Friday, February 14, 2014

नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।



“मेरो सानो दुःखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया” यो भनाई नै यसकारण गतल छ की पृथ्वीनारायण शाहले तामाङ राज्यहरूको अन्त्यसँगै गरेको यो छोटो वाक्यलाई हेर्दा लाग्छ हामी तामाङहरू त्यस समयमा पक्कै पनि यी हिन्दू आर्यन बाहुन छेत्रीहरू सँग डराउने पक्षमा थिएनौ रहेछ ।
दुःखको कुरो सोझो रूपमा तामाङरूसँग लड्न नसकेपछि जालझेल गर्दै वार्ताको वा छलफलको नाममा नेपालको विभिन्न  स्थानमा  रहेका तामाङ राजाहरूलाई विना हातहतियार खोलाको बगरहरुमा बोलाई निशस्त्र पारी हत्या गरेको कुरा सुन्दा आज पनि तामाङ समुदायको समुदायको युवा-युवतीहरुको नसा-नसामा रक्तसंचार भएर आउँछ । 
हामी मूलबासी मंगोल तामाङहरुलाई  हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले बिगतमा मासिने मतवाली र आहिले आदिबासी जनजाती भनेर सम्बोधन गर्ने गरेको छ । तर अहिले आएर यिनै हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले फेरी बोली फेरेर आफैलाई आदिवासी भन्न थालेका छन् ।  यही कारण यो देशको असाली मंगोल भुमिपुत्र मूलबासी तामाङ समुदायले केही सोच्नै पर्ने बेला भएको छ । को हो मूलवासी ? किन मूलवासी ? कसरी मूलवासी ? र को हो आदिवासी ? किन आदिवासी ? कसरी आदिवासी ? हिजो दुई दिन आन्दोलन गरेको भरमा हिन्दू-आर्यन बाहुन-छेत्रीहरु आदिवासी भए रे, कसरी भए आदिवासी, के आधार छ उनीहरुमा ? यो देशको प्रत्येक माटोले बोलीरहेको छ यो देशको बास्तबिक मूलवासी र आदिबासी को हो भने र? तसर्थ यो देशको बास्तबिक मूलबासी हामी तामाङहरुनै हो । हामी तामाङहरुनै यो देशको मूलबासी हो भन्ने कुरा इतिहास, भाषा, संस्कृति, कला, अनुहार सबै कुराले बोलेको छ । तामाङहरु मात्र नभई यो देशको सम्पूर्ण मंगोलहरू यस देशका मूलबासी हुन् ।
आज हिन्दू-आर्यन बाहुन-छेत्रीहरुको छलकपटमा परी तामाङ, शेर्पा, राई, लिम्बु, गुरुङ्, मगर, थारु, नेवार आदिले राज्य गुमाए, नाक काटिए, घाँटि रेटिए, मंगोलहरूको इतिहास जलाए, भत्काए, पुरे कसरी यो देशको असाली मंगोल भुमिपुत्र मूलबासी मंगोलहरुको इतिहास रहोस् । आफ्नो इतिहास उदाउन के सम्म गरेनन् यी हिन्दू-आर्यन बाहुन-छेत्रीहरूले । लिम्बुहरूलाई सुब्बाको पगरी गुथाउदै विर्ता जग्गाको लोभमा पार्दै लिम्बुहरुको राज्य सडयन्त्र र छलकपट पुर्ण तरिकाले हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले लिएको सत्य इतिहास हिजो जस्तो लाग्छ । हो, हामी पनि नेपाल टुक्र-टुक्रा भएको हेर्न चाहँदैनौ, हिन्दू-आर्यन बाहुन-छेत्रीहरुलाई भन्दा बढी यो देशको माया हामी मूलबासी मंगोलहरुलाई छ । होहल्ला गरेर मूलबासी मंगोलहरुले देश टुक्र्याउन खोजे भनेर  हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले बोलेको सुन्दा लाग्छ आज यिनीहरू कसरी अनुहार देखाउन लायक भएर बसेका होलान् । देश र माटोको माया लागेकै हो भने हिजो अङ्ग्रेजले आफ्नो भूमि फिर्ता गराउँदासम्म किन गएन यिनीहरू आफ्नो सीमामा झण्डा गाड्न ? किन दरबारमै बसे झगडा गरेर? हिन्दू-आर्यन बाहुन-छेत्रीहरु देश विस्तारै गुमाउँदै वा बेच्दै जाने अनि  मूलबासी मंगोल समुदायले देश टुक्र्याउनलाग्यो भन्ने ? 
“मेरो सानो दुःखले आर्ज्याको मुलुक होइन” भन्ने ? यो मुलुक पृथ्वीनारयण शाहले आर्ज्याको होइन । यो नेपाल देश त मूलबासी मंगोल समुदायले आर्ज्याको मूलुक हो । अर्काको राज्य मासेर आर्ज्याको भन्नु कदापी उचित नहोला । यो मुलुक आर्जिनुमा तराईमा ती थारुहरूले औलो, बाघ, भालु र गोमन सर्पहरूसंग लडाई खेल्दै जुझ्दै उर्वरभूमि बनाएका थिए भने पूर्वमा राई लिम्बूहरूले, पश्चिमतिर गुरुङ र मगरहरुले बनाएका थिए ।  थिए, काठमाडौं वरिपरि तामाङहरूनै थिए । कहाँ दुःखले आर्ज्याको मुलुक भनेको, नेपाल त मूलबासी मंगोलहरुले दुःखले आर्ज्याको मुलुक पो हो । पृथ्वीनारायण शाहले होइन । हाम्रो उत्पती यही नेपाल भुमिमा भएको हो । यस भूमीमा आवाद गर्ने वस्ने हामी मूलबासी मंगोलहरु नै हो भने  हिन्दू-आर्यन बाहुन-छेत्रीहरू आदिवासी हुने यो कस्तो प्रपञ्च हो ? हिन्दू-आर्यन बाहुन-छेत्रीहरू आज विभिन्न बहानामा यो देशको असली आदिवासी हामी हौ भनेर भनिरहेका छन् । आज सोझा थारुहरूलाई झुक्याएर आफ्नो हातमा जग्गा हडप्ने कार्य गरेको देख्दा लाग्छ यिनीहरूलाई ....... । यहाँका वास्तविक मूलबासी मंगोल समुदायलाई पाखा लगाउँदै नक्कली आदिवासीहरूको चुरीफुरी छिचिमिरा जस्तो गरि किन उदाएका होलान् । गर तिमिहरूनै माथिल्लो निकायमा बसेर के-के गर्न मनलाग्छ । कसलाई आदिवासी बनाउने कसलाई मूलबासी । आफूलाई कस्तो कस्तो निर्णय गर्न मनलाग्छ गर । यो माटोले जन्माएको र बनाएको वास्तविक मूलबासी आज पनि तिमिहरूको चोट पाएर बोल्न नसक्ने अवस्थामै छन् । काठमाडौंको दरबारहरू बनाउँदा तिमीहरूले यस क्षेत्रको वरिपरिको तामाङहरूको पसिना कसरी चुसेको छौ भन्ने कुरा काठ्माण्डौमा रहेका राणाहरूका ठूलाठूला दरबारले बोलिरहेको छ । तामाङहरूरुलाई हिटलरको श्रम सिबिरमा बन्दी बनाएर राखे जसरी काम लगायौ । आजसम्म यसरीनै प्रयोग गरिरहेका छौं, अझ सक्छौ भने निर्धक्क भएर काठमाडौं वरिपरिको तामाङहरूलाई प्रयोग गर? आफ्नो मनलागि गर? अझ पनि यी तामाङहरू मस्त निद्रामै छन् तिमिहरूको विष खाएर । 
हामी तामाङ भएर गर्व गर्न सिक्नुपर्छ । त्यसैले सबै तामाङहरुले दोङ, बल, योन्जान, मोक्तान, गोले, थोकार भनेर होईन तामाङ बनेर तामाङ भएर तामाङ लेखेर र लेखाएर चिनिनु पर्छ । तामाङ भएर तामाङ भन्न किन लजाउने? गर्वकासाथ तामाङ भनौ, तामाङ लेखौ  । तामाङ शब्दको ठाउँमा अन्य शब्द थरहरुको प्रयोग कम गरौं । जसको विविध कारणले गर्दा तामाङ शब्दको ठाउँमा अन्य शब्द पर्न गएको भए कोठा दिएर अन्तमा (तामाङ) लेखे उचित हुने छ । हामी र हाम्रो भाबी सन्तती शिक्षित र सुयोग्य बन्न नितान्त आवश्यक छ । हामीले राम्रो शिक्षा पाए हाम्रो पिढीलाई पनि सहि मार्गनिर्देश गर्न सक्ने छौ । शिक्षा भन्ने कुरा विद्धालय र विश्वविद्धालयमा मात्र हुँदैन । बाटोमा झरेका चुरोटको खोलमा पनि शिक्षा हुन सक्छ । जस्तो सुकै भए पनि शिक्षा राम्रो र नराम्रो, तेरो मेरो, बाहुन गैह्रबाहुनको भनेर भाग लगाउनु भन्दा आफूले सक्ने र आफ्नो क्षमतामा भए सम्मको कुनै पनि शिक्षा लिनु उचित हुन्छ । हामी सक्षम हुनको लागि पहिले हामीलाई शिक्षाको खाँचो परिरहेको छ । हामी माथि हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले गरेको अन्यायको हिसाबकिताब खोज्नु पर्ने वेला आईसकेको छ भईसकेको छ । अहिले हामी आफै हिसाबकिताब गर्न नसक्ने अवस्थामा पनि हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले भनेको कुरा माथि टाउको हल्लाएर झुक्ने होईन निर्धक्का साथ छाती खोलेर लड्ने साहस गर्नु पर्छ ।  
अन्तमा-यो स्मारिका प्रकाशनको लागि सहयोग गर्नु हुने अग्रजदाई नेपाल बिद्धार्थी संघको केन्द्रीय सदस्य अन्जान लामा, विना झन्झट कम्प्युटरमा सेटिङ् गरिदिनुहुने आदरणीय दाई विष्णु मोक्तान, तामाङ समुदायको अस्तित्व र मूक्तिको निम्ती संघर्ष गर्नु पर्छ लड्नु पर्छ भनेर  झक्झकाउनु हुने मंगोल डेमोक्रेटिक पार्टीका महासचिब कृष्ण बहादुर तामाङ र अमरदीप मोक्तानमा विशेष आभार प्रकट गर्दछु ।  
थुजेछे (धन्यवाद)

नोट: नेपाल तामाङ बिद्धार्थी घेदुङ त्रीभुवान बिश्वबिद्धालय ईकाई समितीद्वारा प्रकाशित 'ह्याङ्ला  कायि' स्मारिका २०७० मा प्रकाशित सम्पादकीय । 'ह्याङ्ला  कायि' स्मारिका २०७० प्रकाशित भईसकेको छ सबै तामाङ समुदायले आफ्नो प्रती सुरक्षित राख्नु होला । 


No comments:

Post a Comment