Monday, April 1, 2013

दाहालपुत्र प्रकाशको कारबाही फुकुवा,


काठमाडौ, चैत्र १९ - एमाओवादी पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशको कारबाही फुकुवा गरेको छ ।
सोमबार साँझ दाहाल निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले प्रकाशको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
बिना मगरसँग भागेर विवाह गरेपछि ६ महिनाअघि दाहाललाई पार्टीले कुनै पनि पदमा नरहने गरी निलम्बन गरेको थियो । उनलाई के जिम्मेवारी दिने भन्ने बारे पछि निर्क्योल गरिने लाजिम्पाट स्रोतले जानकारी दियो । कारवाही हुनुअघि उनी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निजि सचिवालयका सदस्य र नेवा राज्य समितिका सदस्य थिए ।
प्रकाश हाल काठमाडौमै रहेको लाजिम्पाट स्रोतले बतायो । उनी असार तेस्रो साता बिनासँग बिवाह गरेका थिए । उनी भागेर दिल्लीमा बसेका थिए । उनी केही दिनअघि मात्रै नेपाल फर्कीएको स्रोतले बतायो ।
कारबाही फुकुवाबारे के भन्छन् दाहालपुत्र ?
काठमाडौं, चैत्र २० - विद्यार्थी नेतृ बिना मगरसँग भागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशको कारबाही पदाधिकारी बैठकले फुकुवा गरेको छ । सोमबार साँझ दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले प्रकाशको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । 'निलम्बनको अवधि ६ महिना बितेकाले प्रकाशजीलाई फुकुवा गरिएको हो,' अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने, 'उहाँ अब पार्टीको काममा फर्कनु हुनेछ ।'

कारबाही भएपछि उनी करिब नौ महिना दिल्ली बसेका थिए । त्यहाँ उनले केही समय डिपार्टमेन्ट स्टोरमा काम गरेका थिए । दुवैजना असार तेस्रो साता भागेका थिए । विद्यार्थी नेतृ बिनासूग भागेपछि करिब नौ महिनाअघि प्रकाशलाई पार्टीले कुनै पनि पदमा नरहने गरी राज्य समिति सदस्यबाट निलम्बन गरेको थियो । निलम्बनको प्रस्ताव अध्यक्ष दाहालले नै राखेका थिए ।

पार्टीले कारबाही फुकुवा गरे पनि उनको पारिवारिक समस्या भने सुल्झिएको छैन । प्रकाशकी दोस्री श्रीमती सिर्जना लाजिम्पाटमा बस्दै आएकी छन् । नौ महिना दिल्ली बसेर राजधानी फर्के पनि उनले कानुनी रूपमा बिनासूग बिहे भने गरेका छैनन् । बिनासूग उनको तेस्रो बिहे हो ।

कारबाही फुकुवा भएपछि आफूलाई खुसी लागेको उल्लेख गर्दै प्रकाशले अब पार्टी काममा अझ सक्रिय रूपमा लाग्ने बताए । 'पार्टीले मेरो कारबाही फुकुवा गरेको सुन्दा खुसी लागेको छ,' उनले टेलिफोनमा भने, 'अब म पार्टीमा पहिलेभन्दा सक्रिय रूपमा लाग्ने छु ।'

उनले विगतमा आफूबाट गल्ती भएको उल्लेख गर्दै अब भने सच्चिएर अघि बढ्ने बताए । 'मान्छेबाट गल्ती हुन्छन्, ती गल्ती सच्याएर अघि बढ्नु महत्त्वपूर्ण कुरा हो,' उनले भने, 'मैले गल्ती गरें, त्यही आफ्नै हिसाबले व्यवस्थापन गरें । मैले कसैलाई दोष दिइनू ।' आफूले व्यक्तिगत रूपमा गल्ती गरे पनि अध्यक्ष दाहालसँग जोडेको भन्दै उनले दुःख व्यक्त गरे ।

दस वर्षे सशस्त्र युद्धमा आफू अध्यक्षको स्वकीय सचिवालयमा काम गरेर योगदान दिएको दाबी गरे । 'मैले दस वर्ष अध्यक्षको सचिवालयमा बसेर काम गरें, तर छोराको रूपमा मात्रै दुनियाँले हेर्‍यो,' उनले भने, मैले पार्टीमा गरेको योगदानको ख्याल गरिएन ।'

गत वर्ष सगरमाथा चढ्ने क्रममा प्रकाश र बिनाबीच प्रेम सम्बन्ध झांगिएको थियो । त्यो कुरा स्मरण गर्दै उनले भने, 'सगरमाथाबाट फर्केपछि सिर्जना -दोस्रो पत्नी) ले सम्बन्ध विच्छेद गर्छु भन्दै झगडा गरेकी थिइन्, त्यसपछि हामीबीच झन् दूरी बढ्न गयो ।' उनी राजधानीमा कहाँ बस्छन् र सिर्जनासँग कस्तो सम्बन्ध रहन्छ भन्ने खुलाउन चाहेनन् ।

उनलाई के जिम्मेवारी दिने भन्नेबारे पनि निर्णय हुन सकेको छैन । कारबाही हुनुअघि उनी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयका सदस्य र नेवाः राज्य समितिका सदस्य थिए । अखिल (क्रान्तिकारी) ले पनि नेतृ मगरको कारबाही फुकुवा गर्ने तयारी गरेको छ । अध्यक्ष हिमाल शर्माले एउटै घटनामा संलग्न एक व्यक्तिको कारबाही फुकुवा भएकाले मगरलाई पनि त्यस्तै गर्ने बताए । 'एउटै घटनामा संलग्न एकजनाको निलम्बन फुकुवा भएपछि अर्कोलाई पनि त्यही गर्नुपर्ने हुन्छ,' उनको भनाइ थियो ।

No comments:

Post a Comment