Thursday, May 9, 2013

'मानवियताको एउटा कारुणीक सत्य कथा'-बिना थिङ तामाङ


यिनी हुन चिनिमाया तामाङ घर नुवाकोट अर्जले वर्ष लगभग २७ मैले यिनलाई आज टिचिङ हस्पिटल काठमान्डौंमा भेटेकी हुँ ।खासमा मेरो साथीको अप्रेशनको लागि म त्यहाँ गएकी थिएँ।साथीसंगै नजिकैको बेडमा यिनि एक्दमै पीडामा छट्पटरहेकी देखें।बलिन्द्र आँशुको धारा बगाएर यिनि आफ्नो शारीरिक र मानसिक दुवै पीडा पखाल्दैथिईन् । उत्सुक्ता जाग्यो।मैले सोधें उनको नजिकै बसेको उन्को श्रीमानलाई।उन्को भनाई अनुसार उनि आज भन्दा १० दिन अघि गाउँकै नजिकको भिरमा घाँस काट्न गएकी थिइन् ।त्यो पनि एक्लै।
कसो कसो त्यो कहाली लाग्दो भिरबाट लडेर तल झरिछिन्। उन्को श्रीमानले बेलुकाको ४ बजे मात्रै थाहा पाएछन् र घरमा ल्याएर भोली पल्ट एक्लैले एम्बुलेन्समा काठमाण्डौं ल्याएछन् । छरछिमेकका कसैले सहयोग गरेनछन्। मरिहाल्छ किन लानु भनेर उल्टो निरुत्साहित पारेछन् । तर उन्ले ऋणपान गरेर भए पनि हस्पिटल भर्ना गरेछन्। चिनीमाया ७ दिन पछि होसमा आईछिन्।आज पूरा ३ दिन भयो उनि होसमा छिन् तर सहन नसक्ने दुखाईमा। डक्टरको अनुसार उन्को मस्तिष्कमा चोट छ। शरीरभरी निलडाम र दर्फराएकोमा घाउहरु छन् । टाउकोको अप्रेशन गर्नुपर्ने भए पनि उनि दुई जिउकी ( ५ महिनाकी) भएकीले गर्न नमिल्ने डक्टर बताउँछन्।
औषधीकै सहायताले बचाउने कोसिस भैइरहेको छ। उन्को श्रीमानको अनुसार उन्को शारीरिक अवस्थामा क्रमश सुधार आएको छ। अहिले सम्ममा ४५ हजार भन्दा बढी रकम औषधी उपचारमा सकिसकेको तर अब औषधी खर्च गर्नको लागि पैसा नभएकोले घर लानुपर्ने बताएका छन्।एक त भिरबाट लडेकी त्यसमाथि दुई जिउकी चिनीमायाको दुर्दशा देख्दा मैले आफूलाई सम्हाल्न सकिन। उन्मा आफ्नै दिदी बहिनीको प्रतिबिम्ब देखें। दुंखको पनि हद हुन्छ नि भन्ने लाग्यो।
भगवान पनि कति निठूरी हुदों रहेछ जस्तो लाग्यो। गर्न त के नै सक्छु र केवल कामना बाहेक यदयपी मैले आफ्नो केहि खर्च कटौती गर्ने वाचा गरेर रु २००० उन्को श्रीमानलाई दिएं। मैले दिएको देखेर नजिकैको अर्को एकजना सह्र्दयी महिलाले पनि रु १००० दिईन् । त्यतिले के नै टर्दो होला र तै पनि केहि राहत होस् भन्ने ठानें। उन्को स्वास्थ्य लाभको कामना गर्दछु।बाँकी भगवन भरोसा।
कृपया यो नोटलाई अन्यथा नठानी दिनुहोला। मानवियताको नातालाई केहि हदसम्म भए पनि कायम राख्ने मेरो प्रयासमा यहांहरुको हातेमालो हुन्छ कि भन्ने मात्रै मेरो आशय हो।

No comments:

Post a Comment