सन्तोष थलङ
प्रमुख संयोजक-युके/नेपाल
गोरखा सत्याग्रह संयुक्त संघर्ससमिती
बिभिन्न संचार माध्यमबाट गोरखासमुदायमा फैलाइरहेको भ्रमको बिषयमा पदम बहादुर गुरुङलाई खुल्लापत्र !
पदमबहादुरजीलाई थाहहुनपर्नेहो कि, यो एक्काइसौं सताव्धीमा, बिज्ञान र प्रविद्धिको जमानामा, ढुंगे यूगमा झै बिनाआधार अरुलाईढांट्न खोज्नु, मुर्खता बाहेक केही होइन ! केही समययता उनले गोरखाहरु माझ फैलाउन खोजेको झूटका पुलिन्दाहरु र त्यसका कुप्रचारहरुको बुँदागतरुपमा सप्रमाण खण्डन भैईसकेकाछन । अहिले पछील्लो समयमा फेरी एमओडी,बिजीड्ब्लुएस र सत्याग्रह संयुक्त संघर्ससमिती मिलेर छानबिन समिती निर्माणगरेको अभियोग लगाएकाछन ।
जो कोही मिलेरपनी गोरखाहरुका सबै मागहरु प्राप्तभए भने पदम गुरुङ्लाई के आपत्ति ?
सबै गोरखाजन्य संस्थाहरुको एकमात्र उद्धेस्य भनेको गोरखाहरुको हक अधिकार प्राप्तगर्नुहो । तर पदमबहादुरले गोरखा आन्दोलनलाई आफ्नो ब्यावसायिक पेसा बनाएकाछन ! र गोरखाहरुलाई ब्यापारका बस्तुमात्र ठानेकाछन ! तत्काल गोरखाका मागपुराभए आफ्नो ब्यवसाय समाप्तहुने पिडाले यो सम्पूर्ण गोरखाहरुको निर्णायक आन्दोलन असफलपार्न यस्ता अनर्गल र घ्रिणित प्रचारबाजी गरिरहेको यथार्थ आम गोरखाली/नेपाली समुदाय बिच प्रमाणीत भईसकेकोछ ।
नत्र बिरोध गर्नुपर्ने कारण के ?
के गोरखा सत्याग्रहद्वारा गोरखाहरुलाई अहितहुने कुनै माग राखिएकोछ र बिरोध गर्नु ?
मागहरु ठीक नभए कुन,कहाँ र किन, औल्याउन सक्नुपर्दछ । मागहरु अपुगभए के र कुन,थप्न सक्नुपर्दछ।
तर ईतिहास मै पहिलोपल्ट बेलायती सरकारले गोरखाहरुका माग सम्बोधनगर्न उच्चस्तरिय, सर्वदलिय संबैधानिक छानबिन समिती बनाएकोछ ! यस् बेला सम्पूर्ण गोरखाजन्य संस्थाहरु एकभएर आफ्नामागहरु पुरागराउन सम्पूर्ण सक्ती लगाउनपर्ने अवस्थाहो ! सबैकालागी आफ्नो ज्यानको बाजी लगाउने महान गोरखा, ज्ञानराज राई र आफ्नै तन मन धन ले अहोरात्र सबैकालागी संघर्सरत गोरखा संस्थाहरुलाई आधारहिन लान्छना लगाएर आन्दोलन निस्तेज बनाउन उद्धत ब्याक्ती गोरखली/नेपाली नै हुन सक्तैन ।
पदम गुरुङले २००८ मा गोरखाका सबैमाग प्राप्तहुने कोर्टबाट फैसला भएको दाबीगर्छन, तर उनैका तिनै वकिलहरु (हौ एन्ड को) ले फेरी तिनै माग प्राप्तगर्ने सत्याग्रहको प्रमाणगरु जुटाउन किन लागेकाहोलान ?
अनी २००९ मा संसदिय निर्णय समेत भएको दाबीछ उनको, तर गोरखा सत्याग्रह- आन्दोलनका क्रममा, सयौं ब्रिटिश सांसदहरु भेटिए, दर्जनौं पत्र लेखे। ब्रिटिश प्रधानमन्त्रिले मात्र ३ पल्ट पत्रलेखे, तर पदमबहादुरले भने जस्तो ” तिम्रा मागहरु अप्रिल २०१४ मा पाउँछौ, आन्दोलन नगर, अन्सन नबस ” भनेर हामीलाई किन भनेनन, किन लेखेनन ?
फेरी त्यही आन्दोलनको नेत्रित्वगर्ने जवाना लुम्ले, पिटर क्यारल र सयौं संसदहरु किन त्यही माग सम्बोधन गराउन फेरी हाम्रो यो आन्दोलनलाई सघाइरहेकाछन त ?
नमस्ते यूरोपको ९१ औ इपिसोडको अन्तर्वातामा, एमअोडी संग ३ वटा बुँदा (१, पेन्सन £ ५०० देखी £ १००० सम्मा । २, जगेडा पेन्सन £ ४०,००० एकमुस्ट अथवा £ ५०० मासिक । ३, १८ वर्सभन्दा माथिका नानीहरु सबैले आवासिय अधिकार पाउने ।) मा सहमती भएकोथियो भनेर किटानकासाथ भनेकाथिए पदमबहादुरले । यदी सहमती भएको होइन भने एमअोडी ले होइन भन्नपर्छ समेत भनेकाथिए, तर १२ नोभेम्बरमा एमअोडीले बुँदागतरुपमै कुनै सहमती नभएको यो सब झूटहो, भनेर लिखितरुपमै खण्डनगर्यो । कस्तो हास्यस्पद कुरो; वार्तागरेर सहमतीभयोरे, लिखितरुपमा केही हुँदैनरे, सहमती कहिलेभयो ? वार्तामा एमओडीका को को थिए ? के नामकाथिए ? त्यती थाहाहुदैन ? झूटको पनि हदहुन्छ नि !
केही दिन अघी छानबिन समिती बिरुद्ध मुद्धा लगाउने धम्कीदिन्थे, फेरी अहिले छानबिनसमितिलाई १५ दिनमा प्रतिबेदन बुझाउछु भन्छन, कस्तो प्रतिवेदनहो ?
अब पदमबहादुरलाई विश्वासगर्ने अवस्था बाँकीरहेन, त्यसैले खबर्दार…! प्रतिवेदन गोरखाहरु समक्ष सार्वजनिक नगरि नबुझाउनुहोला ।
यदी सत्याग्रह संयुक्त संघर्स समितिलाई थाह नदीई कुनै प्रकारको कगजात छानबिन समितीलाई बुझाएर, हाम्रो ५ वटा माग बेलायत सरकारले पुरा गरेन भने त्यस्को जवाफदेही अब तपाईं पदमबहादुर गुरुङर गेसोको किचेन क्याबिनेट हुनुपर्नेछ ।
केही सिधासोझा गोरखाहरु बहेक अन्य सम्पूर्ण गोरखा र गोरखाजन्य संस्थाहरुलाई प्रस्ट थाहाछ की, गेसो मार्फत पदमबहादुर २००९ यता गोर्खा आन्दोलन पूर्णरुपमा छोडेर आर्थिक संकलनमा लागेकाहुन ।
गोरखा आन्दोलन छाडेपनी उनिहरुको (गेसोको) आयश्रोत भनेको गोरखाहरु नै बनिरहेकाछन ।उदाहरणका लागि; २०१२ मा १८ वर्स भन्दा माथिका नानिहरुको आवासिय अधिकार को बिषयमा, स्वतन्त्ररुपमा ल फर्महरुले मुद्धा लगाएकथिए । उक्त मुद्धामा बिगेसोलेमात्र नैतीक र भौतिकरुपमा सहयोगगरेको थियो । तर साकारात्मक फैसला आउने बित्तिकै पदम बहादुर साल्मे डाँडा बाट हाम्फालेर लण्डन आएर गेसोले एेतिहासिक बिजय प्राप्तगर्यो भनेर लाजै नमानी आम संचारमाध्यमहरुबाट भ्रमफैलाउन थाले । यो भ्रमजाल बाट १८ बर्ष माथिका गोरखाका छोरा छोरीहरुबाट गेसोले करोडौं रुपैंया असुलेकोछ ।
अहिले फेरी गोरखा सत्याग्रहको बलिदानीपूर्ण आन्दोलनले २१ नोभेम्बर २०१३ मा जुन एेतिहासिक अवसर प्राप्तगर्यो ; पदमबहादुरलाई लाग्योकी, सत्याग्रह आन्दोलनले यो उच्चस्तरिय समितीद्वारा गोरखाका सबै मागहरु प्राप्तहुनेभयो, गोरखा आन्दोलन नै समाप्तहुने भयो । आन्दोलन सकिएपछी केको बहानामा गोरखाहरुबाट पैसा असुल्ने ? “साल्मे डाँडा” निर्माणकार्य त बाँकी नै छ,कसरी सम्पन्नगर्ने ? यही बद्नीयतकासाथ सुरुमा बिभिन्न प्रोपोगान्डा मच्याएर उच्चस्तरिय समिती नै निस्कृय बनाउन दुस्प्रयास गरियो । त्यो उनको घ्रिणित षड्यन्त्रको चारैतिर बाट पर्दाफास भएपछी, अत्ताल्लिएर फेरी बिज्ञप्ती मार्फत ” १५ दिन भित्र छानबिन समितिलाई प्रतिबेदन बुझाउछु । सबै मागपुरा नभए सत्यग्रह जवाफदेही हुन्छ । “उनको दाउ प्रस्टछ, गोरखाका मागहरु पुराभए गेसोले प्रतिबेदन बुझाएर पाएको भनेर पैसा उठाउने, मागपुरा नभए सत्याग्रहले गर्दा भएन, हामीगर्छौं भनेर पैसाउठाउने । तर पदमबहादुर जी,सत्याग्रह आन्दोलनका कारण गठित छानबिन समितिलाई अबैधानिकहो पनी भन्ने, अनी किन, प्रतिबेदनपनी बुझाउने ? अबकादिन यती सजिलो छैनन । गोरखाहरुलाई ढाँटेको धेरैभयो, पैसातिराएको धेरैभयो । अब पीडित गोरखाहरु बाट पैसा असुल्ने सपना नदेखेहुन्छ, योजना नबनाएहुन्छ । बरु बिभिन्न बहानाबाजिमा गोरखाहरुबाट उठाएर जुवाडेले जुवामा जितेकोपैसा उडाए झै उडाएको फर्काउनलाई हिसावगर्न थालेहुन्छ ।
यदी सफलताको जस ( क्रेडिट) लिने मनसाय राख्नुभएकोहो भने, स्वच्छ मन लिएर आउनुहोस्, हामी सबै गोरखा संस्थाहरु मिलेर यो अन्तिम निर्णयक आन्दोलन सफल पारौं । ईतिहासले तपाईंलाई महानबनाउछ । यदी यो आन्दोलनलाई आफ्नो स्वार्थ प्राप्तको लागि प्रयोगगर्ने बदनियत राख्नुहुन्छ भने ईतिहासले त के, सारा गोरखाहरुले माफगर्ने छैनन। किनकी अब तपाईंले ढुंगालाई आलु,भन्दा हो हजुर भन्ने लाहुरे सकिए ।
पदमबहादुर जी, आँफै भन्नुहुन्छ गोरखा आन्दोलन धार्मिक लडाईंहो । ढाट्नु हुँदैन, ठग्नुहुदैन पित्रीले सराप्छन, तत्काल प्रतिफल (सकारआत्मक या नकारात्मक) देखिन्छ,या भोग्नपर्छ । तपाईंले सही भन्नु भयो, तर गर्नचाँही गल्तीगर्नुभयो ।
आन्दोलनको आरम्भदेखी नै सोझा सिधा गोरखाहरुलाई पटक पटक ढाट्दै पैसामात्र असुल्नुभयो । झूट बोलेर धोकादिई रहनुभयो ।पित्रिले तपाईंका सुकर्न र कुकर्मको हिसाबकिताब गरीसकेछन क्यार… ! अब दण्डितहुन र पस्चातापगर्न बाहेक अरुकुरा हुनसक्तैन पदमबहादुर ज्यू !
१४ डिसेम्बरका दिन अर्को बक्वास गरेछन उनले, डा. रामनारायण कन्दङवाले चिट्ठी लेखेर ब्रिटिश सरकारले लिगल एड बन्द भयो रे ! आँफै अर्थनितीका ज्ञाताभएको धाकलगाउनेलाई बेलायतसरकारले कतिसाल बाट कुन कुन सिर्सकमा लिगल एड कटायो भनेर कसरी थाहा भएन ? अर्को कुरो,मेजर टिकेन्द्र देवानलाई एमओडिले पदम गुरुङकोदाबी गलतहो भनेर किन तत्काल चिट्ठी लेख्यो रे, उनी आफै कुट्नितीका जानकारहुँ भन्छन, तर कसरी बेलायतको ‘फ्रीडम अफ इन्फर्मेसन’ राइट्स थाहा नभएको ?
समग्रमा उनको गुनासो, गेसोले २५ वर्समा प्राप्तगर्न नसकेको गोरखा आन्दोलनका उपलब्धी सत्याग्रहले कसरी छ महिनामै प्राप्तगर्यो भन्ने रहेछ । हेर्नोस, यो सबै नियतको कुरोहो । सत्याग्रहले गोरखा आन्दोलनलाई निस्वार्थरुपमा प्रभावकारीढंगबाट अभियान अघिबडायो, त्यसैले नेपालसरकार, बेलायतसरकार दुबै साकारात्मकभए । गेसो बाहेक अरु संस्थाहरुको आन्दोलनबाट गोरखाहरुका माग बेलायत सरकारले पुरागर्यो भने, किन हामीले नमागीअरुले माग्दा दियौ भनेर ब्रिटिश सरकारलाई मुद्धालगाउने सम्मकोनियत राख्नेले गोरखहरुको भलोगर्छ ?
अरुले भने गरेका सबैबेठिक र आफुले गरे भनेकोसबै ठीक भन्ने लाग्छभने, “आउ पदमबहादुर ! सबै गोरखाहरुको उपस्थितिमा खुल्ला बहसगरौं, को ठीक, को बेठिक ? हिम्मतछ ??” ह्वैन भने तिनै गोरखाहरुका खून पसिनाले सिन्चित पैसाले भाडाको पत्रकार किनेर कुनामालुक्दै तिनै गोर्खाहरुको गलाघोट्ने षडयन्त्रपूर्ण प्रेस बिज्ञप्ती ननीकाल !
No comments:
Post a Comment