Friday, December 6, 2013

दलित जनजाति पार्टीको शोक सन्देश

दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति एवं रंगभेद विरोधी नेता नेल्सन मण्डेलाको निधनप्रति दलित जनजाति
​ ​
पार्टीको अध्यक्षद्वारा दुःख व्यक्त

                                                                    काठमाण्डौं, २१ मंसिर २०७०
                 
शोक सन्देश
दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति एवं रंगभेद विरोधी नेता नेल्सन मण्डेलाको शुक्रबार बिहान ९५ बर्षको उमेरमा जोहान्वर्गमा निधन भएको खबरले मलाई मर्माहत र स्तब्ध बनाएको छ । दक्षिण अफ्रिकामा रंगभेदी शासनको अन्त्यगरी सबै जनतालाई समान अधिकार उपभोग गर्ने अवसर प्रदान गर्न आजीवन समर्पित मण्डेलाको निधनको यस दुःखद घडीमा म दक्षिण अफ्रिकी सरकार, त्यहाँका जनता र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु ।
लोकतन्त्रका मूल्यहरु सामजिक न्याय र समानताको माग गर्दै लामो समयसम्म अफ्रिकी नेशनल कंग्रेसमा आबद्ध रही रंगभेदविरोधी संघर्षको नेतृत्व गर्नुभएका मण्डेलाको निष्ठा, त्याग, समपर्ण र निश्वार्थभावले दक्षिण अफ्रिकालाई 
लोकतन्त्रको आधुनिक युगमा प्रवेश गराएको हो । जनता र राष्ट्रलाई सर्वोपरी संझेर काम गर्ने मण्डेला यस  सताब्दिको एक महान आर्दश हुनुहुन्थ्यो । उहाँको यही आदर्शले विश्वका उत्पिडित जाती समुदायको राजनीतिलाई चीरकालसम्म मार्ग निर्देशन गरिरहने हामिले विश्वास गरेका छौ ।



विश्वेन्द्र  पासवान
अध्यक्ष
दलित जनजाति पार्टी

No comments:

Post a Comment