Thursday, May 16, 2013

चुनाब घोषणा हुनासाथ डाङडुङको तयारि

चुनाब घोषणा हुनासाथ डाङडुङको तयारि
MAOIST REBELSचुनाव चुनाव भनेका अधिकांश दलले । पख्लास भन्दै बटारिएका बैध्यबाको नेकपा-माओवादी पार्टीले गर्ला चाहिँ के त ? सबैलाई कौतुहलता हुनेनै भयो । ठूलो पार्टी दाबी गरेको एकिक्रित नेकपा माओवादीको दाउ छ, चुनावमा बैध्यबाको पार्टी नआए भोट सोरिएर आउँछ हामीतिर । मज्जाले जितिन्छ । बहुमत ल्याइन्छ । तिनको निति, योजना केहि छैन । कहाँ बस्छन् र त्यो पार्टीमा ? दाइँ गरेको परालझैं सोरिएर आउँछन् कार्यकर्ता जति स्वात्तै हाम्रो पार्टीमा ।
तर ‘हुन्नौं सहभागि चुनावमा । सरकारसित गर्दैनौं बार्तासार्ता’ भन्दै उफ्रिएको नेकपा -माओवादीको तयारि त बिछट्टैको पो रहेछ । अरु दलले चुनाव भए उमेदवार बनौंला । जितौंला । नेता बनौंला । पद लिउँला । झण्डा हल्लाउँला भनेर मुख मिठ्याइरहेका बेला बैध्य बाको पार्टीले भित्रभित्रै भयंकर तयारि गरेको रहेछ, चुनाव घोषणा त होस न अनि देखाउँला भन्दै । आज अलिकति भित्रि कुरो खुसाएको छ नेपालप्लसले ।

निकै समयदेखि कोसिसगरेको थिएँ, ड्यास माओवादीको चुरो कुरो पत्ता लगाउन । तर गाह्रो भो । ज्यान जाला भन्दैनन् कामरेडहरुले । साह्रै चाम्रा देखिए । ‘के छ कामरेड हो ? के गर्ने हो चुनावमा ?’ भनेर सोध्यो । थाह पाइहाल्नुहुन्छ नी’ भन्छन् । कि चुनावमा भाग  नलिएर सशस्त्र युद्द गर्ने हो ?’ भनेर सोध्यो ‘खासै अरु जानकारि भएन, अर्को निर्देशन केहि आउला, निति बनाउला नी पार्टीले’ भन्दै तर्किन्छन् । तर हिजो एक कामरेडले अलिकति छनक दिए । कामरेडहरुको पहिलो निशानामा पर्ने रहेछन् प्रचण्ड र बाबुराम भट्टराई कामरेड ।

‘चुनाव बहिस्कार र डाङडुङ पछि के त ?’ मैले फेरी जिज्ञासा राखें । ‘हाम्रो पार्टीले पहिलेनै जनसरोकार र राष्ट्रियतासित संवन्धित माग बुझाइसकेको छ । त्यसैलाई पूरा गर्न दबाब दिन्छौं । पुरा यिनले गर्दैनन् । आफैंले देउवा सरकारलाई बुझाएको ४१ सूत्रिय माग बाबुराम भट्टराई आफैं प्रधानमन्त्री हुँदापनि पुरा गर्न चाहेनन् । त्यसैले हामी तिनै मुद्दा उठाएर तिनलाई  जनताबाट नंग्याउँछौं।’

‘शषस्त्र युद्द गर्ने हो त्यसपछि ?’ मैले सोधें । कामरेडले भने ‘चुनावमा हान्न थालेपछि दमन हुन्छ । दमन भएपछि स्वत : हाम्रो पार्टी शसस्त्र युद्दमा जानुपर्ने हुन्छ । पार्टीले सायद त्यसैको तयारि गरिरहेको छ । यो चुनाव जनताका समस्या हल गर्न होइन । राष्ट्रियतालाई झन बिदेशीको पाउमा सुम्पन रचिएको हो । यिनले गर्न लागेको चुनाव पहिचान सहितको संघिय नेपाल बनाउने संविधान बनाउनपनि होइन । त्यसैले, चुनाव त हुँदै हुँदैन । बिस्तारै हाम्रो मागमा अन्य संघियता र पहिचान पक्षियपनि समेटिन्छन् ।  यो भन्दा बढि कामरेडले बताउन चाहेनन् । भने ‘सबै कुरो थाह भैसकेको छैन । पार्टीले सबै जानकारि सर्कुलर गरेकोपनि छैन, अहिलेसम्म । तर एउटा कुरो के हो भने यो निर्वाचन हाम्रो पार्टीका लागि जिवनमरणको मुद्दा हो । हामी बाबुराम भट्टराई र प्रचण्डलाई कुनैपनि हालतमा सफल हुन दिँदैनौं ।’

मैले पाएको सूचना यत्ति हो । तर चुनाव घोषणाका लागि गरिएको आलटाल । मिलेर चुनाव लडौं भनेर बैध्य पक्षलाई प्रचण्डको चारो । माधव नेपाल, सुजाता कोइराला, गगन थापा जस्ता नेताको ‘बैध्य पक्ष सहभागि नभए हुन सक्दैन निर्वाचन’ भनेर दिएका अभिब्यक्तिले चुनावमा डाङडुङ हुन्छ भन्ने अडकल काट्न भने सकिन्छ नै । आज सम्बाद डटकमको रिपोर्ट हेर्नुस । यसको जिम्मेवारी मैले लिने कुरो भएन । तर तपाईहरुलाई थप जानकारि होस्, केहि बुझ्न सजिलो होस् भन्ने उद्देश्यले मात्रै राखिदिएको हुँ ।

भित्रभित्रै राष्ट्रिय मुक्ति सेनाको तयारी

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले युद्धमा जाने निर्णय गरेका कारण संविधानसभा निर्वाचनको सम्भावना टरेर जाने संकेत देखिएको छ। माओवादी केन्द्रीय समितिको हालै सम्पन्न गोप्य बैठकले भने फेरि युद्धमा जाने निर्णय गरेको छ । जसका लागि लडाकुहरूको पुनर्गठन र हतियार संकलन कार्य आरम्भ भइसकेको जानकारी एकजना प्रभावशाली केन्द्रीय नेताले बताउनु भएको छ । यता, बाहिर चुनाव प्रचारमा हिँडेका ठूला पार्टीका ठूला नेताहरूले भित्रभित्रै मोहन वैद्य नेतृत्वको माओवादीले आन्दोलन चर्काइदिए त्यही मौकामा खिलराज हटाउने र आफू आउने रणनीति बनाएका छन् । खास गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नै यो रणनीतिमा रहेको स्रोतले बताएको छ।

जनयुद्ध शब्दलाई प्रचण्ड र बाबुरामले बदनाम गरेको कारण वैद्य माओबादीले अब शुरु हुने युद्धलाई राष्ट्रीय स्वाधिनताको युद्धा नाम दिएको छ । लडाकुहरुको संगठनलाई बिगतमा जनमुक्ती सेना भनिएकोमा अब त्यस्को नाम राष्ट्रीय मुक्ती सेना राखिएको छ । निकट भबिष्यमानै राष्ट्रीय मुक्ती सेनाले राष्ट्रीय स्वाधिनताको लडाई आरम्भ गर्ने र राष्ट्रीय स्वाधिनता भए पछि मात्रै संबिधान सभाको निर्बाचनमा जाने नेकप-माओबादीको रणनीति रहेको छ ।

राष्ट्रीय स्वाधिनता निरिह भएको अहिलेको अवस्थामा संबिधान सभाको निर्बाचन गरियो भने सिक्किमा जस्तै नेपाल पनि भारतमा बिलय हुने बिश्लेषन गर्दै माओबादीले कुनै पनि हालतमा यथास्थितिमा संबिधानसभा निर्बाचन हुन नदिने निर्णय गरेको छ ।

जबर्जस्ती मुलुकलाई संबिधानसभा निर्बाचनमा धकेलियो भने तुरुन्तै राष्ट्रीय स्वाधिनताको युद्ध थालिहाल्ने निर्णय गरेको माओबादीले सैनिक संगठनलाई गाँउस्तर सम्मा बिस्तार गरिसकेको छ । सुत्रहरुको अनुसार गाँउ बिकास समिती, नगरपालिका, निर्बाचन क्षेत्र, जिल्ला र केन्द्रमा राष्ट्रीय मुक्ती सेनाले संरक्षण दिनेगरी पार्टीको तीन-तीनवटा घेरा निर्माण गर्ने कार्यदेश केन्द्रिय सदस्यलाई दिएको छ । गाउँको घेराको मनिटरिङ केन्द्रिय सदस्यको नेतृत्वमा, जिल्ला घेराको मनिटरिङ पोलिट्ब्युरोको नेतृत्वमा र केन्द्रिय घेराको मनिटरिङ स्थाई समितिको सदस्य नेकप-माओबादीको महासचिब बादललाई दिने माओबादी श्रोतले जनाएको छ ।

निर्बाचन बिथोल्ने कार्यक्रम अन्तर्गत जबर्जस्ती गरे मृत्युदण्ड सम्म दिन सकिने गरी निती पारित गरेको छ । निर्बाचनमा उम्मेद्वारी नदिन सार्बाजानिक अपिल गर्ने, चुनाव प्रचारमा नजान आग्रह गर्दै हरेक उम्मेद्वारलाई पत्र पठाउने, उम्मेद्वारले जबर्जस्ती चुनाव प्रचारमा गए भने शालिन ढंगले बिथोल्ने र उम्मेद्वारलाई हिरासतमा लिने र उम्मेद्वारलाई हिरासतमा लिने क्रम्मा प्रतिकार गर्ने प्रयास भयो भने मृत्यु दण्डा सम्माको सजाय दिने गरी कार्यक्रम तय गरेको थाहा भएको छ ।

जनयुद्धलाई धोका दिदै अकुत सम्पती आर्जन गर्ने र राष्ट्रीय स्वाधिनतालाई भारतको पाउमा चढाउने प्रचण्डा र बाबुराम भट्टराई मण्डली कारबाहिको पहिलो निशाना हुने निर्णय पनि माओबादीले गरेको छ ।

जन्युद्धको क्रम्मा जम्मा गरिएको भौतिक सम्पति राष्ट्रीयकरण गर्न र बिप्पालगायत असमान सन्धी खारेज गर्न प्रचण्डा, बाबुराम मण्डालीलाई शालिन ढंगले आग्रह गर्ने अटेर गरेमा भौतिक कारबाहीको प्रकृया आरम्भ गर्ने लगायतका निर्णय गरिएको माओबादी सुत्रको दाबी छ ।

राष्ट्रीयताप्रती सम्मान भएका थुप्रै नेता तथा कार्यकर्ता एमाओबादी, नेपाली कंग्रेश र नेकपा एमाले लगायतका पार्टी भित्र भएका कारण ति पार्टीका सबै नेता कार्यकर्तालाई आक्रमण नगरि राष्ट्रबिरोधीहरुलाई मात्रै छानीछानी कारबाही अगाडी बढाउने रणनीती माओबादीले अख्तियार गरेको छ । शत्रुहरु बिच फाटो उत्पन्न गराउने, कम्जोर शत्रुको सहयोग लिएर बलियो शत्रुलाई ध्वास्त बनाउने रणनीति पनि माओबादीले बनाएको छ ।

No comments:

Post a Comment