Wednesday, May 22, 2013

एउटै प्रश्न रहेको छ समाजसेवी 'उषा ओली' लाई "इजरायलमा कसरी इज्जत बेच्नुपर्यो र कुन अर्थमा "?



शान्तिका अग्रदूत भगवान गौतम वुद्दको जन्मस्थल, शान्ती क्षेत्र नेपालको राजनैतिक अस्थिरताका कारण सृजित वढ्दो बेरोजगार, चुलिंदै गएको महंगी, दिनानुदिन विग्रदै गइरहेको शान्ती सुरक्षाको स्थिती र यसैको जगमा दिनानुदिन जनताले भोग्नु परेको लोडसेडिंङको मार, यी सबैको कारण मुलुकमा रहेका उद्योग व्यवसायहरु धरासायी हुँदा देशको प्रमुख जनशक्तीको रुपमा रहेका युवा शक्ति दिनानुदिन बिदेश पलायन भइरहेका छन् । पछिल्लो समयमा देशले बेहोर्दै आइरहेको अनेकन बज्रपात, झुटको खेती र मौलाउदो बिकृती बिसङ्गतीले देश बिकासको पाइला टेक्नुको सट्टा टेकिसकेका पाइलाहरु पनि खुट्टा तानातानको खेलमा नै रुमलिरहेको यथार्थता निर्विवाद छ ।  देशले व्यहोर्नु परेको राजनैतिक खेलहरुको दुर्गन्धले बिश्व समुदाय सामु नै हाम्रो शान्ति भूमी नेपालको शिर झुकिरहेको तितो यथार्थतामा रुमलिदै हामी शान्ति प्रेमी देशभक्त नेपालीहरु जीवन ब्यतित गर्न वाध्य छौं ।
यसै क्रममा रोजगारीको अवसरको खोजि गर्ने क्रममा करिव ९  बर्ष अघि नेपाली कामदारहरुको प्रवेश शुरु भएदेखि एउटा सुरक्षित र भरपर्दो गन्तब्य स्थल बन्न गएको छ मध्यपुर्बी एसियाली मुलुक इजरायल ।  नव निर्मित मुलुक इजरायलको स्थापनाको ६० बर्षको छोटो समयाबधिमा इजरायलले आफ्नो उपलब्धिलाई बिश्वसामु चिनाउन सफल भइसकेको छ तर ऐतिहाँसिक पृष्ठभूमी बोकेको हाम्रो देश नेपालको स्थापनाको लामो इतिहास गुथिसक्दा पनि आफ्नै नागरिकहरुले आफ्नै देशमा आन्तरिक शरणार्थीको हैसियत महसुश मात्र गरिरहेका छैनन् देशका मेरुदण्डको रुपमा रहेका युवा पिढीहरु रोजिरोटीको लागि संसारका कुना कुनामा सस्तो मूल्यमा आफ्नो श्रम बेच्न वाध्य भैरहेका छौं ।
 करिव ९  बर्ष अघि अथवा सन् २००४ देखि नेपाली कामदारहरुले श्रम सम्झौता गर्दै इजरायलको रोजगारीमा आउने अनुमती प्राप्त गरेका थिए । बिशेषगरी केयरगिभर र कृषि कामदारको लागि कामदारहरु आयात गरिने यो मुलुकमा खास गरेर नेपाली महिला कामदारहरुकोलागि सुरक्षित र गक्ष अनुसारको कमाइ हुने देखिन्छ भने विश्वमै उन्नत प्रविधिक कृषि प्रणालीको प्रयोग गरी देशकै अर्थतन्त्रलाई मजवुद गराउन सफल इजरायलले सृजना गरेको रोजोगारीबाट धेरै नेपालीहरुले आफ्नो जीवनस्तरलाई माथि उकास्दै सुनौलो भविष्यको मार्गदर्शन पनि गरिरहेका छन् । यदि देशमा रोजगारी, सहज जीवन यापन गर्ने वातावरणको सृजना हुने हो भने अर्काको देशमा पसिना बगाउन शायदै कोही तयार हुदैन होला । केही न केही असन्तुष्टिकै कारण जो कोही परदेसिएको हुन्छ चाहे त्यो पारिवारिक समस्याको कारण होस् या ब्याग्तिगत, अझ भन्नुपर्दा राष्ट्रकै प्रमुख समस्या । नेपाली समाजमा खास गरेर बैदेशिक रोजगारीमा पुरुषहरु जाने चलन पुरानो बनिसकेकोमा पछिल्ला केही समय यता महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।
खास गरेर नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीकालागि श्रम स्विकृति दिइने देशहरुमा जापान, कोरिया, हङकङ, लेवनान, कुवेत लगायत खाडिका विभिन्न मुलुकहरु र मध्यपूर्वी एसियाली मुलुक इजरायल पर्दछन । त्यसमा पनि विशेषत वुढावुढी तथा अशक्तको स्याहार सुसार लगायत घरको काम  गर्नुपर्ने  र यस प्रकारको काममा नेपाली महिलाहरु पोख्त मानिने भएकोले इजरायलले नेपाली महिला कामदारहरुको विशेष माग गरेको देखिन्छ । महिलाहरुको बैदेशिक रोजगारको यात्रामा सुरक्षाको सन्दर्भमा अन्य देशहरुमा भन्दा फरक प्रकृति देखिन्छ इजरायलमा । मानब अधिकारसँगै महिलाहरुको पूर्ण सुरक्षा र कामदारमुखी कानुन रहेको देश इजरायलको रोजगारी अपबाद बाहेक असुरक्षित भन्न सक्ने कुनै आधार देखिदैन ।
झापाकी समाजसेवी भनिने  'उषा ओली' ले इजरायलबाट फर्किएपछी इजरायलमा कार्यरत नारीहरूको चरित्रलाई इंकित गर्दै दिएको अन्तरवार्ता फेसबुकतिर यसरी यो लिंकमार्फत  -https://m.facebook.com/story.php?story_fbid=424333004331997&id=100002659030312&_rdr छरिएको पाइयो ।   १८ जना बालबालिकाको स्याहार गर्दै आइरहेकी    समाजसेबी उषा ओलीले इमेज च्यानलको  कार्यक्रम जीवनशैलीमा  दिएको अन्तरवार्तामा  इजरायलबाट फर्किनुको कारण र १ महिनामा इजरायलबाट फर्किएको जानकारीहरू सार्वजनिक गरिएको भिडियो रिपोर्ट  हेर्दा कत्तीपनी चित्त नबुझ्दो लाग्यो । इजरायलमा सन्  २००४ देखि हालसम्म निरन्तर काम गर्दै आइरहेका थुप्रै नेपाली दिदिबहिनिहरू छन् ।' उषा  'जी ले भिडियोमा भनेजस्तो भेडा बाख्रा खोरमा कोचे जस्तो र एजेन्सीले खसी बाख्रा छानेजस्तो केही हुदैनन् यहाँ । नेपालीहरुले लिएको अपार्टमा  छुट्टिको समय  र काम नहुदाको समयमा मिलेर बस्नुपर्छ ।  इजरायलमा  कियरगिभरहरूको आफ्नो छुट्टै नियम कानुन छ ।  कियर-गिभरहरू बाल आश्रम र बिद्धाश्रममा काम गर्न भनेर ल्याईएको हुदैन ।  अशक्त ,अशहाय ,बिद्ध-बिद्धाहरूको सेवा गर्नकै लागी भनेर इजरायल ल्याईएको हुन्छ । एक जनाले एक जना अशक्तलाई सेवा गर्नुपर्ने हुन्छ , खाने ,बस्ने , बत्ति पानीदेखी छुट्टि निस्किदा पकेट खर्च समेत कियर गिभरहरूले पाएका हुन्छन् । इजरायली पर्व १२ दिन र नेपाली पर्व ९ दिन गरेर नियमत  २१ दिन बार्षिक बिदा पाउछन् कियरर्गिभरहरूले । हप्तामा १ दिन छुट्टीको ब्यबस्था रहेको छ । सुरुसुरुमा  भाषाको समस्या त सबैलाई हुन्छ तर बिहान इम्प्लोयरले घरमा छोडेर जाने र वेलुका आउने 'उषा' जी ले भनेजस्तो हुदैन यहाँ । २४ सै घन्टा आफ्नो मालिक या मालिक्निको नजिक बस्नुपर्ने हुन्छ । अल्सामइमर (दिमाग गुमाएका )का बिरामिहरुसग काम गर्न अलिक गार्हो त हुन्छ नै तर पनि हामी त्यही कामको लागी आएका हौ भन्ने सम्झिनु पर्ने हुन्छ । आफूलाई पुरुष या महिला जे मन लाग्छ छानेर हेर्न पाईन्छ । कसैले जवरर्जस्ती मन नपरेको काममा लगाउन सक्दैन  । ' उषा 'जी  ले भनेजस्तो  इजरायलमा इज्जत वेच्नु पर्दैन , शान , मान र इज्जतका साथ काम  र दाम कमाएका छन्  यहाँ  । जतिवेला पनि पास्पोर्ट आफ्नै हातमा हुन्छ अनि एक काम मन नपरे जतिपनी   काम फेर्न पाइन्छ  । यती शुरक्षित र पुर्णत महिला हक अधिकार भएको देश इजरायल आएऱ १ महिनामा नेपाल फर्किने महिला विरलै हुन्छन् । इजरायलमा जतिपनि महिलाहरू छन् अपवाद वाहेक १०० % शुरक्षित छन् ।आफ्नो ईच्छा बिपरित कसैले जवर्जस्ती गरेका ,यौनशोषणमा परेका घटनाहरू सायद सुन्य होलान् इजरायलमा । कामको सवालमा    इजरायल ल्याउने एजेन्सी हुन्छ । यहाँ भएका पुराना नेपालीहरूले पनि सक्दो सहयोग गर्छन् ।
 'उषा 'जी लाई कुन एजेन्सीले इजरायल सम्म ल्याएर नेपाल फर्कायो अनी कुना अपार्टमा बस्नुभयो ? इजरायल आउँदाको ८ ,१० लाख ऋण कसले बेहोर्यो यो सबैको  चाखलाग्दो बिषय बनेको छ ।  इजरायलमा रहेर निर्धक्क आफ्नो जिबनस्तरलाई माथी उकास्दै गरेका तमाम दिदिबहिनीहरूका आफन्त ,श्रीमान ,साथिसङ्गीहरूले उक्त भिडियो रिपोर्ट हेरेर के महशुस गर्लान ? एउटा गम्भीर प्रश्न तेर्सिएको छ' उषा 'जी लाई ? यदि उषा जी साच्चै इजरायल आउनु भएको हो भने करिब ४ बर्षदेखी नेपाली कियरगिभरहरूलाई इजरायलको रोजगारी बन्द रहेको छ , कहीले आउनुभयो त्यो पनि स्पस्ट भएको छैन् ।
इजरायलमा रहेका महिलाहरू आफ्नो काम दाम र इज्जतप्रती गर्भित महशुश गरेको देखिन्छ । अनेकन चाड पर्व या  छुट्टीको समयमा गरिने मनोरन्जनात्मक घुमफिर तथा अन्य  क्रियाकलापहरू पनि प्रशस्तै  हुने गरेका छन् ।  इजरायलमा रहेका नेपालीहरूले थुप्रै सामाजिक कार्यहरू पनि गर्दै आइरहेका छन् । इजरायलको रोजगारीमा आउन चाहनेहरू रोजगारी बन्दको कारण दुखित हुँदै रोजगारी खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।
उषा ओलीको उक्त भिडियोप्रती अशन्तुष्टी जनाउदै इजरायलवासी नेपालीहरू लगायत  विभिन्न संघसंस्थाहरूले  तिव्र विरोधका साथ  कार्यक्रम संचालिका र उषा ओली अनी इमेज च्यानलले नै आम माफी माग्नुपर्ने दाबी गर्दै ध्यानाकर्षण गराईएको छ । 
  इजरायलमा कार्यरत नेपालीहरूलाई कुनै समस्या परेमा नेपाली दुतावासमा  सिधै  संपर्क गर्न सकिन्छ ।  दुतावासले सक्दो सहयोग पनि  गर्दै आइरहेको छ साथै दु:खमा परेकाहरूलाई  सहयोग गर्ने   प्रचार गर्ने नेपाली मिडियाहरू  र बिभिन्न संघ संस्थाहरू   पनी खुलेका छन् । उषा  जी , यदि आफ्नो मन खुशीले घरपरिवारबाट अलगिएर बस्न नसकी नेपाल फर्किनुभएको हो भने यहाँको ब्यक्तिगत कुरा हो , रपनी इजरायलमा रहेका नेपाली दिदिबहिनीहरूको चरित्रहत्या हुने खालका कुराहरू मिडियासम्म ल्याएर इजरायलको रोजगारीलाई नै   आक्षेप लगाउदा तपाइकै चरित्रप्रती पनि एक औला तेर्सिईरहेको हुन सक्छ त्यसैले म आफू लगायत इजरायलमा कार्यरत नेपालीहरूको एउटै प्रश्न रहेको छ 'उषा' जी लाई ," उषा जी ले इजरायलमा कसरी इज्जत बेच्नुपर्यो र कुन अर्थमा ?"
 
(इजरायलको रोजरागीबाट फर्किएकी समाजसेवी भनिने उषा ओली इमेज च्यानलबाट प्रसारित कार्यक्रम जीवनशैलीमा  प्रसारित भिडियो)



No comments:

Post a Comment