Sunday, June 16, 2013

हिमाल, पहाड र मधेसबाट बाहुनहरुलाई भगाउने चेतावनी ( हेर्नुस भिडियो सहित)



मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो महधिबेशनलाई सम्बोधन गर्नु हुँदै श्यामलाल र चन्द्रेस्वर मौर्य । यही अधिबेशनमा सम्बोधन गर्दै उनिहरुले बाहुनहरुलाई हिमाल, पहाड र मधेशबाट भगाउने चेतावनी दिएका हुन  (हेर्नुस भिडियो सहित)। 

नेपालको सामाजिक संरचना सुन्दर बगैंचाको फुलबारीमा फुलेको फुल जस्तै सुन्दर छ । यती हुँदाहुँदै पनि यहाँका मूलबासी मंगोल समुदायले सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, राजनीतिक, भौगोलिक र संस्कृतिक बिभेद खेपिरहेका छन ।
नेपालको मूलबासी मंगोल समुदाय राज्यसत्ताको नीति-निर्माण तहमा सहभागी हुनबाट बंचित छन । जबसम्म मूलबासी मंगोल समुदायलाई देश बिकाशको निर्णयक र मूलधारमा स्थापित गराउन सकिदैन तब सम्म मुलुक स्वस्थ्य, समुन्नत, समतामुलक, समृद्धा र शान्त हुन सक्दैन ।
मार्ग-दर्शन र बिचारा धारामा ओतप्रोत भएर संघर्षशिल भएकै कारण राज्यका नीती निर्माण तहमा पुगेकाले नेपालका दुई बिशाल छिमेकी मुलुकहरु चिन र भारत समृद्ध, समुन्नत र शान्त दिशातिर उन्मुख छन । स्वास्थ्य, समुन्नत, समृद्ध, सुदृढ, शान्त एबम न्याय र समतामुलक समाज निर्माण तथा मानवअधिकार सम्पन्न संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संस्थागत सुदृढिकरणका लागी राजनीतिक र सामाजिक रुपान्तरणको अभियान नितान्त आवश्यक छ ।


यस माहन अभियानमा बिचार, दर्शन र सामाजीक न्यायको सन्देशलाई आम नागरिक सम्म सम्प्रेशण गर्दै नेपाल अधिराज्यभरका सम्पूर्ण नागरिकमा मनबीय संबेदनशीलता, न्यायमूखीभाव तथा मानव समुदायका अधिकारहरुप्रती सम्मानको भावना, जागृत गर्दै गराउँदै पूर्णरुपले सामाजिक परिवर्तन गर्ने र गराउने उद्धेश्यले मंगोल नेशनल अर्गनाइजेशनका हजारौ कार्यकर्ताहरु नागरिकहरुको घर-घरमा पुगिरहेका छन ।
नेपाल एकात्मक सामन्ती तथा निर्मम, निर्दयी, तानाशाह शक्तिप्राप्त हिन्दू आर्यन बाहुन/क्षेत्रीहरुको हातमा शासन सत्ता रहेको औपनिवेशिक मुलुक हो । यहाँको मूलबासीहरुको अधिकार छिन्ने र सबथोक लुटिने कामको थालनी भएको सन् १५५९ देखि हो । यिनै परम्परागत सामन्ती शोषण, सामन्तवादी संस्कार, सामन्ती राज्य सत्ताको वर्णभेदी नीति तथा लैङ्गिक भेदभाव र बिद्धमान आर्थिक सम्बन्धको स्थितिले यसको सामन्ती अवस्थालाई प्रस्तुत गरेको छ भने वर्णभेदी, साम्राज्यवादी, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हस्तक्षेप र विविध किसिमले भए गरेका सार्वभौमिकता माथि हिन्दू-आर्यनबाट भए गरेका हस्तक्षेपले औपनिवेशिक अवस्था कायमै रहेको छ । आज विश्व साम्राज्यवादले आर्थिक क्षेत्रमा अघि सारेका 'उदारीकरण' 'निजीकरण' 'भूमण्डलीकरण' जस्ता नीतिले राष्ट्रिय सार्वभौमिकता, स्वाधिन अर्थतन्त्रको निर्माण र स्वतन्त्र लोकतान्त्रिक अधिकारको उपभोगबाट समेत मुलुक र नागरिक बंचित हुनुपरेकोले त्यसबाट थप संकट आइपरेको छ ।
सन् १५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काएदेखि नै हाम्रो पुर्खाहरु सुपति गुरुङ, श्रीजंग थेवे, लखन थापा मगर र रामप्रसाद राईहरुले सामन्तवाद, साम्राज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ । ४५० वर्षदेखिको कालो इतिहास बोकेको सामन्ती राजतन्त्र र बाहुनवादी सामन्ती राज्यसत्ताले नेपालका अहिन्दू मुलबासी मंगोल समुदायमाथि गर्ने गरेको  शोषण, दमन, अन्याय र अत्याचार प्रचलित सामन्तवादी वर्णभेदी राज्यप्रणालीले हल गर्न नसकेको तथ्य स्पष्ट छ । त्यसैले ती विभिन्न समस्याको स्थायी समाधानको बाटो अंगिकार गर्ने क्रममा गणतन्त्रवादी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुलाई समेट्दै सामन्तवाद, साम्राज्यवाद तथा नोकरशाही, सामन्तवादी, वर्णभेदी राज्यसत्ताको पूर्णरुपले अन्त्य एवं सामाजिक संरचनामा आमूल परिवर्तन गरी संघीय लोकतन्त्र, धर्म निरपेक्षता र संघीय शासन प्रणालीद्वारा समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यले मंगोल नेशनल अर्गनाईजेशन नामक राष्ट्रिय राजनैतिक संगठनको स्थापना १ जनवारी १९८९ मा भद्रगोल जेल काठ्माण्डुमा भएको हो ।  ।
सम्पूर्ण शोषित पीडित अहिन्दू मूलबासी मंगोल समुदायको मुक्ति र अधिकारका लागि अहिन्दू मूलबासी मंगोल समुदायलाई एउटै पंक्तिमा गोलबन्द गर्न एउटा बृहत्तर प्रभावकारी संगठनको खाँचो पहिलेदेखि नै महसूस हुँदै आइरहेको हो । यसै उद्देश्यलाई पूरा गर्न सामाजिक न्यायमा आधारित पूर्ण लोकतान्त्रिक प्रणालीप्रति आस्थावान राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि संघर्षरत देशभक्त र गणतन्त्रवादी तथा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई समेट्दै संघर्षका सबै रुपहरुलाई आत्मसात गर्ने, नेपालका मुलबासी मंगोल समुदायको एकताको प्रतिफलस्वरुप मंगोल नेशनल अर्गनाईजेशन नामको राजनीतिक संगठन कृयाशील रहेका छन्। 

मंगोल नेशनल अर्गनाईजेशनद्वारा राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा(पुरा लेख हेर्न माथि क्लिक गर्नु होला) । 



















मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेण्ट गोपाल गुरुङ तेस्रो महधिबेशनलाई सम्बोधन गर्नु हुँदै । 

No comments:

Post a Comment