Saturday, November 16, 2013

इतिहासको मसानघाटमा कमलेको ट्वारट्वार

  • खगेन्द्र संग्रौला
खराब सपना देखेछु । सपनामा इतिहासको चिहानघारीको डीलमा उभिएको रहेछु म । ओसिलो र एकलासे चिहानघारीमा डरलाग्दो सन्नाटा छ । यसो हेर्दा म त्यो सन्नाटामा प्रेतजस्तो लाग्ने कसैको धमिलो आकृति देख्छु । आकृति कर्कश स्वरमा ट्वारट्वार कराइरहेछ । छेवैमा गएर नियालेर हेर्छु त गा“ठ्ठे, त्यो ट्वारट्वारे त कमल थापाजस्तो पो देखिन्छ † म झस्केर ब्यु“झिन्छु । तैपनि कमल थापाको स्मृतिले मलाई पछ्याउन छाड्दैन । अप्रिय स्मृति त्यस्तो सर्प हो जसले टोकू“ कि टोकू“ कि गर्दै पछ्याइरहन्छ, पछ्याइरहन्छ । भयो त्यस्तै ।
इतिहासमा कुन बाटो हिँडेर कताबाट यतासम्म आए यी कमल थापा ? कुरो यसो हो । जन्मले हेटौँडे, कर्मले मण्डले । यो कमल थापाको जन्म र कर्मको कुण्डली हो । बाबुको बन्दुके जागिरले कमल थापाको साइनो सामन्ती शाही दरबारसँग गाँसिदियो । र, तन्नेरी छँदा कमल थापा भयंकर मण्डले बन्न पुगे । मण्डले अर्थात् राजालाई गोडामा ढोग्ने र जनतालाई मुटुमा टोक्ने दरबारको अति आज्ञाकारी श्वानजस्तो जीवात् । जनसाधारणका सुख र दुःख, सपना र आकांक्षा, इच्छा र तिर्सनाबारे कमल थापालाई कहिल्यै एक पित्को पनि भएन । उनलाई थाहा भयो त केवल भेदभाव र हेला“होचो, अपमान र उत्पीडन, ताडना र यातना, शोषण र वञ्चना । उनले अनुदार र त्रूmर शाही पाठशालामा देखे त्यही, सिके त्यही र गरे पनि त्यही । र, उनको चरित्र र संस्कार तिनै कुतत्वहरुबाट बन्यो । अनि विभेद उनको सिद्धान्त बन्यो, वञ्चना उनको आदर्श बन्यो । र ताडना उनको मन्त्र बन्यो । अहिले कमल थापा जे छन् र जस्ता छन्, उनको संस्कारगत जन्मश्रोत खसोखास यही हो ।
राजाको दमनकारी पञ्चे शासनमा कमल थापा ठिटौले उमेरमै पच्च मन्त्री बने । ऊबेला पञ्च मन्त्री दरबारको त्यस्तो सू“ढ थियो जसले राजाका लागि जनताको रगत चुसिदिन्थ्यो । कमल थापाले चुस्नु चुसे । र, अहिले उनै मण्डले कमल थापा, दरबारका उनै चाकर कमल थापा, जनताको शिरमा गिर खेल्ने उनै त्रूmर कमल थापा प्रतिगमनको घण्ट बजाउ“दै उच्चाटलाग्दो स्वरमा कुर्लिरहेछन् । यिनको कुर्लाइमा दुईटा कुत्तु काइदाका कुरा छन् । एउटा विगतकैजस्तो विभेदकारी हिन्दू राष्ट्र र अर्को इतिहासको मसानघाटमा गाडेर सडिसकेको संवैधानिक राजतन्त्र । जबजब म यो कुरुप कमणवाणी सुन्छु, मलाई उही मसानघाटको कमलरुपी प्रेतको ऐठनलाग्दो याद आउ“छ ।
ज्ञानेन्द्रीय फौजीतन्त्रमा कमल थापाको कथा ख्याल रोचक छैन । यी थापाकाजी ज्ञानशाहीका गृहमन्त्री अर्थात् दरबारका दमनकारी औजार थिए । अदम्य जनहुङ्कारको भयले जब शाही दरबार हल्लिन थाल्यो, कायर कमल थापाले कट्टु आर्द्र तुल्याए । र सुनियो, कता हो कुन्नि उनी अलप भए । पद छ देशको दैनिक शान्ति–सुव्यवस्था हेर्ने गृहमन्त्रीको, कमल थापा कतै माकुरे दूलामा ख्या“स्स गायब भए । मैले जगतछेउ कमल थापा हराएको सूचना जारी गरे“ । र, लोकले यसबाट एक फा“को निःशुल्क मनोरञ्जन प्राप्त ग¥यो ।
हो तिनै कमल थापा अहिले सडक र डबलीमा गाईछापे भाकामा कुर्लि“दै कुदिरहेका छन् । यी भन्छन्— मलाई हिन्दू राष्ट्र चाहियो, मलाई राजै चाहियो । नेपाली इतिहासमा हिन्दू राष्ट्र र राजा हिजोका कुरा हुन् । तर मण्डले मतिका कमलबाबुलाई तिनै नभई भएन । हिजो नेपाल हिन्दू राष्ट्र थियो । र, राजा थियो त्यसको एकछत्र शासक । एक धर्मको प्रभुत्वले अरु धर्महरुका घा“टी निमोठ्यो । जताततै एकलको मनपरी भयो । एकल धर्मको, एकल भेषको, एकल भाषाको, एकल क्षेत्रको, एकल चाडपर्वको मनपरी । उता स्वेच्छाचारी राजाको सामन्ती शासन जनजनका आङको असह्य किर्नोतुल्य भयो । र, जनआन्दोलनको दुर्दम आ“धीले यी दुबै कुरालाई हाकाहाकी अस्वीकार गरिदियो । अब देश धर्मनिरपेक्ष हुने भयो । झर्भmराउ“दो गणतन्त्रले जराजीर्ण राजतन्त्रलाई धूलो चटाइदियो ।
छा“टले कुरोकन्थो राम्रै भएको थियो । तर राजनीतिले सकारात्मक बाटो र गति लिन सकेन । र, इतिहासको गतिमा पट्यारलाग्दो अगति देखाप¥यो । विचार चलखेल गर्ने डबली फोहोर भयो । र, त्यो फोहोरमा स्वभावतः भुसुना, झि“गा र लामखुट्टेहरु पैदा भए । भन्न मलाई बडो गाह्रो छ । तर यथार्थ कुरो कहनै पर्दा नभनी धरै छैन । कमल थापा त्यही फोहोरबाट निस्केका एक थान लामखुट्टे हुन् । कमल थापाको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको पाङदुरे दाबी उही लामखुट्टेको झिझ्याटलाग्दो गुनगुन हो । कीटहरुमध्ये लामखुट्टे अति नै पिराहा हो । कानमा भन्किएर एउटै नाथेले मनुवालाई हैरान पार्छ । नभन्दै थापा काजीले एक्लै पारिरहेका छन् त †
नेपालमा धर्म अरु पनि छन् । बौद्ध धर्म छ, मुस्लिम, धर्म छ, इसाई धर्म छ, प्रकृतिपूजक धर्म छ, शिख धर्म छ, र अरु मसिना धार्मिक आस्थाहरु कतिकति छन् । धर्मनिरपेक्षताको अर्थ सर्व धर्म समभाव हो । अर्थात् राज्यले सबै धर्मलाई बराबरीको दृष्टिले हेरोस् । राज्यका नजरमा कुनै धर्म न काखा परोस् न पाखा परोस् । तर विभेद र अत्याचारमा मात्र न्याय र सौन्दर्य देख्ने कमल थापालाई समभावको यो उत्तम आदर्श खपिसक्नु भएन । कमललाई उही पुरानो एकल धार्मिक अत्याचार चाहियो । मानौ“ धार्मिक विभेद र धार्मिक कलह नै कमल थापाको अभीष्ट हो । भन्छन् नि, कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि ।
आयो कुरो अब कमल थापालाई खाने धन्दा चलाउन नभई नहुने तिनका बाउको संवैधानिक राजतन्त्रको । जे मरिसक्यो र जे इतिहासको मसानघाटमा गाडिएर सढिनै सक्यो, कमल थापा रोएर त्यो कसरी पो फर्कि“दो हो र खै † मसानघाटबाट झिकेर राजतन्त्रको नलीखुट्टोलाई जति नै फुक, त्यसबाट मृत राजतन्त्र बौरि“दैन । जनजनका ढाडको चुसाहा किर्नो म¥यो । त्यसलाई सदाका लागि सुनसान मसानघाटमा विश्राम गर्न देऊ †
गाई छापे कमल थापा धार्मिक कलहका मुखर सूत्रधारको भूमिका छन् । छिप्पट मण्डले कमल थापा धार्मिक प्रभुत्ववादको प्रखर मतियारीको झन्डा बोकेर हि“डेका छन् । शाही दमनतन्त्रका श्वानतुल्य बफादार कमल थापा जनजनका आ“खाको नानीसरी प्रिय गणतन्त्रमाथि तरबार उजाउ“दै कर्कश स्वरमा कुर्लिरहेछन् । कमल थापा भष्मासुरको औतारमा छन् । ओ…समानताप्रेमी एवं सहअस्तित्वत्वप्रेमी. जाग्रत जनता हो † एकसाथ उठ र भष्मासुरे कमल थापालाई उल्टो लोप्पा ख्वाऊ †

No comments:

Post a Comment