काठमाडौं। आगामी संविधानसभाको निर्वाचनको मुखमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मिनि संविधानसभाको निर्वाचनको रुपमा लिइएको छ। यही मिनि संविधानसभाको निर्वाचनलाई एमाओवादीले पैसाको बलमा कब्जा गर्ने रणनीति तयार गरेको छ। बाहुबल र पैसाको आडमा एमाओवादीले विद्यार्थीहरुको निर्वाचन कब्जा गर्न सो पार्टीको केन्द्रीय नेतृत्व नै लागिपरेको छ।
जानकारहरुका अनुसार युनियनको निर्वाचनका लागि एमाओवादीले गैर विद्यार्थी भर्ना अभियान थालेर आगामी संविधानसभाका पनि कसरी कब्जा गरिन्छ भन्ने रिहर्सल प्रस्तुत गरेको छ। पैसाको बिटो बोकेर अहिले एमाओवादीका जिम्मेवार केन्द्रीय नेताहरु क्याम्पसका गेटमा धर्ना बसेको देखिन्छ। अहिले एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी देशभरका क्याम्पसमा गैर विद्यार्थी भर्ना गर्न लागेका तथ्य सार्वजानिक भएका छन्। देशान्तरलाई प्रप्त विवरणअनुसार एमाओवादीको विद्यार्थी संगठनले आफ्नो नेतृत्वको आडमा मुलुककै सबैभन्दा ठूलो त्रिवि क्यम्पसमा मात्रै पाँच सयभन्दा बढी गैर विद्यार्थी भर्ना गरेको छ। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि शुक्रवारसम्म भर्ना गर्ने अन्तिम मिति भए पनि क्याम्पसका कर्मचारीलाई मध्यरातसम्म नियन्त्रणमा लिएर गैर विद्यार्थी भर्ना गरिएको हो।
केन्द्रीय क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियनको सभापति अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा छन् भने अबको चुनावमा एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईकी छोरी मानुषी चुनाव लड्दैछिन्। मानुषीलाई चुनाव लड्का लागि कम्तिमा ६० लाख रुपैयाँ हिसिलाले छुट्याएको बताइन्छ।
विशेषगरी नेपाली विद्यार्थी संघको पकड भएका कलेजलाई एमाओवादीले तारो बनाएर भर्ना गरेको तथ्य बाहिर आएको छ। तर खुलेआम रुपमा गैर विद्यार्थी भर्ना गरेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव कब्जाको माओवादी रणनीतिलाई त्रिभुवन विश्वविद्यालय प्रशासनले देखेको नदेख्यै गरेर बसेको भन्दै विद्यार्थीहरुले आक्रोश पोख्न थालेका छन्।
अहिले एमाओवादीको विद्यार्थी संगठनले रत्नराज्य क्याम्पसमा झन्डै ५ सयको हारहारीमा विद्यार्थी भर्ना गरेको र त्यसका लागि एमाओवादी पार्टीले २२ लाख २५ हजार रुपैयाँ खर्च गरेको स्रोतले बतायो।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि स्ववियू चुनावका लागि आफ्नो सचिवालय परिचालन गरेर संगठन कमजोर भएका स्थानमा वाईसीएलका कार्यकर्ता भर्ना गर्न निर्देशन दिएको बताइन्छ। विभिन्न माध्यमबाट अखिल क्रान्तिकारीको सांगठनिक अवस्थाबारे जानकारी लिएर सोअनुसारको पैसा दाहालले छुट्याएका हुन्।
पार्टीका तर्फबाट स्ववियु निर्वाचनमा हिसिला, देवेन्द्र पौडेल र कृष्णबहादुर महरा खटिएका छन्। उनीहरुलाई कलेज विभाजन गरेर चुनाव जित्न साम, दान, दण्ड, भेद अपनाउन निर्देशन दिएको बताइन्छ। यसअनुसार हिसिलाको भागका केन्द्रीय क्याम्पस कीर्तिपुर, महेन्द्ररत्न ताहाचल अस्कल, सरस्वती, पब्लिक युथ परेका छन् भने देवेन्द्र पौडेललाई रत्नराज्य, त्रिचन्द्र शंकरदेवलगायतका क्याम्पसको जिम्मा दिइएको छ। यसैगरी अस्कलमा अन्य विद्यार्थी संगठनको दबाव खेप्न नसकेपछि औपचारिक रुपमा नै सबै संगठनलाई २०/२० जना विद्यार्थी भर्ना गर्न दिने सहमति भएको छ। तर गोप्य रुपमा हिसिलाले यो क्याम्पसमा समेत ठूलो संख्यामा विद्यार्थी भर्ना गरेको तथ्य सार्वजानिक भएको छ।
उता एमालेनिकटको अखिलले पनि रत्नराज्य, ताहाचललगायतका क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको पैसाबाट ठूलै संख्यामा गैर विद्यार्थी भर्ना गरेका छन्। रत्नराज्य क्याम्पसमा एमाले अखिलले २ सयको हाराहारीमा विद्यार्थी भर्ना गरेको बताइन्छ। ठमेलको सरस्वती क्याम्पसमा भने मोहन वैद्यनिकटको विद्यार्थी संगठन बलियो भएकाले हिसिलाको निर्देशनमा अखिल क्रान्तिकारीले गैर विद्यार्थी भर्ना गरेको भन्दै तालाबन्दी गरेको छ। वैद्यनिकटको अखिल क्रान्तिकारीका अध्यक्ष शरद् रसाइलीले एकमुष्ठ भर्ना गरिएका विद्यार्थीको भर्ना रद्द नभएसम्म चुनाव गर्न नदिने चेतावनी दिएका छन्।
सबैको आँखा पर्ने राजधानीका क्याम्पसमा त अखिल क्रान्तिकारीले ठूलो संख्यामा गैर विद्यार्थी भर्ना गरेको छ भने राजधानीबाहिरका क्याम्पसहरुको अवस्था के होला भन्दै अन्य विद्यार्थी संगठन त्यसको छानबिन गर्ने निधोमा पुगेको बताइन्छ। राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अखिलका अध्यक्ष माधव ढुंगेलले आफूहरुले विद्यार्थी भर्ना गरेको स्वीकार गर्दै आफू गैर विद्यार्थी भर्ना रद्द गर्न तयार रहेको बताए। तर अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने गैर विद्यार्थी भर्ना नै नभएको भन्दै लाज पचाएका छन्।
रत्नराज्यलक्ष्मी क्याम्पसमा मध्यरातसम्म कर्मचारीलाई बन्धक बनाएर गैर विद्यार्थी भर्ना गरेको प्रमाण केही टेलिभिजनले सार्वजनिक गरेपछि भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले भने आफूहरु गैर विद्यार्थी भर्नाको विपक्षमा रहेको र आफूले कार्यालयको भाडासमेत तिर्न नसकेको अवस्थामा पैसा खर्चेर विद्यार्थी भर्ना गर्ने अवस्थामा नरहेको बताए।
दुई कार्यकालसम्म हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ २३ गते हुँदैछ। जेठ २३ गतेका लागि हुन लागेको चुनावले देशभरका क्याम्पस तातेका छन्। अघिल्लो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एमाओवादी नेतृत्वको अखिल क्रान्तिकारी सबैभन्दा कमजोर थियो।

No comments:
Post a Comment