Saturday, May 4, 2013

नेपाली मुलका बाबुछोरालाई अमेरिकामा सफलता

अमेरिकाको लस भेगस राज्यमा हालै सम्पन्न युएस ओपन कराँते प्रतियोगितामा नेपाली मुलका बाबु छोरा शान्त र समीर थोकरले कास्य पदक जितेका छन् ।

8

युएस ओपन कराते प्रतियोगिताका काश्य पदक विजेता बाबु छोराद्वय समीर र शान्त थोकर
१८ देखि ३४ वर्ष उमेर समूहका ७५ केजी एडभान्स डिभिजनमा छोरा समीर थोकरले कुमितेतर्फ काश्य पदक र ३५ वर्षभन्दा माथि उमेर समूहका मास्टर एडभान्स डिभिजनमा बाबु शान्त थोकरले कातामा कश्य पदक हात पारेका छन् ।
थोकरले न्युयोर्क राज्यमा ‘इन्टरनेशनल मार्शल आर्ट एशोसियसन’ नामक सँस्था सञ्चालन गर्दै आएका छन् ।
यसै गरी १८ देखि ३४ वर्ष बिगिनर्स डिभिजनमा अर्का नेपाली जनक सिंह खड्काले काश्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने नेपाली मुलका ७ जना खेलाडीहरुको सहभागिता थियो ।

यो सफल्ताले नेपालकै गौरव बढाएको हिमाल प्रतिनिधिस“गको भेटमा थोकरले बताए । उनले भने “अमेरिकामा बसे पनि यस्ता प्रतियोगिताहरुमा हामीले नेपालकै तर्फबाट खेल्ने गरेका छौं ।”
युएस ओपन कराँते प्रतियोगिता प्रत्येक बर्ष अमेरिकी राष्ट्रीय कराँते महासंघको आयोजनामा हुने गर्दछ । यसपाली यो प्रतियोगितामा खेलाडी, प्रशिक्षक र रेफ्री गरी बिश्वका ४५ भन्दा बढी राष्ट्रहरुबाट २५०० जनाको सहभागिता थियो ।

ङिमा पाख्रिन, न्युयोर्क अमेरिका
अमेरिकामा नेपाली कराते खेलाडी र रेफ्रिहरुद्वारा अर्को सफल प्रदर्शनPDFPrintE-mail

Share
User Rating: / 0 
PoorBest 
Written by International Martial Arts Association New York   
Wednesday, 17 April 2013 13:31
Special; 3 photos: न्यू योर्क- विश्व कराते महासंघअन्तर्गत अमेरिकी राष्ट्रिय कराते महासंघ) को आयोजनामा हरेक वर्ष अमेरिकाको लस भेगास शहरमा संचालन गरिने विश्वस्तरिय "Junior International Cup 2013” प्रतियागितामा नेपाली कराते खेलाडी र रेफ्रिहरुद्वारा सफल प्रदर्शन गरिएको छ।

The members of International Martial Arts Association New York, a Nepalese Karate organization. Photo: Santababu Thokar

International Martial Arts Association
New York

प्रेस वक्तब्य

विश्व कराते महासंघअन्तर्गत USA National Karate Do Federation (अमेरिकी राष्ट्रिय कराते महासंघ) को आयोजनामा हरेक वर्ष अमेरिकाको लस भेगास शहरमा संचालन गरिने विश्वस्तरिय कराते प्रतियागिता तथा "Junior International Cup 2013” यस वर्ष २८ मार्चदेखि ३१ मार्चसम्म लस भेगासको पेरिश होटलको कन्भेसन हलमा भव्यताकासाथ सम्पन्न भयो ।

उक्त प्रतियोगितामा विश्वका ४५ भन्दा वढी राष्ट्हरुको २५०० भन्दा वढी विस्वस्तरिय खेलाडीहरुको साथै प्रशिक्षकहरु र World Karate federation(WKF), Pan American Karate Federation(PKF), European Karate Federation(EKF), USA National Karate Do Federation (USANKF) को रेफ्री र निर्णायकहरु र सहभागिता रहेको थियो ।


यस प्रतियोगितामा अमेरिकामा स्थापित एक मात्र नेपाली कराते संस्था International Martial Arts Association NY का प्रमख प्रशिक्षक शान्त थोकर, सहायक प्रशिक्षक पर्खी राई र खेलाडी समिर थोकरले नेपालकोतर्फवाट सहभागिता जनाएका थिए भने न्यू योर्क निवासी खेलाडी तथा प्रशिक्षक मकेन्द्रवहादर सिह र नेपाल कराते महासंघवाट आएका खेलाडी जनकसिंह खड्का गरी जम्मा ५ जनाले विभिन्न छुट्टाछुट्टै तौल र उमेर समूहमा नेपालकोतर्फवाट सहभागी भएका थिए ।

जस मध्ये ३५ वर्षमाथी उमेर समूह Master Advance Division मा शान्त थोकरले कातामा काश्य पदक, १८ देखि ३४ वर्ष ७५ KG Advance Division मा समिर थोकरले कमितेतर्फ काश्य पदक र १८ देखि ३४ वर्ष Beginners Division मा जनकसिंह खड्काले काश्य पदक गरी जम्मा ३ काश्य पदक विजय हासिल गरी राष्ट्रको प्रतिष्ठा उचो राख्न सफल भए ।


नेपाली टीमको प्रशिक्षकमा देबेन्द्र अमात्यले नेपाली खेलाडीहरुको सफल प्रशिक्षकको भूमिका निर्बाह गरेका थिए।

यसैगरी, उक्त सेमीनारमा ५ रेफ्री र एक जना निर्णायकले उत्कृष्ट गर्दै एतिहांशिक सफलता प्राप्त गर्दै चार दिनसम्म रेफ्री र निर्णायकको सफल भूमिका निर्बाह गरेका थिए। यसरी सफल हुने रेफ्रीहरु सरोज भट्टराई, मकेन्द्रबहादुर सिंह, परखी राई, देबेन्द्र अमात्य, शान्त थोकर र  निर्णायकमा रत्न शाही रहेका थिए।

अमेरिकी र नेपाली करातेको इतिहासमा जूनियर अंतराष्ट्रिय प्रतियोगिताको डब्लूकेएफ ब्राकेटअन्तरगत १६ र १७ बर्ष समूहका गरिमामयी खेलका क्वाटर, सेमी र फाइनल खेलमा सरोज भट्टराईले डब्लूकेएफ रेफ्री जज प्यानलमा रही उत्कृष्ठ रेफ्रीको भूमिका निर्बाह गरि देशको मुहार हसाउन सफल रहेका थिए ।

यसरी रेफ्री र निर्णायकको सफल भूमिका गर्ने नेपालीहरुले आगामी जुलाई ११ देखि १४ तारीखसम्म साउथ केरोलिनामा युएस ओलम्पिकको निगरानीमा आयोजना हुने अमेरिकी राष्ट्रिय प्रतियोगितामासमेत रेफ्रीको भूमिका जिम्मेबारी निर्बाह गर्ने छन्।
बिदेशी भूमिमा रही देशको प्रतिष्ठा उच्चाईमा राख्न सफल प्रशिक्षक, खेलाडी, रेफ्री र निर्णायकहरुलाइ हार्दिक हार्दिक बधाई ।

Sensei Shanta Thokar

President & Chief Instructor
International Martial Arts Association
New York

No comments:

Post a Comment