अहिन्दु मूलबासी मंगोलको जिउँदो आवाज शिर्षक दिएर दार्जीलिङबासी गोपाल गुरुङलॆ मंगोल डेमोक्रेटिक पार्टीका महासचिव कृष्णबहादुर तामाङका विरुद्ध २०६८ असोज महिनाको अन्तिम हप्ता २ हजार प्रति पर्चा छापेर वितरण गर्ने काम गरेको छ । त्यो पर्चालाई मंगोल नेशनल अर्गनाइजेशनका कार्यकर्ताहरु मार्फत् वितरण गर्ने काम गरिएको थियो । हामीलाई प्राप्त रीपोर्टअनुसार त्यो पर्चा धेरै ठाउँमा एमएनओका कार्यकर्ताहरुले जलाउने काम गरेका छन् ।
२०६८ भदौ महिनाको पहिलो हप्ता गोपाल गुरुङले अहिले गरिरहेका राजनीतिक गतिविधि र कृयाकलाप अहिलेको अवस्था र परिस्थिति अनुसार उपयुक्त नभएको भनी तामाङले असहमति प्रकट गरेपछि गोपाल गुरुङले तामाङका विरुद्ध विभिन्न अवैध कृयाकलाप र अवैध भ्रष्टाचार गरेको आरोप लगाउँदै पर्चा विचरण गरेका हुन् । त्यसभन्दा अघि कृष्णबहादुर तामाङले गोपाल गुरुङलाई आर्थिक, राजनीतिक, सामाजिक र भौतिकलगायत हरेक क्षेत्रमा सहयोग गर्ने गरेका थिए ।
दार्जिलिङबासी गोपाल गुरुङद्वारा वितरित पर्चामा कृष्णबहादुर तामाङ अब एमएनओमा नभएको सबैमा जानकारी गराउँदछौं । कृष्णबहादुर तामाङबाट एमएनओको विषयमा भ्रम फैलाउने काम भएको छ । कृष्णबहादुर तामाङ र यसका केही समर्थक दुष्टहरुले एमएनओको बदनाम गरिरहेका छन् । तामाङ र उसका समर्थक दुष्टहरुबाट एमएनओका विरुद्ध जे-जति गतिविधि र कृयाकपालहरु भइरहेका छन् ,ती सबै गतिविधि र कृयाकलापहरुको सरकारी निकायमा जानकारी गराउन चाहन्छौं । साथै कृष्णबहादुर तामाङले मंगोल नेशनल अर्गनाइजेशनको चल सम्पत्ति र सामानहरु ठगी गरेको साथै सार्वजनिक अपराधमा जेलसम्म परेको छ । कृष्णबहादुर तामाङले पार्टीको सबै नगदसहित जिन्सी सामानहरु पार्टीमा बुझाउन बाँकी रहेको जानकारी गराउँदछौं भनिएको छ । तर हामी गोपाल गुरुङजस्ता असत्य र हावादारी पर्चा वितरण गर्ने व्यक्तिलाई के कुराको स्मरण गराउन चाहन्छौं भने चाबहिलमा रहेको एमएनओ अफिसको १२ महिनासम्मको एकमुष्ट भाडा कृष्णबहादुर तामाङले तिरे कि तपाईंले? भाडा तिर्न नसकेर तपाईंहरु आठ महिनासम्म अफिस बन्द गरेर भाग्नुभएको हो कि होइन । घरपट्टीले भाडा माग्दै फोन गर्दा तपाईंले के भनेर उत्तर दिनुभएको थियो । चाबहिल सरस्वती नगरमा रहेको एमएनओको अफिस किन बन्द भयो? तपाईंहरुले ३ महिनाको मात्रै अफिस भाडा तिर्न नसक्दा त्यो अफिस बन्द भएको हो कि होइन? सरस्वती नगरको एमएनओको अफिसको सम्पूर्ण सामान कृष्णबहादुर तामाङले किन्नुभएको हो । तर तपाईंहरुलाई तामाङले सहयोग गर्न छोडेपछि भाडा तिर्न नसकेर तपाईंहरु अफिसका सबै सामान त्यहीँ छोडेर भाडा नतिरी भाग्नु भएको हो कि होइन । शेर्पा दाइलाई घर भाडा तिर्नू तामाङले किनिदिएको सामान लिएर जानू त्यो सबै सामान तपाईंहरुकै भयो ।
जहाँसम्म कृष्णबहादुर तामाङ सार्वजनिक अपराधमा जेल परेको कुरा पर्चामा उल्लेख छ नेपालको ७३ वटा कारागारहरुमध्ये कुनचाहिँ कारागारमा तामाङले जेल जीवन बिताउनुपर्यो: हामी गोपाल गुरुङलाई प्रश्न गर्न चाहन्छौं । नेपालका सबै जेलमा गएर तामाङलाई जेलमा परेको हो भनेर प्रमाणित गरे हामी आत्महत्या गरेर मर्न तयार छौं । हो हामीलाई थाहा भएअनुसार कृष्णबहादुर तामाङले विगतका संकटकालीन अवस्थामा ६ पटक सेना र प्रहरीको हिरासतमा बसेको सत्य हो तर जेल परेको होइन । तामाङलाई पहिलोपल्ट जिल्ला प्रहरी कार्यालय ललितपुरको टोलीले २०५८ साल भदौ २३ गते पक्राउ गरी राज्य विरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा चलाइएको थियो । त्यतिखेर पनि तामाङले जेल जीवन बिताउनु परेन । २२ दिनसम्म जिल्ला प्रहरी कार्यालय ललितपुरको हिरासतमा बिताई विशेष अदालतको आदेशमा रिहाई हुनुभएको हो ।
तामाङले गर्दै नगरेको कुरालाई पर्चामा लेखी सरकारी निकायमा जानकारी गराउने कुरा छ । हामी गोपाल गुरुङलाई के अनुरोध गर्न चाहन्छौं भने गुरुङजी तपाईंलाई दार्जीलिङबाट ल्याएर महेन्द्रले जसरी हुर्कायो, पाल्यो त्यसरी नै तपाईलाई मूलबासी मंगोल समुदायमाथि कसरी षड्यन्त्र गर्नुपर्छ भनेर पनि सिकायो त्यही काम तपाईंले गर्नु पनि भयो । यो महेन्द्रकालीन समय पनि होइन र तपाईंको झूटो रिपोर्ट सुन्ने राजा-महाराजाको अस्तित्व पनि पूर्ण रुपमा समाप्त भइसकेको छ । हिँजो दरबारको सुराकी भएर जनताको रगत र पसिना चुसेर मोज गर्ने खुनी राजा-महाराजाहरुबाट तपाईंले भनेजस्तो दानापानी प्राप्त गर्न पनि सक्ने छैन । किनकि अब तिनीहरु शक्तिहिन र पतित अवस्थामा पुगेका छन् ।
गुरुङजी तपाईंको २० वर्ष पहिलेको पर्चा र अहिलेको पर्चामा केही पनि भिन्नता छैन । जेल र हिरासत भनेको त के हो भनेर छुटाउन नसक्ने तपाईंजस्तो बुद्दूलाई हामी के भनौं । कृष्ण बहादुर तामाङलाई गाली, बेइज्जती गरेर वितरण गरेको त्यो पर्चा छाप्दा भएको खर्चले तपाईंलाई एक महिनासम्म मिठो खान पुग्दथ्यो । त्यो पर्चा तपाईंको एमएनओका कार्यकर्ताहरुले जलाउनुपर्ने दिन आउने थिएन । त्यो वातावरण तपाईंले नै बनाइदिनु भयो । आज-भोलि तपाईंले आफ्नो नामको अगाडि डा. गोपाल गुरुङ भनेर लेख्ने गर्नुभएको छ । त्यो डाक्टरको उपाधी तपाईंलाई कहाँबाट प्राप्त भयो ?। हामीलाई थाहा भएअनुसार डाक्टर उपाधी तीन किसिमले प्राप्त हुन्छ । त्यो तीन वटै डाक्टरको उपाधी तपाईंले प्राप्त गर्नुभएको छैन । किन तपाईं आफ्ना कार्यकर्ताहरुलाई डाक्टर गोपाल गुरुङ भन भनी भन्न लगाउनुहुन्छ ।
स्मरण रहोस् गोपाल गुरुङले जहिले पनि एमए राजनीति शास्त्र भनेर लेख्ने गर्नुहुन्छ । यस पटक कृष्णबहादुर तामाङका विरुद्धमा तयार गरेको पर्चामा पनि एमए राजनीति शास्त्र भनेर लेख्नुभएको रहेछ । तपाईंले त्यो राजनीति शास्त्रको एमए कुन विश्वविद्यालयबाट प्रप्ता गर्नुभयो । तपाईंजस्तो कथित राजनीतिक व्यक्तिले यस्तो असत्य र हावादारी कुरा गर्न सुहाउँदैन । आफ्नै समुदायको सुराकी गर्दै दरबारमा रिपोर्ट बुझाउने काम गर्दागर्दै तपाईंको जीवन र भविष्य खतम भएको कुरालाई एकपटक आफैले स्मरण गर्ने कि विगतमा राजा-महाराजाहरुलाई दरबारमा गएर झूटो रिपोर्ट बुझाउने समय होइन यो । नेपालका सबै सुरक्षा निकायहरु र वर्तमान सरकार मन्त्रीमण्डलका धेरै सदस्यहरुसँग कृष्णबहादुर तामाङको राम्रो सम्बन्ध छ । उनीहरुलाई तपाईंले पर्चामार्फत् जानकारी गराउनु पर्दैन । तामाङले के गरिरहेको छ र के गर्दैछ भन्ने कुरा उनीहरुलाई राम्रोसँग जानकारी छ ।
जहाँसम्म एमएनओको नगदसहितको जिन्सी सामग्रीहरु पार्टीमा बुझाउनुपर्ने र कृष्णबहादुर तामाङले चल सम्पत्ति र सामानहरुसमेत ठगी गरेको भन्ने कुरा छ त्यो अति नै अशिष्ट, भ्रमात्मक, असत्य, हावादारी, कपोकल्पित, खराब नियतm र निर्देशित बाट प्रयोग भई तामाङको चरित्र हत्या गर्ने नियतले लेखेको प्रष्ट छ । कृष्णबहादुर तामाङले मंगोल नेशनल अर्गनाइजेशन र गोपाल गुरुङलाई अहिलेको अवस्थामा ल्याई पुर्याउने काम गरेको हो तर गोपाल गुरुङले आफ्नै खुट्टामा बंचरो प्रहार गरी त्यो छबिलाई खतम गर्नुभयो । पक्कै पनि तामाङले गोपाल गुरुङको विगतको चरित्र र व्यवहारमा परिवर्तन आउँछ भन्ने ठानेको थियो होला । तर गोपाल गुरुङको सोच र व्यवहारमा परिवर्तन नआएपछि तामाङ एमएनओबाट बाहिरिएको हो भन्ने हामीले ठानेका छौं ।
गोपाल गुरुङ र एमएनओले अहिलेसम्म सधैँ मंगोल समुदाय र यही समुदायको राजनीतिक र सामाजिक क्षेत्रमा रहेका राजनीतिक व्यक्तिहरुको विरोध गरेर एमएनओको नामबाट मात्रै २० वर्ष गुजारी सकेको छ । हो हामीलाई थाहा छ, दरबारिया र प्रतिगामी शक्तिहरुबाट सीमित मात्रामा भए पनि दाना-पानी जुटाउनका लागि गुरुङले यो काम गरिरहेको छ । गोपाल गुरुङले गर्ने गरेको यो काम नेपालका मूलबासी मंगोल समुदायको भावना र मर्म विपरित छ । त्यसैले हामी गोपाल गुरुङ र एमएनओको पछि लागेर अलमलिरहेका इमान्दार र देशभक्त कार्यकर्ताहरुलाई आफ्नो र आफ्नो समुदायको मुक्तिका खातिर मंगोल डेमोक्रेटिक पार्टीमा रुपान्तरित हुन हार्दिक अनुरोध गर्दछु ।
नेपालका सम्पूर्ण मूलबासी मंगोल समुदायहरु सही विचार र सही पार्टीमा राजनीतिक रुपमा धु्रविकृत हुन जरुरी छ । यसबाट मात्र हामी मूलबासी मंगोल समुदायको मुक्ति सम्भव छ । मधेशी मोर्चाले अहिले गरिरहेको राजनीतिक गतिविधि, कृयाकलाप र मधेश आन्दोलनबाट प्राप्त गर्नुपर्ने शिक्षा पनि यही हो । अब पनि हामी मूलबासी मंगोल समुदायले पाठ नसिक्ने र गोपाल गुरुङजस्तो आफ्नै समुदायलाई मात्र गाली गरेर बस्ने तर शक्ति र सत्ता प्राप्तिलाई अर्जुनदृष्टि बनाएर राजनीतिक धु्रविकरण नगर्ने हो भने मंगोल समुदायले खरानी दलेर बनबास गए हुन्छ । अब एमएनओको जस्तो गलत विचार बोकेको पार्टीमा जीवन बिताउनु वा आफ्नो हक विरोधी पार्टीमा बसेर राजनीतिक आत्महत्या गर्नुभन्दा शाहसपूर्वक विद्रोह गरेर मंगोल डेमोक्रेटिक पार्टीमा आउनु नै आफू र आफ्नो देश राष्ट्र र जनताप्रति गरेको इमानदारिता हुनेछ । वर्तमान समयको माग पनि यही हो ।
No comments:
Post a Comment