Saturday, April 27, 2013

चीनलाई काउन्टर दिन तिब्बतीको 'मुक्ति दिवस'

मुक्ति दिवस सम्म दुई दर्जन तिब्बतीहरूले काठमाण्डौमा आत्मदाह गर्ने तयारी !
काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामाको निर्वासित सरकारले चीन सरकारलाई काउन्टर दिन आगामी मार्च १० मा भब्य रुपमा मुक्ति दिवस मनाउने तयारी गरेको छ । सोही दिन विश्वको दोस्रो शक्तिशाली राष्ट्र चीनको सर्वोच्च पद 'राष्ट्रपति र सैन्य प्रमुख' को पदभार ग्रहण गराउने कार्यक्रम पनि परेको छ ।
सन् १९५९ मार्च १० मा तिब्वतको पोतला दरबारबाट विद्रोह गरी दलाई लामा भारतको राजनीतिक शरणमा पुगेका थिए । सोही दिनलाई तिब्बतीहरूले मुक्ति दिवस मनाउँदै आएपनि यस पालीको मुक्ति दिवस भने विशेष रुपमा मनाउने लामाको निर्वासित सरकारले निर्णय गरेको छ । भारतमा निर्वासित जीवन विताईरहेका लामाको कदमलाई स्वागत गर्दै हालसम्म ९९ जना समर्थकले आत्मदाह गरिसकेका छन् ।
आत्मदाहका क्रममा ८३ जनाको ज्यान गईसकेको छ । लामाका समर्थकले तिब्बत चीनबाट स्वतन्त्र हुनुपर्छ र लामालाई तिब्वतमा नै फिर्ता गराउनु पर्ने माग राख्दै आएका छन् । तर दलाई लामा तिब्बतको पोतला दरबारमा रहेका बेला सन् १९५४ मा लामाका विशेष दुतले चीनको माओत्से तुङ सरकारलाई तिब्बत चीनको एक अभिन्न अंग हो भन्दै सम्झौतामा हस्ताक्षर गरेका कारण चीन एक चीनमा अटल रहँदै आएको छ ।
'केही बर्षमा नै चीन विश्वकै महाशक्तिशाली राष्ट्र हुन लागिरहेको छ। यस्तो अवस्थामा तिब्बती मुद्धा र उनीहरूका मानवअधिकारका कुरालाई लिएर अमेरिका र यूरोपियन मुलुकका मानवअधिकारबादीहरु नेपाली भूमिबाट कडा रुपमा तिब्वती आन्दोलनका कार्यक्रम गर्न सक्रिय हुन थालेका छन्।'
तिब्बतीहरूले मार्च १० मा मनाउन लागिएको मुक्ति दिवस चिन सरकारलाई काउन्टर दिन विश्वभर मनाउने तयारी गरेका छन् । स्रोतका अनुसार मार्च १० मा बौद्धस्थित सामदोलिङ गुम्बाबाट नारा जुलुशका साथ मुक्ति दिवश मनाईने कार्यक्रम तय भईसकेको छ । मुक्ति दिवसलाई मध्यनजर राखी तिब्वती नयाँ बर्ष समेत नमनाउन दलाई लामाको निर्वासित सरकारले निर्देशन दिईसकेको छ । कारण, आत्मदाहका नाममा ८३ जनाको मुत्यु भईसकेकाले नयाँ बर्ष लोसार नमनाई पूजा मात्र गर्न निर्देशन दिईएको  हो ।
संयोग नै मान्नु पर्छ, दलाई लामाले तिब्वत छाडेको दिन, चीनमा राष्ट्र प्रमुखको पदभार ग्रहण गर्ने र तिब्वती शरणार्थीले मनाउन लागेको मुक्ति दिवस आगामी १० मार्चमा परेको छ । त्यसैले पनि मुक्ति दिवसलाई भब्य रुपमा मनाउन लामाको निर्वासित सरकारले तिब्बतीलाई निर्देशन दिएको बुझिएको छ । नेपालमा पनि मुक्ति दिवस मनाउने  प्रवन्ध मिलाउन लामाको नेपाल प्रतिनीधि ताम्दीङ दोर्जे तुलाधर दैनिकजसो महानगरिय प्रहरी बृत्त बौद्धसँगै रहेको होटल तिब्वत ईन्टरनेशनलमा तयारी बैठक गर्न धाईरहन्छन्, जहाँ यूरोपियन मुलुकहरूका राजदुत समेत भेटिने गरेका छन् ।
मार्च १० तारिखमा हुन लागिरहेको मुक्ति दिवशको पूर्व सन्ध्यामा ११ जना तिब्बती शरणार्थी पिस मार्च अभियान लिएर भारतको धर्मशालाबाट हिडिसकेका छन् भने उक्त पिस मार्च अभियान धर्मशालाबाट सुरु भई नेपालको चीनसँग जोडिने सिमाना तातोपानी पुगेर सकिने बताईएको छ। मुक्ति आन्दोलनलाई भब्य बनाउन पस्चिमेली मुलुकको गुप्तचरमा कार्यरत दश जना विशेष दुत पनि मुक्ती दिबशलाई सघाउन नेपालमा आई काम थालिसकेको स्रोत बताउँछ।

यसैबीच गत बुधबार राजधानीको बौद्धस्तुप परिसरमा एक तिब्बती युवकले आत्मदाह गरेका छन्। दुई साता अघि तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका तिव्बतीयन नागरिक डोमन डुक्चेको आत्मदाहकै कारण उपचारका क्रममा मृत्यु भएको हो। नेपाल सरकार र प्रहरीको उदासिनताका कारण उक्त घटना भएको भन्दै चीन सरकारले कडा आपत्ति जनाउने तयारी गरेको बुझिएको छ। 'मार्च १०' लाई मध्यनजर राखी दुई दर्जन भन्दा बढी तिब्बतीयनहरू आत्मदाहको लागि नेपाल भित्रीएको पनि बुझीएको छ।

No comments:

Post a Comment