Saturday, February 22, 2014

अमेरिकाले दलाइ लामा र तिब्बती जनताको अधिकारको समर्थन गर्ने

वासिङ्टन, फागुन १० – अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार तिब्बती जनताको मानवअधिकारको संरक्षणका लागि बलियो समर्थन गर्ने बताउनुभएको छ । चीनले राष्ट्रपति ओबामालाई दलाइ लामासँग भेट नगर्न गरेको आग्रहलाई राष्ट्रपति ओबामाले अस्वीकार गरेका छन् छ । 


चीनले यस्तो भेटले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध बिग्रनसक्ने चेतावनी दिएको थियो । राष्ट्रपति ओबामाले तिब्बती आध्यात्मिक नेता दलाइ लामालाई ह्वाइट हाउसको म्याप रुममा भेट गर्नुभयो । सामान्यतया उनले पाहुनालाई ओभल अफिसमा भेट गर्थे ।
यस भेटका समयमा ह्वाइट हाउसले पत्रकारहरुलाई प्रवेशको स्वीकृति दिएको थिएन । ह्वाइट हाउस प्रशासनले दलाइ लामा तथा राष्ट्रपति ओबामाको फोटा सार्वजनिक गरेको छ ।
बेइजिङमा चिनियाँ विदेश उपमन्त्री झाङ यसुइले अमेरिकी कार्यवाहक राजदूत ड्यानियल क्रिटेनब्रिङकलाई यस विषयमा मन्त्रालयमा बोलाउनुभएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
विदेश उपमन्त्री झाङले चीनले यस विषयमा कडा विरोध जनाएकोे भनी समाचारमा उद्धरण गरिएको छ ।

No comments:

Post a Comment