Monday, January 6, 2014

राष्ट्रिय पहिचान मेटाउन खोज्ने पनि सभासद

मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक)बाट समानुपातिक कोटामा सभासद चयन भएकी एन प्याब्सनकी अध्यक्ष एवं ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सीपल गीता राणाले नेपालको राष्ट्रिय स्वाभीमानमै आँच आउने हरकतहरु गरेको तथ्य रातोपाटीलाई प्राप्त भएको छ । मुलतः भारतीय नागरीक गीता राणाले लामो समयदेखी ग्यालेक्सी स्कुलमा भारतीय पाठ्यक्रम पढाएकी थिईन् । उनले भारतीय राष्ट्रिय पहिचानलाई नेपाली पहिचान भन्दै कक्षा एकदेखि नै विद्यार्थीलाई गलत पाठ्यक्रम पढाउँदै आएपछि सरकारले उनीमाथि कार्वाही गरेको थियो । नेपालको राष्ट्रिय जनावर गाई हो, तर गीताले कक्षा एकको पाठ्यक्रममा भारतको राष्ट्रिय जनावर बाघलाई नै नेपाली राष्ट्रिय जनावर भनेर पढाएकी थिइन् । त्यसैगरी नेपाली राष्ट्रिय पँक्षी डाँफे र राष्ट्रिय फूल लाली गुराँसको ठाउँमा यीनले भारतको राष्ट्रिय पंक्षी मयूर र राष्ट्रिय फूल कमललाई नै नेपाली भनेर पढाएकी थिइन् ।
उनीले भारतीय राष्ट्रिय पहिचानलाई नेपाली पहिचान भन्दै कक्षा एकदेखि नै विद्यार्थीलाई गलत पाठ्यक्रम पढाउँदै आएपछि सरकारले उनीमाथि कार्वाही गरेको थियो ।
नेपालको राष्ट्रिय जनावर गाई हो, तर गीताले कक्षा एकको पाठ्यक्रममा भारतको राष्ट्रिय जनावर बाघलाई नै नेपाली राष्ट्रिय जनावर भनेर पढाएकी थिइन् । त्यसैगरी नेपाली राष्ट्रिय पँक्षी डाँफे र राष्ट्रिय फूल लाली गुराँसको ठाउँमा यीनले भारतको राष्ट्रिय पंक्षी मयूर र राष्ट्रिय फूल कमललाई नै नेपाली भनेर पढाएकी थिइन् । त्यसैगरी विद्यार्थीलाई नेपाली ‘रुपैयाँ’को ठाउँमा ‘रुपये’ र ‘पैसा’को ठाउँमा ‘पैसे’ घोकाएकी गीताले ‘गौतम बुध्द भारतमा जन्मीएका हुन’ भन्ने कतिपय पाठ्यक्रमलाई लामो समयसम्म कायम राखिन् ।
२०६८ सालमा ‘न्यूज २४’ले यसको भण्डाफोर ग¥यो । भारतका राष्ट्रिय चिन्हहरु नेपालकै भनि पढाएका खबर सार्वजनिक भएपछि तत्कालिन झलनाथ खनाल नेतृत्वको सरकारले २०६८ सालमा केही समय उनको उक्त स्कूल बन्द गराएको थियो । राष्ट्रिय स्वामीमानमाथिको आँचलाई एन–प्याब्सनका पदाधिकारीले पनि सहेनन । उनीहरुले एन प्याब्सनकी अध्यक्ष राणालाई ‘राष्ट्रिय स्वाभिमानमा आँच पु¥याउनेलाई अध्यक्ष मान्दैनौं’ भन्दै बर्खास्त गरेको घोषणा गरेका थिए ।
भारतीय नागरिक गीता राणा २०३२ सालमा एभिएम स्कुलमा गणित र विज्ञान शिक्षिकाको रूपमा पेशामा प्रवेश गरेकी थिइन् । पछि उनी सेन्टमेरिज र मोर्डन इन्डियन स्कुल हुँदै २०४२ मा आफ्नै स्कुल स्थापना गरी प्रिन्सिपल भएकी हुन् । ग्यालेक्सी उच्चमाविकी प्रिन्सिपल राणा कक्षा ९ र १० मा गणित पढाउँछिन् । नेपाल आएर शिक्षण पेशामा लाग्ने क्रममा आफैले ट्युसन पढाउने आफुभन्दा करीब १४ वर्ष कम उमेरका छात्रसँग उनको प्रेम भयो र उनी नेपाली नागरीकता लिएर नेपालमै बस्न थालेकी हुन् । अहिले गीतासँग भारत र नेपालको दोहोरो नागरिकता भएको बताइन्छ । उनले आफना प्रथम पतिलाई भने छाडीसकेकी छन् ।
‘न्यूज २४’मा २०६८ सालमा आफ्ना करतुत प्रकाशमा आएपछि गीता राणा निकै आक्रोशीत भएकी थिइन् । उनले प्रतिक्रिया लिन गएका टेलिभिजनका पत्रकारमाथि अपशब्द बोलेकी थिइन् । चर्चित पत्रकार प्रेम बानीयाँले कार्यक्रममा अनुरोध गरेका थिए, ‘गीता मीस, कृपया आफना विद्यार्थीलाई नेपालको राष्ट्रिय जनावर गाई, पँक्षी डाँफे र फूल गुराँस हो भनेर पढाउनु होला । भारतको पहिचानलाई नेपाली पहिचान भनेर नपढाउनुहोला ।’ त्यो कार्यक्रमबाट आक्रोशीत गीताले टिभी पत्रकारसँग गल्ती स्वीकार्नुको साटो यसो भनेकी थिइन, ‘टेलिभिजन चलाउन तिमीहरुलाई ग्यालेक्सी स्कुल नै चाहिन्छ, अरु स्कुल छैनन् । जाओ जहाँ जानुछ, म कुनै प्रतिकृया दिन्न ।’
कार्यक्रम हेरिरहेका प्रधानमन्त्री झलनाथ खनालले तत्काल शिक्षामन्त्री गंगा तुलाधरलाई गीता राणामाथि कार्वाही गर्न निर्देशन दिएका थिए । त्यसपछि शिक्षा विभाग, जनक शिक्षा सामाग्री केन्द्र, मध्यमांच क्षेत्रीय निर्देशनालय, पाठयक्रम विकास केन्द्रलगायतका प्रतिनिधि छानविनका लागि ग्यालेक्सी स्कुल पुगेका थिए । त्यहाँ छानविनका क्रममा कक्षा एकको पाठ्यक्रममा भारतीय पहिचानका विषय पढाइने गरेको फेला प¥यो । साथै अधिकांश प्ुस्तक पाठ््यक्रम विकास केन्द्रमा स्ूचीकृत नभएका र भारतको मध्ुवनी प्रकाशन र गीताजंली प्रकाशनका किताब पढाउने गरेको पनि भेटियो । भारतीय पुस्तकमा गौतम बुध्द भारतमै जन्मीएकोलगायतका गलत तथ्यहरु पनि रहेको पाइयो । त्यसपछि शिक्षा विभागका अधिकारीले गीतामाथि कार्वाही चलाए । उनले करीब २५ हजार रुपैयाँ जरीवाना तिरीन र माफी पनि मागिन् । र, त्यो भारतीय पाठयक्रम हटाउन लगाइयो ।
गीता राणाले मुलुकको खेल र शिक्षा क्षेत्रमा धेरै अनैतिक र गैर कानूनी काम गरेको सुईंको रातोपाटीले पाएको छ । यसको अनुसन्धान पनि जारी छ । अख्तीयारले पनि गीताको शैक्षिक माफीयागीरीमाथि आँखा सोझ्याइरहेको बुझिन्छ ।
गीता मोहले एक्लीए गच्छदार
यीनै गीता राणालाई मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)ले समानुपातीक सभासद बनाएको छ । यसका लागि गीताले पनि करीब दुई करोड रुपैयाँ खर्च गरेको उनकै स्कुलका अधिकारी बताउँछन् । सभासद विक्रीमा फोरम लोकतान्त्रिक अग्रपँक्तीमा देखिएको छ । तर, यसले यो पार्टीमा व्यापक विवाद खडा गरेको छ ।
गीता राणाजस्ता बदनाम अनुहारलाई सभासद बनाएको भन्दै गच्छदारबिरुद्ध पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्षहरु गोविन्द चौधरी, नसिर सिद्दिकी र दानबहादुर चौधरी, महासचिव जितेन्द्र देव, सचिव रविन्द्र ठाकुर र भर्नेश्वर खत्वेले निर्वाचन आयोगमा उजुरी समेत दिइसकेका छन् । पार्टीका बरिष्ठ नेतासहित चार सभासदले राजीनामा दिएर बिरोध गरेका छन् । यसबाट गच्छदार एक्लिएका छन् । समानुपातिको सूचीलाई लिएर कैलाली ३ बाट प्रत्यक्ष निर्वाचित राजजनम चौधरीसहित केन्द्रीय सदस्य मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकीले राजीनामा दिएपछि गच्छेद्दार एक्लिएका हुन् ।

 -दिलमान बुढा/सुजन पन्त

दिलमान बुढा/सुजन पन्त

दिलमान बुढा/सुजन पन्त

No comments:

Post a Comment