Sunday, February 2, 2014

ल्होछार मनाउँदै कुबेतमा नचाए मिलन लामाले (फोटोफिचर)


-नवराज पन्थी
कुवेटसीटी । नेपाल तामाङ्ग घेदुंग कुबेतले २८५० औँ सोनाम ल्होछार भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ । नेपालकै चर्चित गायक मिलन लामा र म्यादु माया गायिका रमला पाख्रिनको साथमा स्थानीय कलाकारले शुक्रबार कुबेत तताएका थिए । सोनाम ल्होसारको पहिलो चरणमा मध्यान्ह १२ बजे देखि बौद्ध धर्म र तामाङ संस्कृति अनुशार लामा गुरुहरुले पुजापाठ गरिएको थियो भने भगवान बुद्दको जन्मभूमि लुम्बिनीको झल्को दिने गरी भगवान बुद्ध र कार्यक्रम स्थललार्इ आकर्षण पाराले सजाइएको थियो।1
नेपाली राजदूत, नेपाली संघ संस्थाका प्रतिनिधि एबम् उपस्थित सबैलाई भगवान बुद्धको दर्शन गर्ने राम्रो प्रबन्ध मिलाईएको थियो । दोश्रो चरणमा सोनाम ल्होछार भब्य साँस्कृतिक कार्यक्रमको कुबेतका लागि महामहिम राजदूत मधुवनप्रसाद पौड्यालले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । आफ्नो शुभकामना मन्तब्य दिँदै राजदुत पौड्यालले प्रबासी भूमिमा पनि नेपाल कै झल्को दिने गरी आफ्नो कला संस्कृति जोगाउन तामाङ्ग घेदुंग सक्रियता पुर्वक लागेकोमा खुशी व्यक्त गर्दै उपस्थित सबैमा सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका थिए ।2
त्यसपछि सुरु भयो साँस्कृतिक धमाका । अशोक लामा, सन्जु तामाङ, मन्दी प्रधान र बबिता तामाङ्गले स्वागत नृत्य प्रस्तुत गर्ना साथ कार्यक्रमका मुख्य आकर्षण र केन्द्रबिन्दु मानिएका लोक गायक मिलन लामा मन्चमा प्रवेश गरे हुटिंग शुरु भई हाल्यो । आफ्ना नयाँ पुराना एल्बमका थुप्रै गीतहरुले मरुभूमिको चिसोमा कुबेतबासी नेपालीलाई भरपूर्ण मनोरञ्जन दिन गायक लामाले कुनै कसर राखेनन। ठट्यौली र कमेडी पाराले मन्चमा प्रस्तुत भएका लामाले माझी दाई, जिम्मु बेच्न जाउँ, माफि मुश्किल, माछिलाई फुर्लुङ पन्चे बाजा, बेसारेको मुख मात्रै, पानको पात जस्ता मिस्रित दर्जन गीत गायर वान्समोर लुटेका थिए ।3
उता मेहेन्दो माया गायिका रमला पाख्रिनले सोह्र नपुग्दै, मेहेन्दोमाया तामांग सेलो गीतहरु गायर दर्शक नचाएकी थिइन्। स्थानीय कलाकार डीबी लोप्चन, बीबी मल्ल, पुष्प वाइवा,निरु गुरुङ लगायतले आफ्नो स्वरले दर्शक उफारेका थिए। पुर्णिमा थापा मगर आशिका लामा रत्ना तामाङ र प्रमिला घिसिंगले आकर्षण नृत्य पस्किएका थिए। घेदुंगका अध्यक्ष राम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमृत तामाङ्ग,कृष्ण तामाङ र शर्मिला तामाङले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए ।4
सल्लाहाकार आशबहादुर तामाङले मन्तब्यबाट पाहुनाहरुको स्वागत गरेका थिए । अर्का सल्लाहकार राजेन्द्र तामाङले तामाङ जातिको महानपर्व सोनाम ल्होछार बारे जानकारी गराएका थिए। नेपाली संघ संस्थाका प्रतिनिधि समाजसेबी बुद्दिजिबी पत्रकार लगायत भारि मात्रामा कुबेतबासी नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा अथिति कलाकार एबम नब गायिका रमला पाख्रिनको एल्बम “रमला” प्रमुख अथिति पौड्यालले बिमोचन गरेका थिए भने राजदूत पौड्याललाई तामाङ घेदुंग कुबेतले मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।
5
6
7
8
9
10
11
12
13
15
16
17
21
 फोटो सौजन्य : तामाङ्ग घेदुङ्ग कुबेत

No comments:

Post a Comment