काठमाडौ, जेष्ठ १८ - यदि तपाईंहरूले यो कुरा बुझ्नुहुन्छ भने खिलराजको भूत देखाएर हाम्रो काममा शंका गर्नु भएन । कुन ठाउँमा हामी चुकेका छौं ? पत्रकारको कुरा आउँछ, त्यही खिलराजको भूत देखाएर हाम्रो मानमर्दन गर्नुहुन्छ । सीआईएको केस आउँछ त्यही खिलराजको छाया देखाउनुहुन्छ र हाम्रो मानमर्दन गर्नुहुन्छ । मतलब तपाईंहरूले बचेखुचेको न्यायालयलाई पनि के धरासायी गराउन खोज्नुभएको हो ? तपाईंको विरोध शक्ति पृथकीकरणको सिद्धान्तअनुसार उहाँ त्यो पदमा बस्न पाउनु हुन्न भने सिंहदरबार घेर्नुस् न । अदालतलाई किन अघि सार्नुहुन्छ ? उहाँ आएका बेला म काम पनि गर्दिनँ ल । उहाँ आउनुभयो भने म काम गर्दिनँ ल । के भन्नुभएको तपाईंहरूले ?
स्वतन्त्र न्यायालय तपाईंहरूले मात्र बुझ्नुभएको छ ? हरेक कुरामा खिलराजको भूत देखाएर दैनिक काममा पनि न्यायाधीशहरू उता लागे भन्ने ? के भन्नुहुन्छ तपाईं ? प्रस्ताव पास गर्नुहोस् । एउटा न्यायिक नेतृत्वको च्यालेन्ज भो ल ।
...स्वतन्त्र न्यायपालिकाको रक्षा गर्ने मैले र न्यायाधीशले मात्र हो ? वकिलले पनि होइन ? तपाईं भन्नुहुन्छ भने म भोलि राजीनामा दिन्छु । खिलराजजी आउनुभयो भने म काम पनि गर्दिनँ । के कुरा गर्नु भा ? यति बोल्ने साहस मलाई फुलेको दाह्रीले दिएको हो । मलाई अब केही लोभ छैन । खिलराजको छायाले दामोदरको न्याय र निर्णयमा प्रभाव परेमा म राजीनामा दिन्छु । तपाईंहरू यस्तो भन्नुहुन्छ भने राजीनामा दिन तयार छु । मैले यो जुडिसिरीमा बस्ने अधिकार छैन । स्वतन्त्रता न्यायालयको सर्वमान्य सिद्धान्त हो ।
...खिलराजजी र लोकमानको कुरा फरक हो । काम गर्ने त मैले हो नि । कायममुकायम भन्नोस् वा नभन्नोस् ? म प्रधानन्यायाधीश हो नि । प्रधानन्यायाधीश कहीं गएमा कायममुकायम हुने हो । संविधानले दिएको अधिकार हो । संविधान हेर्नु पर्दैन ? बाधा अड्काउले कायममुकायम दिने हो मलाई ? सर्वोच्च अदालत तीन करोडको धरोहर हो । अदालत मेरो आत्मा हो ।
-शर्माको मन्तव्यका अंश)
बागलुङमा शुक्रबार नेपाल बार एसोसिएसनको कार्यकारिणी परिषद् बैठक उद्घाटन समारोहमा सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश दामोदर शर्मा ।
No comments:
Post a Comment