अबको सरकार उत्पीडित समुदायको !!
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपालको
१) जातीय/सामुदायिक ऐतिहासिक थातथलो, सभ्यता, पहिचान र सामर्थ्यका आधारमा आत्मनिर्णयको अधिकारयुक्त स्वायत्त प्रदेश, क्षेत्र निर्माण गर्न ।
२) जातीय मुक्तिका लागि स्वायत्त शासन, वर्गीय मुक्तिका लागि जनतान्त्रिक समाजवाद स्थापना गर्न ।
३) सन् १९५० लगायतका असमान सन्धिसम्झौताहरु खारेज गरी समानता र आपसी हितका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न ।
४) बहुराष्ट्रवाद (एक राज्य धेरै राष्ट्र/जातिहरु) को अवधारणाअनुरुप आन्तरिक तथा बाह्य राष्ट्रिय मुक्ति आन्दोलनका माध्यमबाट मुलुकको राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्न ।
५) प्रतिगामी-पुनर्उत्थानवादी र यथास्थितिवादीलाई परास्त गरी धर्मनिरपेक्षता, पहिचानसहितको संघीयता र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तथा सबै जात जाति भाषा लिङ्ग धर्म वर्गको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यपुनःसंरचना गर्न ।
६) राष्ट्रिय पुँजिवादी औद्योगिक क्रान्ति सम्पन्न गरी २० बर्षभित्र गरिवीको रेखामुनि रहेका विपन्न, सुकम्बासी, भूमिहीन किसान, बालश्रमिक, बधुवा मजदुर, चेलीबेटी बेचबिखन, दण्डहीनता, महिलाहिंसा, बेरोजगार, भ्रष्टाचार, श्रमिक मात्र उत्पाद गर्नेदेशको कलंक, आदिबाट मुक्त सुशासनयुक्त आत्मनिर्भर अर्थतन्त्रसहितको “नयाँ नेपाल, हाम्रो नेपाल र समृद्ध नेपाल” निर्माण गर्न ।
७) नयाँ संविधानमा गास, बास, कपास, खाद्य सुरक्षा, बाँच्नपाउने ग्यारेन्टी, स्वच्छ बातावरण, शिक्षा, स्वास्थ्य, असहाय, अपांग, बृद्धबृद्धाको जिम्मा राज्यबाट सुनिश्चित गर्नेजस्ता आधारभूत अधिकार मौलिक हकका रुपमा लेखाउन ।
८) सामाजिक आर्थिक सांस्कृतिक अधिकार, महिला, बालबालिका, श्रमिक, आदिवासीजाति तथा जनजाति अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र घोषणापत्रलाई कार्यान्वयन गर्न ।
९) सम-न्यायिक र समतामूलक समाज निर्माणका लागि आदिवासी (मूलबासी) लाई प्राकृतिक स्रोतसाधनमा अग्राधिकार, महिलालाई बिशेषाधिकार, दलितलाई क्षतिपुर्ति सहितको आरक्षण, सिमान्तकृत धार्मिक भाषिक जातीय अल्पसंख्यक तथा दुर्गम भेकका पिछडा वर्गलाई राजनैतिक अग्राधिकार सुनिश्चित गर्न ।
१०) आदिवासी (मूलबासी), दलित, महिला, मधेसी, खसआर्य प्रतिनिधि सम्मिलित ५ सदस्यीय आलंकारिक राष्ट्रपतीय मण्डल र संसदको ठूलो दलको नेतृत्वमा अन्य दलहरु सम्मिलित सहमतीय शासन प्रणाली स्थापना गरी अल्पमत र बहुमतको नाममा सरकार बनाउने र गिराउने खेल समाप्त पार्न ।
११) नेपाली शैलीको समाजवादी जनतन्त्रको राजनीतिक विचार र कार्यदिशाको उचाईमा विकास र अभ्याश गर्न ।
सम्पूर्ण उत्पीडित जात, जाति र श्रमजीवीहरु -एकजुट होऔं !
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल - जिन्दावाद !
परशुराम तामाङ
अध्यक्ष
सम्पूर्ण ताम्सालीङवासीहरु -एकजुट हौं !
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
ताम्सालीङ स्वयत्त राज्यपरिषदको अपिल
१. डम्फू चिन्हमा भोट दिऔं, संघीय गणतान्त्रिक समाजवादी पार्टी र उमेदवारलाई विजय गराऔं !
ड्ड आत्मनिर्णय अधिकारसहितको ताम्सालीङ राज्य – सुनिश्चित गरौं !
ड्ड धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक समावेशी राज्य – सुनिश्चित गरौं !
३. पहिचानसहितको संघीयता, संघीयतासहितको जनसंविधान,
ड्ड जातीय मुक्तिको लागि स्वायत्तता र वर्गीय मुक्तिको लागि जनतान्त्रिक समाजवाद,
ड्ड यही हो संघीय गणतान्त्रिक समाजवादी पार्टीको अभियान !
४. थामी, चेपाङ, योल्मोपा, सुनवार, माझी, बोटे, दनुवार, शेर्पा, आदिको अग्राधिकार,
ड्ड महिला दलित विपन्नलाई विशेषाधिकार,
ड्ड उत्पीडित समुदायको नेतृत्वमा अबको सरकार,
ड्ड हाम्रो पार्टीलाई जिताउने मूल आधार !
जनतान्त्रिक समाजवाद- जिन्दावाद !
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल- जिन्दावाद !
मुक्ति अभिवादन
तेम्ब्रेल तामाङ
संयोजक
सम्पर्क नं. : ९८५११६०६६७
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
लिम्बुवान स्वायत्त राज्य परिषदको अपिल
ऐतिहासिक, सा“स्कृतिक सुसम्पन्न लिम्वुवान, हाम्रो मुक्तिकामी अभिवादन !
१. डम्फू चिन्हमा भोट दिऔं, संघीय गणतान्त्रिक समाजवादी पार्टी र उमेदवारलाई विजय गराऔं !
आत्मनिर्णय अधिकारसहितको लिम्बुवान राज्य – सुनिश्चित गरौं !
धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक समावेशी राज्य – सुनिश्चित गरौं !
२. स्वायत्तताभित्र स्वायत्तता, पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, यही हो हाम्रो अभियान !
३. भावी संविधानमा महिला दलित विपन्नलाई विशेषाधिकार,
उत्पीडित समुदायको नेतृत्वमा अबको सरकार,
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाललाई जिताउने मूल आधार !
सम्पूर्ण भुमीपुत्र किराँतीहरु -एकजुट हौं !
जनतान्त्रिक समाजवाद -जिन्दावाद !
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल-जिन्दावाद !
मुक्ति अभिवादन
दिलिप सुब्बा लिम्बु
संयोजक
सम्पर्क नं. ९८१३१७१५१५
बरु मर्छ किराँती लडाईमा तर गुमाउदैन आफ्नो शान !
बाँचि निर्माण गर्छ किराँत राज्य तर गुमाउदैन आफ्नो अस्तित्व र पहिचान ! !
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
किराँत /खम्बुवान स्वायत्त राज्य परिषदको अपिल
१. डम्फू चिन्हमा भोट दिऔं, संघीय गणतान्त्रिक समाजवादी पार्टी र उमेदवारलाई विजय गराऔं !
ड्ड आत्मनिर्णय अधिकारसहितको समावेशी किराँत÷खम्बुवान राज्य - सुनिश्चित गरौं !
ड्ड धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक समावेशी राज्य - सुनिश्चित गरौं !
३. उत्पीडित समुदायको नेतृत्वमा अबको सरकार,
ड्ड भावी संविधानमा महिला दलित विपन्नलाई विशेषाधिकार,
ड्ड हाम्रो पार्टीलाई भोट दिनुपर्ने मूल आधार !
सम्पूर्ण भुमीपुत्र किराँतीहरु – एकजुट हौं !
जनतान्त्रिक समाजवाद – जिन्दावाद !
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल – जिन्दावाद !
मुक्ति अभिवादन
खेमराज राई
संयोजक
सम्पर्क नं. ९८४२०३८९१३
सम्पूर्ण उत्पीडित जात, जाति र श्रमजीवीहरु – एकजुट होऔं !
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
खसान स्वायत्त राज्य परिषदको अपिल
१. डम्फू चिन्हमा भोट दिऔं, संघीय गणतान्त्रिक समाजवादी पार्टी र उमेदवारलाई विजय गराऔं !
आत्मनिर्णय अधिकारसहितको समावेशी खसान राज्य-सुनिश्चित गरौं !
धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक समावेशी राज्य-सुनिश्चित गरौं !
३. भावी संविधानमा महिला दलित विपन्नलाई विशेषाधिकार,
उत्पीडित समुदायको नेतृत्वमा अबको सरकार,
हाम्रो पार्टीलाई जिताउने मूल आधार !
४. पहिचान र सामथ्र्यसहितको संघीयता, खसानसहितको जनतान्त्रिक संविधान,
पौराणिक खस भाषा संस्कृति जोगाउने तर भेदभाव, भोकरोग मेटाउने,
यही हो संघीय गणतान्त्रिक समाजवादी पार्टीको अभियान !
सम्पूर्ण खसआर्यहरु-एकजुट हौं !
जनतान्त्रिक समाजवाद-जिन्दावाद !
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल जिन्दावाद !
मुक्ति अभिवादन
मन बहादुर सिंह
संयोजक
सम्पर्क नं. ९८४३४९५५२९
No comments:
Post a Comment