सम्पूर्ण गोरखाहरुका हितका लागि केही समय बिरोध कार्यक्रमहरु स्थगन
श्री पदमबहादुर गुरुङ ज्यू
सभापति
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
केन्द्रिय कार्यसमिती,
बिषय : सम्पूर्ण गोरखाहरुका हितका लागि केही समय बिरोध कार्यक्रमहरु स्थगन गरी सहयोग गरिदिने बारे ।
महोदय :-
उपरोक्त बिषयमा, गोरखा सत्याग्रह संयुक्त संघर्ससमितीले, सम्पूर्ण गोरखाहरुका सबै खाले साझा मुद्धाहरुलाई लिएर गत साल बाट ससक्तरुपमा आरम्भ गरेको आन्दोलन, आज निर्णायक घडीमा आईपुगेको कुरो यहाँँहरु सबैमा सर्वबिधितैछ।
गोरखा आन्दोलनको साँढे दुई दसक लामो ईतिहास मै बेलायत सरकारले पहिलो पल्ट प्रकृयागतरुपमै हाम्रा मागहरु सम्बोधनगर्ने तादरुक्ता देखाइरहेकोछ । गोरखाहरुका सबै खाले विभेदहरु छानविन गर्न गठित सर्वदलिय संसदिय समितिले गोरखाहरुले २०० वर्षसम्म भोगेका अन्याय, अत्याचार र असमानता बिरुद्धका हाम्रा निबेदनहरु, लिखित प्रमाणगरु, मौखिक प्रमाणहरु लाई अती गम्भिरताका साथ लीइ गहन छानविन गरिरहेकोछ । यो छानविन समितिले आयोजना गरेको मौखिक सुनुवाईका क्रममा, प्रस्तुत भएका, बेलायती नागरिक एवम ब्रिगेड अफ गोरखाजका तत्कालिन
कमाण्डिङ अफिशर, कर्णल ह्यामिश आडमको ५५ पृष्ठ लामो बिभेदका सप्रमाण बयान, डाक्टर डेभिड ओ' ह्यालोरान को गोरखाहरुलाई भएको अन्याय असह्य भएका कारण आफ्नो जीवन उत्सर्ग गर्न अमरण
अन्सनमा आएको बयान र अक्सफोर्ड विश्वविधालयका प्रोफेशर डेभिड ग्याल्नर सहितको सिएनएस यूकेको गोरखा बिभेद सम्बन्धीको शोधपत्र साथै एक मात्र जिवित ब्रिटिश गोरखा भिक्टिरिया क्रश विजेता क्याप्टेन रामबहादुर लिम्बु को बयानले हाम्रा मुद्धाहरु अझ अती ससक्त बनेकाछन ।
गोरखा बिभेदका बिषयमा क्याप्टेन रामबहादुर लिम्बु भिसी संग एएफपी द्वारा गरिएको अन्तरवार्ताले अझ विस्व भरिका संचार जगत
गोरखामय बनाइदिएकोछ।
त्यसर्थ हामी अती आशावादी छौं ; कि यसपल्ट बेलायत सरकारले यो वा त्यो को वहाना वाजिमा उम्कन पाउनेछैन ।
त्यसर्थ, हामी सबै गोरखाजन्य संस्थाहरु साथै प्रत्येक गोरखाहरुले, यो आन्दोलनको नतिजा प्राप्त नभईन्जेल, आन्दोलनलाई असहयोग हुने, हाम्रा मागहरुसँग बाझीईने बिषयहरु वा गोरखाहरु बिचमा अन्तरबिरोध देखिने प्रकारका गतिबिधीहरुलाई निशर्त बन्दगर्नुपर्दछ।
यसै शिलसिलामा, हाल 'गेसो' द्वारा ८ मे २०१४ कादिन बेलायती प्रधानमन्त्री कार्यालयमा जुलुसगर्ने भनेर एस.एम.एस द्वारा सुचना प्रवाह भैईरहेकोले, गोरखा सत्याग्रह संयुक्त संघर्ससमितिको तर्फबाट साथै विश्वभरी छरिएर रहेका आम गोरखाहरुका आग्रह र भावनालाई कदर गर्दै, उक्त जुलुस कार्यक्रम लगायतका बेलायत सरकारलाई अहिलेको स्थितिमा लिस्नु (सिंडी) बन्न सक्ने कुनै प्रकारको कार्यक्रमहरु यो एेतिहासिक आन्दोलनको पारीणाम नआईन्जेलसम्म स्थगन गरिदिन गम्भिर अनुरोधगरिन्छ ।
मुख्य कुरो, हामी सम्पूर्ण गोरखाजन्य संस्थाहरु बेलायत सरकारले २०० वर्ष देखी गोरखाहरु माथि गर्दै आएको असमान बिभेदहरुको समुल अन्त्य गरी समान हैसियत एवम समान अधिकार स्थापित गर्ने एउटै मात्र उद्धेस्यलिएर गठन भएकाहौं । आन्दोलन गर्ने शैली, बिचार बेग्ला बेग्लाई भएपनी, हामी सबैको लक्ष र गन्तव्य एउटैहो ।
गेसोद्वारा उठाइएको मागहरु जस्तै, सन २००९ मा घोषणा गरेको भनिएको अधिकार र सुविधाहरु अनी बेलायती रक्षामन्त्रालयसंग भएको भनिएको सहमतीहरु,यथार्थ भईदिएको भए, सन २००९ या २०१० तिर नै कार्यन्वयन हुन पर्दथ्यो । र अहिलेको यो जीवन मरण सम्मको चुनौतीपूर्ण "सत्याग्रह" आन्दोलन गर्न पर्दैन्थ्यो ।
तर अहिले सम्म त्यसो भएन, बरु कुनै सहमती एवम घोषणा नभएको अधिकारिक धारणा सार्वजनिक गरीरहेकोछ, बेलायती रक्षामन्त्रालय ले । अब फेरी बेलायतको रक्षा मन्त्रालय संग हो, र हैन, को बहसगर्न थालियो भने त्यो मुद्धा सत्याग्रहको यो अवस्थामा (निर्णायक मोडमा) आईपुग्न अरु दसक बढी लाग्न सक्तछ । त्यती खेर गोरखाहरुले मुद्धा जित्नु,नजित्नु र अधिकार पाउनु,नपाउनुको कुनै अर्थ रहँदैन ।
अन्तत: गेसोले आन्दोलनगरेर प्राप्तगरेपनी तिनै अधिकार र सुबिधाहरु हुन, र सत्यग्रह आन्दोलनबाट प्राप्तहुने पनि तिनै अधिकार र सुबिधाहरु !
त्यसैले यो हजारौं गोरखाहरु र लाखौंं तिनका शन्ततिहरुको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सम्बेदनशील बिषयलाई हामी कसैले पनि ब्याक्तिगत वा संस्थागत प्रतिस्ठाको बिषय नबनाउँ । ब्याक्तिगत स्वार्थको दायरा बाट अलग रहेर सामुहिक हितलाई सर्वोपरी ठान्यौं भने, हामी सही मार्ग पहिचान गर्न सक्तछौं, सही मार्ग बाट यात्रा तयगरियो भने अवस्य गन्तव्यमा पुगिन्छ । हामी सबैको जीतहुन्छ, कोही पनि हार्दैनौं ।
अर्को कुरो के स्मरण गराउन चाहन्छु भने; गेसो ले उठाएका सबै खाले मागहरुसहित,अरु थप मागहरु गोरखा सत्याग्रहले अझ बिस्त्रितरुपमा एपिपिसी मार्फत ससक्त एवम सप्रमाण उठाएको यथार्थ सबैकालागी सार्वजनिक भईसकेकोछ ।
गोरखा सत्याग्रहले अख्तियार गरेको आन्दोलन केही महिनाभित्र निर्णायक मोडमा पुग्ने प्राय निश्चितछ । त्यसर्थ हामी सबैले साकारात्मक सोचका साथ सत्याग्रहका माध्यमबाट हाम्रामागहरु सतप्रतिसत सम्बोधन गराउने ईमान्दार पहल गरौं । यदी यसबाट हाम्रालागी अनुकुल पारीणाम आएन भने, परिस्थिती अनुसार गेसोले अख्तियार गरेको आन्दोलनमा एकाकार भएर पनि हाम्रो साझा माग पुरागराउन तत्पर रहनपर्दछ ।
त्यसैले, अहिलेको स्थितिमा, उ,म,उस्को, मेरो, उस्लाई, मलाई, भन्ने संक्रिर्ण सोंचलाई त्यागेर, एउटै उद्धेस्यका लागि एउटै आवाज लिएर अघी बढ्नुको बिकल्प छैन । र यस्तो अवसर फेरी फेरी प्राप्तहुने कुनै सम्भावना पनि छैन ।
अन्त्यमा, हामीले व्याक्तिगत एवम संस्थागत सोच भन्दा माथि उठेर, सम्पूर्ण पीडित गोरखाहरु तथा तिनका शान्ततिहरुको वर्तमान र भविश्य प्रती उत्तरदायी भूमिका निर्वाह गर्न सक्नु पर्दछ । साथै सबै गोरखाहरुले आत्मा देखी नै अन्तिम र निर्णायक, स्विकार गरेको यो आन्दोलन, यदी हामीकसैको कारण असफल भयो भने हजारौं गोरखाहरु र लाखौंं तिनका शन्ततीहरुबाट हामी कोहिपनी क्षम्य हुने छैनौं । र ईतिहासमा कलंकित हुन त छँदैछ ।
पूनश्च:
गोरखाहरुलाई ईतिहास मै पहिलो पल्ट न्याय दिन बेलायत सरकार वाध्य बनिरहेको यो महत्वपूर्ण अवशरमा,कुनै पनि प्रकृयालाई बिषयान्तरगर्ने, बिरोध, जुलुसले अन्तत, बेलायत सरकारलाई नै सहयोग पुग्दछ । त्यसैले गेसो जस्तो गोरखा आन्दोलनको जननी संस्थाले साकारात्मक भई सम्पूर्ण गोरखाहरुको भावना र अनुरोधलाई मध्य नजर राखेर ८ मे २०१४ को बिरोध कार्यक्रम र अन्य त्यस प्रकारको गतिबिधिहरु, एपिपिसी ले गरेको छानविनको परिणाम नआईन्जेल सम्म स्थगन गरिदिन गोरखा सत्याग्रह संघर्स समिती तथा आम गोरखाहरुका तर्फबाट बिनम्र अनुरोध गरिन्छ ।
धन्यवाद !
भवदिय :
सन्तोष थलङ (लिम्बू)
प्रमुख संयोजक (यूके/नेपाल)
गोरखा सत्याग्रह संयुक्त संघर्स समिती
यूके/नेपाल
Mob: 07961830312
Mail: sthalang@yahoo.co.uk
मिती: २९ मे २०१४

No comments:
Post a Comment