Wednesday, December 18, 2013

भीमबहादुर तामाङ अनुभुती र अभिव्यक्ति


कर्मयोगी बद्रिविक्रम थापा स्मृति सेवागुठीद्वारा स्व. भिम बहादुर तामाङबारे प्रकाशित लेख संकलित स्मारिका ११ साउन २०७० मा प्रकाशित गरिएको छ । 
स्व. भिमबहादुर तामाङ स्मारिका विमोचनको क्रममा कर्मयोगी बद्रिविक्रम थापा स्मृति सेवागुठीका कोषाध्यक्ष किरण थापाद्वारा भिम बहादुर तामाङको सम्बन्धमा स्मारिका प्रकाशित गर्ने सन्दर्भमा भन्नु भयो, नेपालमा हाल सम्म प्रसिद्ध व्यक्तिको मृत्यु हुँदा मृत्युवरणको भोली पल्टदेखि समाचार पत्रहरुमा शोक सन्देश तथा संवेदना सन्देशले भरिएको देखियो तर भिम बहादुर तामाङज्यूको मृत्यु पश्चात् शोक सन्देशको सट्टा वहाँको आदर्श जिवन, राजनीतिक निष्ठा तथा इमान्दारीबारे निरन्तर रुपमा धेरै समयसम्म लेख प्रकाशित भयो ।
 भिम बहादुर तामाङको आदर्श जिवन, निष्ठाको राजनीति, स्वच्छ तथा सरल चरित्रबारे आम नेपाली जनमानसमा अवगत गराउनको निमित्त कर्मयोगी बद्रिविक्रम थापा स्मृति सेवागुठीद्वारा स्मारिका प्रकाशित गर्ने निर्णय फलस्वरुप ‘भिमबहादुर तामाङ अनुभूति र अभिव्यक्ति’ शिर्षक स्मारिका पृष्ठ १ देखि पृष्ठ ३५८ सम्मको पुस्तक सम्पादन गर्ने क्रममा सामग्रीहरुलाई चार खण्डमा विभक्त गरिएको छ । भिम बहादुर तामाङ मृत्यु भएलगतै विभिन्न पत्रिकाहरुमा प्रकाशित भई पाइए सम्मका सामग्रीलाई “भिम स्मरण” नाम दिएर पहिलो खण्डमा राखियो । स्व. भिम बहादुर तामाङका विषयमा पुस्तक प्रकाशन हुने निश्चित भएपछि आग्रह गरेर लेखाइएका सामग्रीहरुलाई “भिम मूल्याङ्कन” दोस्रो खण्डमा राखिएको छ । स्व. भिम बहादुर तामाङका केही पूर्व प्रकाशित केही लेख, स्मरण तथा अन्तवार्ता तथा भाषणलाई ‘भिम विचार’ नाम दिएर तेस्रो खण्डमा राखिएको छ । सव्. भिम बहादुर तामाङ सम्बन्धि केही तस्विरहरुलाई ‘भिम चित्र’ नाम दिएर चौथौं खण्डमा राखिएको छ । स्व. भिम बहादुर तामाङको स्मृतिमा प्रकाशित भएको यो प्रथम स्मारिका हो ।
स्व. भिम बहादुर तामाङबारे हाल सम्म उहाँको जिवनी प्रकाशित नभएता पनि यो स्मारिकाले स्व. भिमबहादुर तामाङको आदर्श जिवनका स्मृतिहरु महसुस गर्न सकिन्छ । नेपाल राजनीतिक संकटकालिन स्थितिबाट गुज्रिरहेको बेला स्व. भिमबहादुर तामाङको जिवनका प्रेरक प्रसंगबाट धेरै प्रेरणा प्राप्त गर्न सकिन्छ । स्मारिका बारे समग्रमा विश्लेषण गर्नु पर्दा स्व. भिमबहादुर तामाङका आदर्श जिवन तथा संघर्षमय यात्रा सजिवयात्रा बारे वर्णन सहितको लेख दिशाहिन भएका राजनैतिक नेताहरुका लागि कठोर प्रहार हो । नेपालका अराजक तथा भ्रष्ट चरित्र बोकेका नेताको कृयाकलापले दिगभ्रमित भएका युवापिंढीलाई अराजनैतिक चरित्र बोकेका नेताको भ्रष्ट आचरणलाई उजागर गर्न उर्जा प्रदान तथा प्रेरणाको स्रोत हुन सक्दछ, तसर्थ ‘भिमबहादुर तामाङ अनुभूति र अभिव्यक्ति’ शिर्षक स्मारिका अवश्य पढ्न विनम्र अनुरोध गर्दछु । 
 
-अमरदिप मोक्तान तामाङ
डाँडाखर्क, दोलखा

No comments:

Post a Comment