Thursday, August 8, 2013

तिमाल क्षेत्रको तामाङ समुदायको बिरुद्ध बर्तमान बाहुनबादी सरकारद्वारा आर्थिक नाकाबन्दी


काभ्रेपलान्चोक जिल्लाको तिमाल क्षेत्रको तामाङ समूदायले आफ्नै खेतबारीमा रोपेर उब्जाउ गर्ने  गरेको र तामाङ समुदायको धर्म र सांस्कृतिको आस्था बोकेको बुद्धचित्त मालालाई बर्तामान सराकरले अवैध भन्दै बिक्री गर्न हिंडेको किसानहरूलाई  बिचबाटो बाटै पक्राउ गरि तिमाल क्षेत्रको तामाङ समुदाय माथि, बर्तमान सरकारले आर्थिक नाकाबन्दी लगाएको छ ।
तामाङ्सालिङ क्षेत्र अन्तर्गत पर्ने काभ्रेपलान्चोकको तिमाल क्षेत्रको तामाङहरूले आफ्नो खेतबारिमा सदियौदेखी संरक्षण र व्यावसयिक रुपले खेती गर्दै आएको बुद्धचित्त माला निर्धक्क रुपमा बिक्रिवितरण गर्नु तामाङ समुदय तथा बौद्धमार्गीहरुको अधिकार हो ।  
तर प्रशासनले काभ्रे तिमालको तामाङ समूदायले आफ्नै खेतबारीमा रोपेर उब्जाउ गरेको र तामाङ समुदायको धर्म र सांस्कृतिको आस्था बोकेको बुद्धचित्त मालालाई सिधै अवैध भन्दै बुद्धचित्त मालाको ब्यपार गर्न हिडेँको किसानहरूलाई  बिचबाटो बाटै पक्राउ गरिरहेकोछ ।  
काभ्रे तिमाल क्षेत्रको हाजारौँ घरपरिवारको तामाङ समुदायले आफ्नै खेतबारीमा रोपेर फालाएको बुद्धचित्त मालालाई अवैद्ध वनपैदावार भन्ने कुनै  अधिकार यो बाहुनबादी सरकारलाई छैन । किनकी कुनै पनि सरकारी संरक्षण वनमा यो बिरुवा पाईदैन र यसको संरक्षणको लागि अहिलेसम्म सरकारको तर्फबाट कुनै कदम चालिएको छैन । 
संसारको कुनै पनि ठाउँमा नपाईने यो दुर्लभ बुटी वा बनस्पति बुद्ध धर्मसँग सम्बन्धित छ र यस्लाई काभ्रे तिमाल क्षेत्रको तामाङ समुदायले आफ्नै खेतबारिमा रोपेर संरक्षण गरी बेचबिखन गर्दै आईरहेको छ । 
नेपालको काभ्रेपलान्चोक जिल्लाको तिमाल क्षेत्र बाहेक संसारको कुनै पनि स्थानमा यसको बिरुवा रोपेर बोट उमारे पनि फल लाग्दैन भन्ने जनबिश्वास रही आएको छ । अन्य क्षेत्र र  देशको त कुरै छोडौ । बढो अचम्मको कुरो त यो छ कि, यही नेपालकै र त्यही काभ्रेपलान्चोक जिल्लाकै तिमाल आसपासका गाउँहरुमा समेत यो बिरुवालाई रोपेर फलाउन सकिदैन ।  
हाल आएर चीनको स्वासक्षित क्षेत्र तिब्बतमा यसले ब्यापक रूपमा बजार लिन थालेपछि नेपालमा यसको बजारमा बिकास भएको हो भन्ने स्थानिय ब्यबसायीहरूको भनाईरहेकोछ । 'सून'को मूल्यभन्दा महँगोमा यसको खरिद-बिक्री हुन थालेपछि बुद्धा जन्मेको देश नेपालमा बौद्धा धर्मको महत्वसँगै आर्थिक रुपमा समेत बौद्धमार्गीहरू र यसका ब्याबसायीहरु सम्पन्न हुने संकेत देखिएकाले हिन्दूवादी सरकार र प्रशासनलाई डाहा लाग्नु स्वभाविक हो । 
काभ्रेपलान्चोक जिल्ला तिमाल क्षेत्रको तामाङहरूले आफ्नै खेतबारीमा रोपेर उत्पादन गरेको बुद्धचित्त मालालाई 'अबैध' भनेर महत्वपूर्ण बुटीलाई र पेशाकर्मीलाई नै निमिट्यान्न पार्ने उनीहरुको हर्कत देखिन्छ । अन्तराष्ट्रिय क्षेत्रमै खपत हुने यो दुर्लभ बुद्दचित्ता मालालाई सरकारले बढावा दिई तिमालबासीलाई हौस्याएर बिदेशी डलर भित्र्याउने कार्यमा सघाउनु पर्नेमा उल्टै पक्राउ गरीरहेको छ ।
आफ्नै खेतबारीमा बुद्धचित्त मालाको खेती गरी बिक्री बितरण गर्दै आईरहेको तिमाल क्षेत्रको जनतालाई सरकारले प्रोत्सहन गरेमा तिमाल क्षेत्र र सिंगो मुलुक नै आर्थिक रुपमा सम्पन्न हुने थियो । तर, सकारात्मक कुरातर्फ नलागी सरकार वा प्रशासन तिमालको तामाङहरूले आफ्नै खेतबारिमा संरक्षण गरी उत्पादन गरेको बुद्धचित्त मालालाई अबैध भनी कारोवारमा अबरोध खडा गर्नु अत्यन्तै दु:खको कुरो हो । बुद्धचित्त मालालाई अबैध भनी अबरोध गर्नु भनेको सिंगो बुद्धधर्मप्रतिकै प्रहार हो । यसलाई आम मिडिया, जनसमुदाय र सिंगो बौद्धमार्गीहरूले घोर बिरोध गर्दै तिमाल र नेपालमा सहज ढंगले यसको कारोबार गर्न पाउने बातावरण बनाईनु पर्दछ । तिमाललाई बौद्ध धार्मिक पर्यटन र आर्थिक मेरूदन्डको रुपमा बिकास गर्नु गराउनु तत्काल आवश्यक छ । यद्धपी प्रशासनको यो रबैयालाई आजै देखी नेपालको मूलबासी मंगोल समुदाय र बौद्धमार्गीहरूले खुलेर बिरोध गर्नु पर्ने भएको छ ।
 

No comments:

Post a Comment