्रमा भौतारिरहेका छौँ । विदेशमा आफ्नो अमूल्य रगत र पसिना बगाइरहेका छौँ । नेपालमा रोजगारी भइ दिएको भए हामीले आफ्नो देश छाडेर यत्ति ठूलो दुःख गरेर र दुःख गर्न विदेश जान पर्दैनथ्यो । नेपालमा जहिले सुकै बन्द, जहिले सुकै हडताल, जहिले सुकै झगडा, महंगी र बेरोजगारी समस्या त्यस्तै छ । अहिलेको यो अवस्था र परिस्थितिमा नेपालमा आफ्नो भविष्य नदेखेरनै हामी संसारभर भौतारिरहेका छौ, किनकी नेपालमा चार सय पचास बर्ष देखि हिन्दु आर्यन बाहुन क्षेत्रीहरुकेा हातमा नेपालको शासन सत्ता छ । चार सय पचास बर्ष भन्दा अघि नेपालको शासन सत्ता हामी मूलवासीहरुकेा हातमा थियो । जुन सयम नेपालका मानिसहरु अति सम्पन्न थिए र तत्कालीन समयलाई अन्तर्राष्ट्रिय इतिहासकारहरुले स्वर्ण युग भनेर उल्लेख गरेका छन् ।
मंगोल डेमोक्रेटिक पार्टी आफ्नो पुर्खाले गुमाउनु परेको भूमि, शासन र सत्ता आफ्नै हातमा फिर्ता लिनको निम्ति नेपाली भूमिमा संघर्षरत छ । नेपालको हिन्दु आर्यन बाहुन क्षेत्रीहरुको नेतृत्वमा रहेको राजनीति, शासन र सत्ताले भावी पुस्तालाई नैराश्यता र त्रासदीकेा वातावरण सिर्जना गरिदिएको छ । यो राज्य सत्ताले हामी मूलवासी मंगोल समुदायका युवा युवतीहरुको जीवन र भविष्यप्रति विश्वास हस्तान्तरण गर्न सकेको छैन ।
प्रिय साथीहरु त्यही भएर हामी हाम्रो भावी पुस्ताको लागि आशाको किरणहरु छर्दै अगाडी बढीरहेका छौ । युवा पुस्ताको जीवन र उनीहरुको भविष्य प्रतिको विश्वास हस्तान्तरण गर्नु, नेपाल र नेपाली नागरिकलाई समृद्धशाली बनाउनका लागि हामी चोमोलोङमाको देशवाट क्रान्तिको उद्घोष गरिहेका छौ । अभाव, गरीवी र विभेदले नै हो विद्रोह जन्माउने । यसका लागि हामीहरु एकै ठाउँमा वस्नु पर्छ भन्ने छैन । छरिएर संसारभर जहाँसुकै र जुनसुकै ठाउँमा बसेको भए पनि हामी मूलबासी मंगोल समुदाय मंगोल डेमोक्रेटिक पार्टीमा संगठित हुन सक्छौ । रोग, भोक, गरिवी, अन्याय, अत्याचार, शोषण र दमनको विरुद्ध निर्णायक बिद्रोह गर्न सक्छौ ।
हामीहरु नेपाल छाडेर विदेश जानु पर्ने कारणहरु मध्ये प्रमुख कारण देशमा पूर्वाधारकेा अभाव र अवसरको कमीले गर्दा नै हो । हामी हरेक नेपाली युवा युवतीहरुलाई नेपाली भूमिमानै गाँस र बासको ग्यारेण्टी गर्नकै लागि रोग, भोक र गरिवीको निर्मूल पार्नकै लागि शशक्त विद्रोह गर्न गइरहेका छौ । त्यो क्रान्ति र बिद्रोहमा संसारभर छरिएर रहनु भएका मूलवासी मंगोल समुदायको सहयोग र समर्थन प्राप्त हुने छ भन्ने हामीले आशा गरेका छौ । विदेशमा बस्नु हुने हरेक युवायुवतीहरुले हामीसंग गर्ने गरेको कुरा एउटै छ । त्यो के हो भने नेपाल बाहिर जुनसुकै ठाउँमा पनि दुःख छ तर के गर्ने नेपालमा काम छैन काम पाएको भए को जान्थ्यो र बिदेश ? विदेशी भूमिमा हामी मूलबासी मंगोल समुदायको युवायुवतीले दुःख पाएको सुनेर हाम्रो पनि मन दुख्छ र आँखा रसाउँछ । यिनै मध्येका सानो उदाहरण लिउ । कतारमा काम गर्ने कयौं नेपाली कामदारले हृदयघातका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा मुटु रोगी नभएकाहरुलाई पनि हृदयघात भइरहेका छन् । मलेशियामा बेलुकी स्वस्थ रुपमा सुतिरहेको नेपालीहरु विहान मृत्युको मुखमा पुगेको हुन्छ । अन्य मुलुकमा बस्नेहरुलाई कठिन काम र परिवारवाट टाढा वस्नु परेको कराण त्यहीवाट हुने चिन्ताले रोगी बनाएका छन् ।
१९९० को आन्दोलन र १९९६ देखि सुरु भएको दशक लामो राजनीतिक द्वन्द्वको समाप्ति पछि राजनीतिक दलमा देखा परेका आपसी खिचातानीका कारण मुलुकले स्थायीत्व पाउन नसकेपछि हामी नेपालका युवायुवतीहरु विदेशीने क्रम ह्वात्तै बढेको छ । औपचारिक र अनौपचारिक रुपमा भारतमा पचासी लाख र भारत बाहेक अन्य मुलुकमा पैतालिस लाख भन्दा बढी नेपाली युवा युवतीहरुले काम गरिरहेका छन् । भारतमा मात्र मौसमी रोजगारीका लागि प्रति बर्ष १९ लाख नेपालीहरु जाने गरेको रिपोर्ट सार्वजनिक भैसकेको छ । नेपालमा राजनीतिक स्थिरता र श्रम समस्याको दिगो समाधान हुन सकेकेा भए यत्ति ठूलो जनशक्ति विदेशिनु पर्ने थिएन । यो विषयमा एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र तिनका भातृसंगठन अनि तथाकथित मजदुर संगठनलाई कहिल्यै चासो भएन । यसमा हाम्रो पनि ठूलो दोष छ । हामीले उनीहरुकेा यस किसिमको कृयाकलाप र गतिविधिको कहिल्यै पनि भण्डाफोर गर्न सकेनौ । राजनीतिक दलहरुको हामीप्रतिको हेपाह प्रवृत्ति उत्तिकै छ । तर क्रान्तिकारी युवावर्गलाई हेप्नु, अपमान गर्नु र हामीप्रति विश्वास नहुनमानै नेपालकेा राजनीतिक दलहरुको विनाश निहित छ । नेपालमा सवै राजनीतिक पार्टी निकट श्रम संगठन छन् । उनीहरु विभिन्न माग राखेर हडताल गरिरहन्छ । श्रमिकको नेता जो वास्तविक मजदुर होइनन् अनेक वहानामा नेपालका युवायुवतीहरुलाई विरोध र हडताल गर्न उक्साउछन् । यसले नेपालको औधोगिक र लगानीको वातावरण बिग्रेको छ । बैदेशिक लगानीमा संचालित कम्पनीका प्रतिनिधिहरुले नेपालमा बैदेशिक लगानी नआउनुमा श्रम समस्या र राजनीतिक अस्थिरता मुख्य अवरोधको रुपमा रहेको बताउने गरेका छन् । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने हो भने राजनीतिक र नीतिगत सुरक्षाका साथै औधोगिक प्रतिष्ठानमा सुरक्षाको व्यवस्था गर्नु पर्ने उनीहरुको सुझाव छ ।
हामीलाई थाहा छ वैदेशिक लगानी आकर्षित गर्ने पर्याप्त क्षेत्र नेपालसंग छ तर त्यस अनुकूलको वातवारण बन्न सकेकेा छैन । यसमा हाम्रै गैह्र जिम्मेवारीपनले पनि ठूलो भूमिका सिर्जना गरिदिएका छन् । राजनीतिक दलहरु जो खिचातानीमा रुमल्लिएर बसेका छन् उनीहरुलाई हामीले समर्थन नगर्ने हो भने उनीहरुको अस्तित्व पूर्णरुपमा समाप्त भएर जाने थियो । निजी क्षेत्रले लगानीमा सुरक्षा हुनुपर्छ भनेर प्रश्न उठाएको वर्षौ भयो । तर न यसमा राजनीतिक दलहरुको आँखा पर्न सक्यो न त तथाकथित श्रम संगठन कै आँखा खुल्यो ।
श्रमिकको हितको नाममा स्वदेशवाट लगानीकर्ता खेद्नेहरुले विदेशमा लाखौं नेपाली युवाहरुलाई अन्यायपूर्ण ढंगले काम गरिरहेको कहिल्यै देखेन । आज नेपालका पचासी लाख भन्दाबढी युवायुवतीहरु भारतमा र पैतालिस लाख भन्दा बढी अन्य मुलुकमा छन् । त्यहाँ नेपाली श्रमिकहरुको लागि श्रम कानुन छैन भने पनि हुन्छ । थोरै तलव सुविधामा प्रचण्ड गर्मीमा विहान देखि बेलुकी सम्म हाड घोट्नु पर्छ । बिरामी भए उपचार खर्च पाइदैन । मृत्यु भए शव अलपत्र पर्छ । न खानको ठेगान छ, न सुत्ने र बस्नेको ठेगान । कानुनी रुपमा बसेकालाई श्रम कानुनको सुरक्षा होला गैह्र कानुनी रुपमा बसेकाहरुको जिन्दगी कुकुरको भन्दा तल्लो स्तरको छ । पाँच मिनेट ढिलो काममा पुगें जागिर चट हुने । कुनै पनि बेला प्रहरीले समात्न सक्ने हुँदा रोजगारदाताहरु त्यही डर देखाउँदै कम तलवमा र तलबै नदिई काम गराएर श्रम शोषण गरिरहेका हुन्छन् । लगानी अनुकुलको वातावरण र लगानीकर्ताहरुले भन्दै आए जस्तो राजनीतिक स्थिरता र श्रम समस्याको समाधान हुने हो भने कुन युवा विदेश जान्छ? तर दुःखको कुरा नेपालका राजनीतिक दलहरु लगानीकर्ताहरुले भने जस्तो लगानी अनुकुलको वातवारण वनाउन त के यिनै बैदेशिक रोजगारमा जाने युवाहरुको सुरक्षा र हितमा सरकार कति लापरवाही छ भने यिनले भनेका बेलामा पासपोर्ट (राहदानी) सम्म पाइरहेको छैन । पासपोर्ट (राहदानी) बनाइ सकेपछि पनि बैदेशिक रोजगारका लागि एजेन्सीहरुमा भौतारिएर दलालहरुवाट ठगिदा सास्ती पाइरहेकै छन् । उता विदेशमा गइसकेपछि पनि उनीहरुको सुरक्षाको निम्ती आवाज उठाउने, तल माथि हुन नदिने, कमाएको पैसा सुरक्षित नेपाल भित्र्याउनेतर्फ सरकार र राजनीतिक दलहरु लाचार हुदै आइरहेको छ ।
बैदेशिक रोजगारीमा जाने हरेक युवायुवतीहरुले फ्री भिसा र फ्री टिकट प्राप्त गर्नु पर्छ भन्ने मंगोल डेमोक्रेटिक पार्टीको मान्यता रहि आएको छ । अहिले पनि कतार लगायतका मुलुकहरुमा रोजगारीका लागि जाने युवायुवतीहरुको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था हुने गर्दछ भन्ने कुरा सुन्नमा आइरहेको छ तर त्यही मुलुकमा रोजगारको लागि जाने युवायुवतीहरुले एक लाख पचास हजार रुपैयाँ सम्म तिर्नु परिरहेको छ । संसारकै सबैभन्दा धनी मानिस बस्ने देश कतार लगायत कतिपय खाडी मुलुकमा अहिले पनि प्रत्येक महिना बाह्र भन्दा बढी नेपाली कामदारको मृत्यु भइरहेको छ । नेपालवाट जाने सबै कामदार यहाँवाट कुनै सीप नसिकी त्यत्तिकै जाने गरेका छन् । अदक्ष कामदारले गर्ने काम जोखिमपूर्ण शारीरिक श्रम नै हो । कतिपय नेपाली कामदारकेा ठूलठूलो भवन निर्माणको क्रममा खसेर मृत्यु हुने गरेको छ । सीप सिकेर गएमा त्यहाँ जोखिमपूर्ण काम गर्नु पर्ने बाध्यता हुँदैन । सीप सिकेर गएमा काम र दाम दुवै राम्रो पाइन्छ । सडक दुर्घटनामा नेपालीहरुको मृत्यु हुने गरेको छ । त्यहाँको सडक चौडा र खुला भएकाले सवारी साधनको गति निकै तीब्र हुन्छ । सडक नियमको पालना नगर्ने बानी परेका नेपाली त्यहाँ गएर जथाभावी बाटो काट्न खोज्दा दुर्घटनाको शिकार हुने गरेको छ ।
प्रिय साथीहरु संसारको विभिन्न मुलुक र नेपालमै बसेर पनि ठूलठूला दुःख, कष्ट र संघर्ष गरिरहेका नेपाली मूलबासीहरुको हक, हित र अधिकारको निम्ति संघर्ष गरिरहने प्रतिज्ञा गर्दछु र सबै मूलबासी मंगोल समुदायलाई मंगोल डेमोक्रेटिक पार्टीमा आवद्ध भई शोसक, सामन्ती र धमिरा लागेर मक्किसकेको बाहुनवादी राज्य सत्ताको बिरुद्धमा सशक्त बिद्रोह गर्न हार्दिक आह्वान गर्दछु ।
लेखक- मंगोल डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
No comments:
Post a Comment