पोखराबाट जुम्लाको लागि उडान भरेको नेपाल वायुसेवा निगमको 9N ABB ट्वीनअटर जहाज मिति २०७० फाल्गुन ४ गते हिजो अपरान्हदेखि सम्पर्कबिहीन रहेपछि पाल्पा र अर्घाखाँचीबाट सम्भावित दुर्घटनास्थलतर्फ गएको टोलिमध्ये अर्घाखांचीबाट गएको उद्धार टोलिले अर्घाखांची जिल्लाको ढिकुरे गा.वि.स.स्थित मसिनालेक ईलाकामा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा रहेको फेला पारेको थियो ।
अर्घाखाची र पाल्पाको सिमानामा पर्ने खिदिमतर्फ खोजि कार्यको लागि मिति २०७० फाल्गुण ४ गतेको १६.१५ बजे पाल्पास्थित चण्डिप्रसाद गणबाट अधिकृतको कमाण्डमा १/२५ को नफ्रि, ऐ.मितिको १६.४० बजे अर्घाखाचीस्थित चन्दननाथ गणबाट अधिकृतको कमाण्डमा १/४८ को नफ्रि खट्टिएको र मिति २०७० फाल्गुन ५ गतेको ०७२५ बजे सालझण्डीमा रहेको ईक्युरेल हेलिकप्टरले खिदिम ईलाकातर्फ खट्टिई ०८.४५ बजे अर्घाखाँची जिल्लाको ढुकुरे गा.वि.स.स्थित मसिने लेकमा दुर्घटनाग्रस्त जहाज फेला पारेको थियो ।
उक्त जहाज अर्घाखाँची जिल्लाको ढिकुरे गा.वि.स.स्थित मसिने लेकमा दुर्घटना भएको पुष्टि भए पश्चात वीरेन्द्र अस्पतालबाट डाक्टर अधिकृत सहितको टोली, नेपाल बायुसेवा निगमको ईन्जिनियर तथा प्राविधिक ३ र सैनिक जनसम्पर्क निर्देशनालयको फोटोग्राफर २ सहित उद्धारको लागि मिति २०७० फाल्गुन ५ गतेको १०.२० बजे उक्त स्थानमा पुगेको थियो ।
उक्त दुर्घटनाग्रस्त जहाजका यत्र-तत्र छरिएर रहेका टुक्राहरु र १५ जना यात्री सहित ३ जना चालकदलका सदस्यहरुको शवलाई संकलन गरी सन्धिखर्क ल्याई सन्धिखर्कबाट नेपाली सेनाको हेलिकप्टरद्धारा काठमाण्डौ ल्याई पोष्टमार्टमको लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।
मिति :- २०७० फाल्गुन ५ गते ।
समय :- १८.४५ बजे ।
visit us at : www.samabad.com
No comments:
Post a Comment