Thursday, August 1, 2013

सेनाले पूर्वराजा ज्ञानेन्द्र शाह को हेलिकोप्टर रोक्यो

धनगढी, श्रावण १० : दार्चुलाको बाढीपीडितलाई राहत बितरण गर्न हिँडेका पुर्वराजा चढेको हेलिकोप्टर नेपाली सेनाको शत्रुभंजन गुल्मभित्र रहेको हेलिप्याडमा अवतरण गर्न रोक लगाईएको छ । सेनाले यसअघि बुधवारका लागी उक्त हेलिप्याडमा  ज्ञानेन्द्र चढेर आउने हेलिकोप्टर अवतरण गर्न अनुमती दिएको थियो । तर मंगलबार मध्यान्ह एकाएक सेनाले माथिको आदेश भन्दै गुल्मभित्र हेलिकोप्टर अवतरण गर्न नदिने जनाएको थियो । त्यसपछि बुधबार पुर्वराजा र पुर्वयुवराज्ञी हिमानी सहित चढेको माउण्टेन एअरको हेलिकोप्टर खलंग स्थित खुलामंच क्षेत्रमा अवतरन गराईएको थियो ।

No comments:

Post a Comment