Sunday, June 16, 2013

बोस्टन बिस्फोटमा संलग्न भएको आशंकामा २ जनाको भिडियो र फोटो सार्वजानीक (भिडियो सहित)

View high resolution photos of the suspects here:  
न्युयोर्क, सोमबार बोस्टनमा भएको बिस्फोटमा संलग्न भएको आशंकामा एफबीआईले २ जनाको तस्विर सार्वजनीक गरेको छ । सिसीटीभी र तस्विरहरुको अध्यन पश्चात एफबीआईले जारी गरेको तस्विरमा दुबै जनाले टोपी लगाएका छन् । 
बिहिबार एफबीआईले पत्रकार सम्मेलनमा देखाएको तस्विर तथा फोटोहरुमा दुबैजनाले शंकास्पद तरिकाले ब्याग बोकेर घटनास्थल वरपर देखीएका छन् । सोमबार बोस्टनमा भएको बिस्फोटमा परेर तीन जनाले ज्यान गुमाएका थिए भने एक सय सत्तरी जना घाइते भएका थिए । एफबीआईले अनुसन्धानमा सहयोग गर्न सबैसंग आग्रह समेत गरेको छ । यस अघी बिहिबार नै राष्ट्रपती बाराक ओबामा बोस्टनमा पुगेर घटनमा संलग्नलाई कदापी उम्कन नदिने बिश्वास दिलाउनुभएको थियो ।

अमेरिकामा आतंकवादी आक्रमण, तीनको मृत्यु, १४१ घाइते (साथमा तस्बिर र भिडियो)

वासिङटन, वैशाख ३ (एजेन्सी) - अमेरिकाको बोस्टनमा म्याराथुन भइरहेको स्थानमा भएको आतंकवादी बम आक्रमणमा अहिलेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा १४१ जना घाइते भएका छन्। ती मध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको सीएनएनले जनाएको छ।
म्याराथुन सकिने ठाउँ नजिकै दुई वटा बम विस्फोट भएपछि खुसियालीको वातावरण एकाएक शोकमा परिणत हुन पुगेको थियो। मृत्यु हुनेमध्ये एक जना आठ वर्षका बालक छन्। घाइतेमा पनि आठ जना बालबालिका छन्।
आक्रमण कसले र किन गर्‍यो भन्ने बारे केही थाहा हुन सकेको छैन। राष्ट्रपति बाराक ओबामाले दोषी जो भए पनि उसलाई न्यायको कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
संघीय अधिकारीहरुले आक्रमणलाई 'आतंकवादी' भने पनि यसका पछाडि कुन समूह वा व्यक्ति संलग्न छ भन्ने बारे केही पत्ता लगाउन सकेका छैनन्। 
 
बोस्टन ग्लोबका पत्रकार विस्फोट स्थल नजिकै थिए। उनले खिचेको भिडियो- 

No comments:

Post a Comment