Monday, May 27, 2013

अनिश्चितकालिन सुर्खेत बन्द


सुर्खेत, जेष्ठ १३ - लाटिकोइली स्थित काँक्रेबिहारमा बौद्धको मूर्ति प्रतिस्थापन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी दमन गरेको विरोधमा आइतबारदेखि गरिएको अनिश्चितकालीन सुर्खेत बन्द ले जनजीवन प्रभावित हुन पुगेको छ । बन्द का कारण यातायात र बजार ठप्प भएको छ ।
स्थानीय शान्ति समितिको पहलमा बन्द खुलाउने बारेमा स्थानीय प्रशासन र बन्द कर्ताबीच क्षेत्रीय वन तालिम केन्द्रमा वार्ता जारी रहेपनि बन्द फिर्ता लिने काम भएको छैन । बन्द कर्ताले काँक्रेविहारमा बुद्ध को मूर्ति राख्न पाउनु पर्ने, प्रहरीले ल्याएको मूर्ति काँक्रेविहारमै लगेर राख्नु पर्ने र बन्द का क्रममा आइतबार समातिएका ३ जनालाई रिहाई गर्नु पर्ने माग राखेका छन् ।
जिल्ला प्रशासनसँग अनुमति नलिएर बौद्धको मूर्ति प्रतिस्थापन गर्न लागिएपछि रोक्न खोज्दा शनिबार स्थानीय वासिन्दा र प्रहरी बीच झडप भएको थियो ।
जिल्ला प्रशासन, जिल्ला वन, पुरात्व विभाग लगायत निकायबाट सहमति नलिई बुद्ध को मूर्ति काँक्रेविहारस्थित भग्नावशेष नजिकै प्रतिस्थापन गर्न खोजिएको कार्यलाई रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

बौद्ध गुम्बा संरक्षण समितिका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाले बुद्ध को मूर्ति प्रतिस्थापना गर्न लाग्दा दमन भएको आरोप लगाए । उनले आफ्ना माग पुरा नभएसम्म अनिश्चितकालीन बन्द को कार्यक्रम जारी रहने बताएका छन् ।

No comments:

Post a Comment