गोरखाली हृदयभएका कर्णल ह्यामिशले रुवाए हाउस अफ पार्लियामेण्टमा सबैलाई ।
सन २०१४ मार्च २० तारिखका दिन गोरखा सत्याग्रह आन्दोलनको अती महत्वपूर्ण चरण 'मैखिक गवाही" को क्रममा फिलिपिन्स बाट गोरखाहरुका लागि गवाईदिन आफ्नै खर्चमा आएका कर्णल ह्यामिस आडम को प्रेजेन्टेसन (Oral evidence ) थियो । हाउस अफ पार्लियमेन्ट को कोठा नम्बर १४ गोरखाली दाजुभाइ, दिदीबहिनिहरुले टनाटन भरिएको थियो । मन्चमा सर्वदलिय संसदिय छानविन समिती (APPC)कि अध्यक्ष ज्याकी डोयल प्राइस, अर्का एक एम.पी, साइडमा प्रोजेक्टर स्क्रिन र छेउमा केही रिपोटरहरु थिए । कर्णल
ह्यामिस आडमका वरीपरी नजिकमा सत्याग्रहका पदाधिकारीहरु र उनका बयानलाई प्रमाणितगर्ने साक्षत प्रमाण पात्रहरु थिए । समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले कार्यक्रमलाई औपचारिकता दिए पस्चात, कर्णल ह्यामिसले उनको लिखित बयान वाचनगर्न आरम्भगरे । साथमै रहेकी उनको छोरीले प्रोजेक्टरबाट उनले वाचनगरेका सम्पूर्ण अविलेखहरु सेतो पर्दामा देखाउँदैगईन । उनको तर्कपूर्ण एवम सत्यतथ्य प्रमाणसहितको बयानले, कारीव १५० जती गोरखाली दाजुभाइ, दिदिबहिनीहरुले भरिभराउ कोठा सुनसान भयो । एमपिहरु लगायत सबैको ध्यान कर्णलको बयानमा एकोहोरो केन्द्रित भाईरह्यो । उनले लगातार २ घण्टा लिखित बयान पढिसके पस्चात १ घण्टाको बिश्राम भयो । त्यस पस्चात फेरी लगातार अर्को २ घण्टा बयान वाचनगरे । उनले जम्मा जम्मी लगातार ४ घण्टा बयानदिए । त्यती लामो बयानमा उनले के भने र कस्तो थियो तर्क भन्ने बिषय प्रमुखथियो र हो । उनको बयानमा, त्रिपक्षिय सन्धी अन्तर्गत बेलायतले कुन कुन धारा उपधारा उलंघनगरेर गोरखाहरुलाई कस्ता कस्ता बिभेद गरिएकोछ, भनेर सत्यतथ्य किटानसहित साक्षत प्रमाण (साँक्षी)हरु पेशगरे । सबै खाले पेन्सनको बिषयमा बेलायती समकक्षीहरु भन्दा कती कम दीईन्छ भनेर तुलनात्मक तथ्याङ्क नै प्रस्तुतगरे GOTT, GPS, AFPS बिभिन्न स्वच्छिक नियम थोपरेर अन्याय गरेको दावीगरे । गोरखाहरुले १९९७ अघी बेलायत भन्दा बाहिर देशहरुमा गरेको सेवाहरु पेन्सनको लागि १/३ मात्र गनिने नियम हदैसम्मको अन्याय भएको, र १९९७ को समयसिमा राखिनु नै षड्यन्त्र भएको प्रस्टगरे । बिभिन्न वहानामा १० वर्स नपुगी रिडन्डन्सीमा पठाईेएकाहरुलाई जगेडा पेन्सन नदिएर अन्याय गरेको जानकारी गराए । गोरखा बिधवा पेन्सन सर्भिस पेन्सन भन्दा कम्तीभएको, साथै सबै प्रकारको पेन्सनको क्षतीपूर्ती समेत दिनपर्ने माग दावीगरे । सेवामा छँदा गोरखाहरुलाई रासन, बस्ने ब्यारेक लगायत बिभिन्न सुबिधाहरुमा गरिएको अमानविय बिभेदको बिषयमा तथ्यगत बयान प्रस्तुत गरे । गोरखाहरुलाई १५ वर्सको सेवाकालमा कारीव ३० महिना लङलिभ को नाममा तलव नदिएको रहस्य समेत उजागर गरे । १८ वर्स माथिका गोरखाका छोरा छोरीहरुको बिषयमा, १९९७ भन्दा पहिला गोरखाहरुका परिवार वेलायत ल्याउन नदिएकोले, उनिहरु युकेको ILR/ILE पाउन बाट बन्चित भएकाले, उनिहरुलाई UK आउने बस्ने सहज व्यवस्था मिलाउन पर्ने माग राखे । त्यस्तै, गोरखाहरुलाई १५ बर्षको सेवाकालमा २ देखी ३ वर्ष मात्र आफ्नो परिवार आफु सँग राख्नपाउने अमानविय अन्याय भएको दाबी गरे । बेलायत सरकारले बि.एम.एच धरान उठेपछी नेपालमा भुपु गोरखाहरुलाई स्वास्थ्य सुविधामा ध्यान नदिएको, हाल जे जती औषधी उपचार भईरहेको छ त्यो गोरखा वेलफेयर ट्रष्टको बजेट बाट गरिएको प्रस्टपारे । ईण्डियाले भुपु ईण्डियन गोरखाहरुलाई निसुल्क स्तरिय स्वास्थ्य सुविधा उपल्व्ध गराइरहेको, तर बेलायतले त्यही सुविधा उपलव्ध गर्न नसक्नु लाजमर्दो बिषय भएको दाबीगरे । वेलायत सरकारले ब्रिगेड अफ गोरखाजमा बेलायती सेनामा हुँँदै नभएको नियम, कानून बनाएर निर्दोश गोरखाहरुलाई बिभिन्न किसिमको नसियत दिईेएकोछ, बर्खास्तगरीएकोछ भनेर धेरै उदाहरण प्रस्तुतगरे । यसै शिलसिला उनी क्विन गोरखा सिग्नलको कमाण्डिङ अफिसर छँदा, उनका एकजना कर्पोरललाई बिदेशी महिला विवाह गरेको अभियोगमा नचाहँदानचाहँदै बर्खास्तगर्न परेको तितो अनुभव सुनाउँदै पीडित गोरखा (कर्पोरल) सँग संसदिय समितीको अघी सार्वजनिक रुपमा क्षमा माग्नुभयो । उहाँले भन्नुभयो, " "ब्रिगेड अफ गोरखाजमा भएका बिभेदकारी नियम कानूनहरु खारेज गरी गोरखाहरुलाई वेलायती समकर्क्षीहरु सरह समान तलव सुबिधा कायम गराउन अनेकौं प्रयासगर्दा पनि म एकलो भएकोले असफल भएँ । त्यसैले नचाहँदा नचाहँदै विवश भएर त्यही नियम कानून अन्तरगत तपाईंहरु धेरैलाई कार्वाहीगर्न वाध्यभएँ । यस्कोलागी म तपाईंहरु सबैसँग क्षमा चाहन्छु । यस्तो अमानविय व्यवहारगर्न वाध्यगराउने संगठनमा सेवागरिरहन मेरो नैतीकता, मूल्य र मान्यताले उपयुक्त ठानेन, त्यसैले मैले तत्काल सैन्यसेवा त्यागगरें ।" यो उनको भनाइ सुनीरहेकी छानविन समितिकी अध्यक्ष ज्याकी डोएल प्राइसले केही कुरो बोल्न खोजिन तर गला अवरुद्ध भयो बोल्न सकिनन, आँखाभरी आँसु छछल्की रहेकोथियो । कर्णल सँगै बसेकी उनको छोरीको आँखाबाट आँसु बरर झरीरहेकोथियो । त्यसैगरी हलमा एक प्रकारको सन्नाठा छाएको थियो । उनको वरीपरी बस्ने सत्याग्रहका पदाधिकारीहरु लगायत अरु सबैका आँखा रसाएका थिए । उनका सत्य तथ्य एवम मार्मिक र तार्किक बयान सकिएपछी, जवाफमा APPC कि अध्यक्ष प्राइसले " गोरखाहरु माथि भएको यो घोर अन्याय प्रती म बेलायत सरकारको प्रतिनिधिको हैसियतले क्षमा चाहन्छु I भन्दै आज मलाई आफु बेलायती नागरिक हुनुमा घ्रिणा बोधभएको बताईन । त्यस्तै अर्का समितिका सदस्य एवम साउथहल कण्सीच्यूयन्सी का एम पि ले आक्रोसित भएर " यो एक्काइसौं सताव्धिमा यस्तो अन्यायको पारीकल्पना पनि गर्न सकिदैन । यो अन्यायको बिरुद्धमा लड्न म मेरो ठाउँँबाट मलाई उपलब्ध सबै अधिकार र सामर्थ्य प्रयोगगर्न चुक्नेछैन ।" भनेर प्रतिबद्धता जाहेरगरेकाथिए ।
मलाई सम्पूर्ण बयान सुनिसकेपछी, कर्णल ह्यामिस आडम जस्ता गोरखालीका सबै पिडा महसुसगर्न सक्ने गोरखाली ह्रीदय भएका बेलायती नागरिक अझ सम्बन्धित बिभेदका साक्षत गवाई (कमाण्डिङ अफिसर) पीडित गोरखाहरुको सहयोगार्थ भगवानले उपस्थित गराइदिए जस्तो महसुसभयो । कारण, गोरखाहरुको भेदभावहरुका बिषयमा स्वयम ब्रिटिश नागरिक, त्यसमा पनि ब्रिगेड अफ गोरखाजको बिभेदकारी निती कार्यन्वयन गराउने निकायमा एकदसक बिताएका ब्याक्ती बाट ५५ पृष्ठको प्रतिवेदन र ४ घण्टा लामो मौखिक बयान प्रस्तुतहुनुले यो हामी (गोरखाहरु) ले उठाएका मागहरु सतप्रतिसत जायज प्रमाणित भएकोछ । र उनका प्रतिवेदन भावनात्मक आवेशमा लेखिएको पनि थिएनन । उनले ३ वर्ष खर्चेर नेपाल, बेलायत र भारत समेतको नियम कानून साथै सामाजिक, राजनैतीक, धार्मिक,आर्थिक सबैपक्ष सँगै १९४७ को त्रीपक्षिय सन्धीका धारा उपधाराको सुष्म विष्लेसण गरेर तयार गरेको प्रतिवेदन वेलायत सरकारकोलागि फलामको च्यूरा सावितहुने निस्चितछ । कर्णल ह्यामिशले प्रतिवेदनमा हामी गोरखाहरुले महसुसगरेर पनि भन्न लेख्न नसकेका र हामीलाई थाहै नभएका सबै खाले बिभेदका बिषयहरुलाई समेत ससक्तरुपमा औंल्याउनु भएकोछ । समग्रमा उनको प्रतिवेदन गोरखा आन्दोलनमा कोषेढुँगा साबितहुनेमा कसैको दुईमत छैन ।
अत: हामी गोरखाली/नेपालीहरुले उनको यो अती महत्वपूर्ण योगदानकालागी जती नै आभार व्याक्तगरेपनी, धन्यवाद दिएपनी कम्ती नै हुन्छ ।
कुनै पनि घट्नाक्रम र परिस्थितीले कुनै व्यक्ती र उस्को महत्व उजागर गर्दोरहेछ । आज म सन १९९७ को याद गरिरहेकोछु । त्यसखेर कर्णल ह्यामिश आडम जि.आर.यु ब्रुनेई का डेपुटी कमाण्डेन्ट हुनुहुन्थ्यो । त्यसताका जिआरयु मा २,६०० भन्दा बढी गोरखाहरु कार्यरत थियौं । तत्कालिन कमाण्डेन्ट कर्णल स्कशन र केही विवेकहिन, दासत्व मनोव्रित्तीका गोरखा अधिक्रितहरुले जि.आर.यु का जवानहरुलाई अनावश्यकरुपमा सारिरिक, आर्थिक र मानसिकरुपमा शोषण गरिरहेको अवस्थाथियो ।
यो गोरखा जवानहरुको अवस्था नियालिरहेका डेपुटी ह्यामिशले जि.आर.यु.वेलफेयर मिटिङ को आयोजना गरेर, सबैलाई आफुलाई परेको सबै प्रकारका पिर मर्का निस्चिन्तभएर मिटिङमा सामुहिकरुपमा ल्याउनु भनेर आव्हानगरे । र त्यही उनको आव्हानसंगै GRU मा गोरखाहरुको एकताको सुत्रपात भएकोहो।
अन्तत त्यही एकताले जि.आर.यु मा भएको अन्याय अत्याचारका साथै वेलायत सरकारले गोरखाहरु माथि गरेको बिभेदका बिरुद्ध ४ सुत्रिय मागराखेर अघीबडाइएको आन्दोलनलाई आर्थिक एबम नैतीक सहयोगगरी ससक्तरुपमा अघीबढाउने एेतिहासिक कामगर्यो । मेरो मनमा आँफै एउटा प्रश्न उठ्छ, "के ह्यामिश ले जि.आर.यु मा त्यो अवसर नदिएकाभए, गोरखा एकता त्यती चाँडो सम्भवथियो ? के हाम्रो आन्दोलन अहिले यो स्थितिमा हुन्थ्यो ?
कुनै पनि घट्नाक्रम र परिस्थितीले कुनै व्यक्ती र उस्को महत्व उजागर गर्दोरहेछ । आज म सन १९९७ को याद गरिरहेकोछु । त्यसखेर कर्णल ह्यामिश आडम जि.आर.यु ब्रुनेई का डेपुटी कमाण्डेन्ट हुनुहुन्थ्यो । त्यसताका जिआरयु मा २,६०० भन्दा बढी गोरखाहरु कार्यरत थियौं । तत्कालिन कमाण्डेन्ट कर्णल स्कशन र केही विवेकहिन, दासत्व मनोव्रित्तीका गोरखा अधिक्रितहरुले जिआरयु का जवानहरुलाई अनावश्यकरुपमा सारिरिक, आर्थिक र मानसिकरुपमा शोषण गरिरहेको अवस्थाथियो ।
यो गोरखा जवानहरुको अवस्था नियालिरहेका डेपुटी ह्यामिशले जि.आर.यु.वेलफेयर मिटिङ को आयोजना गरेर, सबैलाई आफुलाई परेको सबै प्रकारका पिर मर्का निस्चिन्तभएर मिटिङमा सामुहिकरुपमा ल्याउनु भनेर आव्हानगरे । र त्यही उनको आव्हानसंगै GRU मा गोरखाहरुको एकताको सुत्रपात भएकोहो। अन्तत त्यही एकताले जि.आर.यु मा भएको अन्याय अत्याचारका साथै वेलायत सरकारले गोरखाहरु माथि गरेको बिभेदका बिरुद्ध ४ सुत्रिय मागराखेर अघीबडाइएको आन्दोलनलाई आर्थिक एबम नैतीक सहयोगगरी ससक्तरुपमा अघीबढाउने एेतिहासिक कामगर्यो । मेरो मनमा आँफै एउटा प्रश्न उठ्छ, "के ह्यामिश ले जि.आर.यु मा त्यो अवसर नदिएकाभए, गोरखा एकता त्यती चाँडो सम्भवथियो ? के हाम्रो आन्दोलन अहिले यो स्थितिमा हुन्थ्यो ?"
दुर्भाग्य नै मान्नुपर्छ, कर्णल ह्यामिश छुट्टीमा देश बाहिर रहेकोबेला जि.आर.यु मा ११ जना डिपोर्टेसन काण्ड मच्चियो । शायद उनी ब्रुनेई मै भएकाभए त्यो घटना नघट्नेथियोहोला !
दु:खको कुरो, त्यही घटनामा निर्दोस उनी (ह्यामिश)लाई पनि बर्खास्त गरियो । हामीले सुल्तानका स्थाई सचिवले "तिमीहरु कुन कमाण्डर चाहन्छौ?" भनेर सोधेका बेला डेपुटी कमाण्डेन्ट ह्यामिश आडम निर्दोसछन, उनलाई हामी कमाण्डेन्टका रुपमा चाहन्छौं भनेकाभए, उनलाई बर्खास्तिबाट जोगाउन सक्थ्यौं होला ! सबै गोरखाहरुको मनमा यो एउटा पश्चाताप रहिरहनेछ ।
कर्णल ह्यामिश आडमले गोरखाहरुका लागि बिगत देखी हाल सम्म जेजती सहयोग गर्दैआएकाछन त्यसकालागी सम्पूर्ण गोरखाहरुका तर्फबाट आभार ब्यक्तगर्दै, हामीले उनलाई अन्याय भएको बेला गर्न,भन्न केही नसकेकोमा क्षमाचाहन्छौं । "SORRY COLONEL !!!"
No comments:
Post a Comment