काठमाडौ, कात्तिक ४–विज्ञहरुले संविधानसभा निर्वाचनमा सेना परिचालनले दिर्घकालीन रुपमा द्वन्द्व बढाउने काम गरेको बताएका छन् ।
सोमबार
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सैन्यविद् डा. इन्द्रजीत
राईले संविधानमा उल्लेख नै नभएको विधिबाट सेना परिचालन भएकाले व्यारेकमा
फर्कने वा नफर्कने स्पष्ट नभएको भन्दै भने, ‘यसबाट प्रष्ट हुन्छ कि मुलुकमा
द्वन्द्व दीर्घकालीन रुपबाट बढ्ने खतरा आयो ।’
‘सेनाले
देशको सुरक्षा गर्न सक्छ भन्ने कुरा सही होइन’, उनले अगाडी भने, ‘यो त
एउटा तत्व मात्र हो, प्रजातान्त्रिक देशमा सेनाको भूमिका कतिवेला आउँछ
भन्ने कुरा नबुझिकन परिचालन गर्ने काम भएको छ ।’
राईले
साउथ ब्लकको आदेशमा चार दल र रेग्मी सरकारले सेना परिचालन गरेको दावी पनि
गरे । उनका अनुसार यसले गर्दा यहाँका प्रतिगामी नेता र जर्नेलहरु मर्न
सक्छन् । पूर्व सभाषद समेत रहेका राईले सेनालाई हतियारको रुपमा प्रयोग
गरिएको संविधानसभा चुनाव त केबल नाटक मात्रै भएको बताउँदै भने, ‘असंवैधानिक
सरकारले गर्ने भनेको चुनावी नाटकबाट देश असफल बनाउने काम भएको छ ।’
नेपाली
सेनालाई आतंक निर्माण गर्न लगाएकोमा आपत्ति जनाउदै सैन्य विद डा.
इन्द्रजीत राईको तर्क छ, ‘जनता निर्णयक हुने भएकाले ३३ दल कि चार दलको
सिण्डीकेट भनेर छुट्याउने बेला आएको छ ।’
यसैगरी
द्वन्द्वविद् विष्णुराज उप्रेतीले सेना परिचालनले सैनिकरणको चिन्तनमा
विकास भइरहेको बताए । उनले अगाडि भने, ‘जसरी पनि चुनाव भन्ने र जसरी पनि
बहिस्कार भन्ने शब्दले सेना परिचालन भएको देखिएपनि आम जनताले असुरक्षित
भएको महशुस गर्न थालेका छन् ।’
राज्यले
सबभन्दा ठूलो धनराशी खर्च गरेर सेना परिचालन गर्दा नेपाली समाज विभाजित
भएर दीर्घकालीन असर पर्न सक्ने दावी उनले पनि गरे । डा. उप्रेतीले भने,
‘जुन स्प्रीडमा संविधान बनाउन चाहेका थियौ, त्यो अनुरुप दलहरुले काम नगरेको
र त्यो वातावरण नबनाई गरिने चुनावले अन्ततः द्वन्द्व नै निम्त्याउने हुन्छ
।’ उनले त्यसको न्यनिकरण मिडियाले मात्र गर्न सक्ने तर्क राखे ।
यसैगरी
नेपाली सेनाका पूर्व उपरथी अनन्तबहादुर थेवेले सेना परिचालन नागरिक
प्रशासनलाई सहयोग गर्न र राष्ट्रिय स्वार्थको हितमा काम गर्न भएको र त्यो
कुरा पनि नेपाली जनताले विश्वास गर्नपर्ने बताए । ‘यही चुनाव पनि बेग्लै
परिस्थिति र वातावरणमा भएको भए चुनाव सार्थक हुन सक्थ्यो, तर यतिबेलाको
चुनाव निष्पक्ष रुपमा भयो भने पनि संविधान बन्छ कि बन्दैन भन्ने स्थिति
कायमै छ’ उनले भने ।
नेपाली
सेना आफ्नो कमाण्डमा रहने भएकाले यसबारे कुनै द्वन्द्व सिर्जना गर्ने
तरिका अपनाउन नहुनेमा जोड दिदै पूर्व उपरथी थेवेले माओवादी पनि जिम्मेवार
राजनैतिक दल भएकाले चुनावलाई आधार बनाएर द्धन्द्ध निम्त्याउने वा अरु
हस्तक्षेप निम्त्याउने काम गर्न नहुने बताए ।
No comments:
Post a Comment