काठमाडौँ, १० वैशाख । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दोहोरो नागरिकतालाई सरकारले मान्यता नदिएको बताउनुभएको छ ।
संविधानसभा÷व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको आज बसेको पहिलो बैठकमा समितिका सदस्यहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले विदेशी नागरिकता लिने नेपालीको नेपाली नागरिकता खारेज हुने र दोहोरो नागरिकता लिनेमाथि कारबाही हुने बताउनुभयो ।
समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीको सभापतित्वमा भएको उक्त बैठकमा सहभागी सभासद्हरुले आ–आफ्नो क्षेत्रका विविध समस्याबारे गृहमन्त्रालय, रक्षा मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कामकारबाहीबारे ध्यानाकर्षण गराउनुभएको थियो ।
समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीको सभापतित्वमा भएको उक्त बैठकमा सहभागी सभासद्हरुले आ–आफ्नो क्षेत्रका विविध समस्याबारे गृहमन्त्रालय, रक्षा मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कामकारबाहीबारे ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफमा गृहमन्त्री गौतमले कुनै पनि प्रकारका आपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
पहिलेको तुलनामा आपराधिक गतिविधिहरु धेरै कम भइसकेको दावी गर्दै उहाँले कानुन हातमा लिई हिड्ने जो कोहीमाथि कारबाही हुन्छ भन्नुभयो ।
गृहमन्त्री गौतमले सबै किसिमको प्राकृतिक विपद्मा मापदण्डभित्र रहेर राहत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
सर्वसाधारण जनताको हिँड्डुलका लागि बनाइएको फुटपाटमा व्यापार व्यवसाय गर्नु अवैधानिक भएको बताउँदै उहाँले त्यस्तो ठाउँमा जबरजस्ती बस्न कुनै पनि हालत दिइने छैन भन्नुभयो ।
प्रहरीले समातेका चोरीका गाडीहरु विभिन्न सरकारी कार्यालय तथा व्यक्तिहरुले प्रयोग गरिरहेको विषयमा छानविन थाल्ने र दोषी ठहरिएमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै पनि राष्ट्रसेवक कर्मचारीले अन्यत्र काम गर्न नपाउने परिपत्र गरिसकेको उल्लेख गर्दै कार्यालय समयमा कर्मचारी बोर्डिङ स्कूल, कलेज, लोक सेवा तयारी कक्षा पढाउन जाने गरेको भेटिए उसमाथि कारबाही गरिने दृढता व्यक्त गर्नुभयो ।
मन्त्री पण्डितले भन्नुभयो – विदा स्वीकृत गराएर लामो समयसम्म विदेशमा बस्ने तथा अन्यत्र काम गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइनेछ ।
बैठकमा गोपालमान श्रेष्ठ, सीता गुरुङ, गौरीकुमारी ओली, तुलाराज विष्ट, बलवीरप्रसाद चौधरी, प्रभु शाह, रवीन्द्रप्रताप शाह, शिवलाल थापा, अइन्द्रसुन्दर नेम्बाङ, बृजेशकुमार गुप्तालगायतले बजारमा तेलको अभाव, ज्येष्ठ नागरिकहरुबाट गरिएको आन्दोलन, आगलागी तथा विपद्सम्बन्धी घटना तथा राहत वितरणबारे आ–¬आफ्नो जिज्ञासाहरु राख्नुभएको थियो ।
समितिको अर्को बैठक यही वैशाख १६ गते बिहान ११ बजे बस्नेछ
No comments:
Post a Comment